काठमाडौं, मंसिर २६
माओवादीसहित साना सात दलले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष माग गरेका छन् ।
आइतबार माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेतृत्वमा गएका ८ दलका नेता तथा सभासद्हरुले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष समावेदन पेश गरेका हुन् । समावेदनमा प्रधानमन्त्री चयन गर्न र मुलुकको संकटको निकाशका लागि संसद् बैठक आवश्यक रहेको उल्लेख छ ।
अन्तरिम संविधानको धारा ५१ ९३० मा व्यवस्थापिका(संसदमा तत्काल कायम सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यहरुले समावेदन गरेको १५ दिनभित्र बैठक बस्ने गरी प्रधानमन्त्रीले मिति र समय तोकी बैठक बोलाउने व्यवस्था छ ।