“यो पार्टी नितान्त नेपाली भुमीबाट जन्मेको पार्टी हो”

Read Time:20 Minute, 10 Second

दिलप्रसाद थापा बुटवल

  संघिय परिषद सदस्य तथा सुदुर पश्चिमाञ्चल मनिराम चौलागाई द्धारा राजमुपाको १४औ रुपन्देही जिल्ला भेलामा व्यक्त मन्तव्य प्रस्तुति:
हामीले हेर्दा राष्ट्रिय जनमुक्ति पार्टी बहुजातिय लोकतान्त्रीक समाजवादको महान विचारमा उभिरहेको छ । हेर्दै जाँदा के यो पार्टी एउटा मगरको मात्र पार्टी हो त ? होइन हामीले यस पार्टीलाई बहुजातिय लोकतान्त्रीक समाजवादको महान विचारलाई बुझन आवश्यक छ । नेपाल बहुजाती, बहुभाषी, बहुसाँस्कृती, बहुधर्म द्वारा भरिपुर्ण नेपाल हो । त्यसकारण नेपालमा इतिहास काल देखि रहदै आएका चलन चल्ती , साँस्कृतीक परिवार लगायतका आ–आफ्नो साँस्कृतीको सह–अस्तित्व सहित सम्मान हुनु पर्छ ।

सम्पुर्ण जातजातीहरुको समानुपातिक प्रतिनिधित्व सहितको संविधान निर्माण हुनुपर्छ । झुटो आश्वासन र कोरा भाषणमा मात्र होइन, नितान्त व्यवहारमा लागु गर्नु पर्छ भन्ने महान् उद्देश्यका साथ राजमुपा पार्टीमा म पनि प्रवेश गरेको छु । हिजो हामीले नेपाली धर्तीमा नेपाली जनताले अथाह वलीदान गरेकf छोै । जसको प्रमाण तपाई हाम्रो कागजको पान्नामा मात्र होइन व्यवहारमा पनि सिमित छन् । हेरि सक्यौ नेपालका ठुला ठुला राजनितिक परिघटनामा जादै गर्दा हाम्रा अग्रजहरुले अथक वलिदान गनुभएको छ । त्यस्तै एकल जातिय प्रजातन्त्रको नाममा काग्रसले जसरी नेपाली जनतालाई एउटा भ्रममा फैलायो त्यसको सामानान्तरको निम्ती नेपालमा कम्युनिष्ट स्थापना भएकै हो । कम्युनिष्टको स्थापनाकाल देखि नेपाली जनताले कम्युष्टलाई सहयोग गरेकै हुन । कम्युनिष्टले पनि त्यो एकल जातिय प्रधान भन्दा फरक दृष्टीकोणले अध्ययन तथा नेतृत्व गर्न सकेन । त्यसपछि कम्युनिष्ट भित्र पनि क्रान्तीकारी शक्तिले दश वर्ष जनयुद्ध संघर्ष गरेकै हो । जसमा म पनि यहाँको शासकका विरुद्ध, त्यसबेलाको सरकारको विरुद्ध, साथै स्थानिय शासकको विरुद्ध मैले पनि बन्दुक उठाएकै हो । तर हामीले उठाएको बन्दुक कहाँ निर गएर रोकियो । किन बन्दुक उठाएका थियौ किन रोकियो यसको जवाफ नेपाली जनताले स्पष्ट बुझिसकेको छ । हामीले यसको वारेमा धेरै कोट्याउन आवश्यक छैन । तर जसरी हिजो आन्दोलनको मोर्चामा झुटा आश्वासन र कोरा भाषणले नेपाली जनताको अथाह वलिदान भएको छ । यसको क्षती पुर्ति स्वयम त्यो समुहले लिनु पर्छ ।

