मनोज घर्तीमगर-पोखरा । भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले गरेको “भारतीय गोर्खा भूपू सांझ–२०१४’’ बाट ४५ हजार हङकङ डलर संकलन भएको छ ।
४ में २०१४ मा युनलोंगस्थित थिएटर हल, अडिटोरिएमा भएको साँझमा प्रायोजक, सह–प्रायोजक, दर्शकलाई बेचिएको टिकटबाट उक्त रकम संकलन भएको भारतीय गोर्खा भूपू सैनिक संघ, हङकङका प्रवक्ता एवं कार्यक्रम संयोजक मुक काजी गुरुङले जानकारी दिए ।
संकलित रकम १८ में २०१४ मा भारतीय गोर्खा भूपू सैनिक संघ, हङकङका अध्यक्ष जजिन चाम्लिङले संघलाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गरिसकेपछि संघका अध्यक्ष चाम्लिङले भारतीय गोर्खा भूपू सैनिक संघ, हङकङ पदाधिकारी, सदस्य, प्रायोजक, सहप्रायोजक, दर्शक र कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
तस्वीरः मुककाजी गुरुङको फेसबुकबाट