 
शिक्षाको नाममा विद्यालयबाट वञ्चित गरिएको छ । रोजगारको नाममा वञ्चित गरिएको छ, यावत होर्दा अहिले नेपाली युवाहरु लङगडे अवस्थामा बनेको छ । कुनै पनि सिप सिक्ने कुरा भएर एउटा बन्दुकको साहरा मात्र जिवन जिउन बाध्य भए युवाहरु, अन्तमा बन्दुक केवल व्यक्तिगत पुँजीको निम्ती मात्रै सिमित रह्यो । त्यसकारणले म जस्तै तमाम युवाहरु पुर्व मोची देखि पश्चिम महाकाली सम्ममा भौतारिएको अवस्था छ । जसरी यस पार्टीले विगत २०४८ साल देखि नै इतिहास कालदेखि नै आउँदा न मानविय क्षती गरेको छ, न आर्थिक क्षती गरेको छ, न धार्मिक क्षती गरेको छ र न राजनितिक क्षती गरेको छ । त्यसकारणले अब हामी मान्छे सबै भन्दा सचेत प्राणी हौं, सचेत प्राणीको हैसियतले हामी केवल जिवन जिउनको लागि मात्र जन्मेको होइन । हामीले संसारका केही गरेर छाड्नु छ । त्यसकारणले संसार बदल्ने यदि सपना देख्न सक्छौ, संसार बदल्ने तिर हामी लाग्न सक्छौ भने राष्ट्रिय जनमुक्ति पार्टी भन्दा बाहिर बाट सम्भव छैन । यो कुरा यो बुटवलमा मात्र होइन नेपाली जनताको कान कानमा पुगिसकेको अवस्था छ । नेपाली जनता जुरमुराइ सकेको अवस्था छ । त्यसकारणले हामी वास्तविक्ता तिर एउटा बनावटी तिर मात्र नभई त्यो एउटा दस्तावेज मा मात्र केन्द्रीत नभइ वास्तविक नेपाली जनता, नेपाल देशको अवस्था कस्तो छ, नेपाली राजनितिक अवस्था कस्तो छ ? नेपाल देश भित्रै आफ्नै नेपाली जनताको विचार र भावनाबाट जन्मेको चिज के त ? यसो हेर्दै जादाँ राष्ट्रिय जनमुक्ति पार्टी कुन देशबाट निर्देशित छ । नेपाली धर्ती बाटै उत्पती भएको हो , नेपाल देश र नेपाली जनताबाट निर्देशित छ । न कुनै चाइना सँग सापटी लिएको छ, न कुनै अमेरिका सँग सापट छ, कुनै भारतिय विस्तारवाद साम्राज्यवाद कसै सँग सम्बन्ध छैन ।

 
त्यसकारण यो पार्टी एकले अर्कालाई सम्मान गर्ने कुरा हामीले हेर्यौ ठुला दल भनेर यति बेलाको संविधान सभाको दोस्रो चुनावमा पनि जनमुक्ति पार्टी मैदानमा जादाँ कतिपय राजनिती अभावको अवस्था पनि बन्यो । किन त भन्दा म विना पृथ्वी घुम्दैन भन्ने जारशाही हिटलरको राजनिती त त्यहाँको जनताले समाप्त पारे । भने नेपाली जनताले नेपाल धर्तीमा कस्तो खाले राजनिती गर्ने भन्ने अवस्था छ । जनताले अध्ययन गरि सकेको छ । त्यसकारण भाषणमा ठुला कुरा मात्र होइन व्यवहारमा पनि कति दिन सक्छौ । यसो हेर्दै जादाँ यस पार्टीको पहिले संविधान सभामा दुई वटा सिट दोस्रो संविधान सभामा पनि दुई वटा सिट आउन मा कारण के त ? किन राष्ट्रिय जनमुक्ति पार्टीले झुटो बोलेन, कसैलाई अनावश्यक बोल दिएन, आफ्नौ गतिमा नेपाली जनताले जितएर त्यसको मात्रै निकास तिर दगुर्यो । त्यसकारण आफ्नो यथास्थानमा अगाडि बढिरहेको छ । यदि कसैलाई दुनिया भरिको लागत लगाएको भए हामी चुनावमा जित्ने थियौ होला, बढ्ने थियौ होला । तर जितेर के गर्ने, जितेर के को निम्ती जित्ने, नेपाली जनताले के को निम्ती मतदान गर्ने । नेता बनाएर, सभासद बनेर भत्ता पचाउन बनाएको त होइन ।

नेपाली जनताको समस्याको समाधान को उपाय दिन सक्ने कि नसक्ने । त्यसकारण यो पार्टी नितान्त नेपाली भुमीबाट जन्मेको पार्टी हो । बहुजातिय लोकतान्त्रीक समाजवादलाई आत्मसात गरेर यस पार्टी भित्र सम्पुर्ण जात जातिहरुले नेपाल भित्र रहेको सम्पुर्ण जातहरुको सह अस्तित्व सहितको संविधान बनाउनका निम्ती राष्ट्रिय जनमुक्ति पार्टीले त्यो एउटा मार्गचित्र कोरेको छ । यसमा यसो होदै जादाँ जस्तै म एउटा ब्राह्मणको छोरा हो । के बाह्मण जात भन्दै जादा हामी सबै सत्तामा छौ त ? सत्ता भित्र शासकहरुले हिजो त्यो बेला देखि नै एउटा शासनकाल चलाइ रहेको अवस्था छ । हामीलाई पनि त्यहाँ अन्याय अत्याचार गरिएको छ । त्यसकारण ले नेपाली जनता सबैले सम्मान रुपले बाँच्न पाउन पर्छ सबैको सह अस्तित्व सहितको सम्मान हुनु पर्छ भन्ने कुरा यस पार्टीले बोलेको छ । अबको दिनहरुमा लाग्छ यो पार्टी कछुवाको ताल होइन एउटा खरायो को रफ्तार सँग अघि बढ्छ । जसले कम्युनिष्ट भित्रको सबै कुरा अध्ययन गरिसकेको छ , यता तिर पुँजीवादी भित्रका सबै कुरा अध्ययन गरिसकेको छ । अबको नेपालको निर्णयाक शक्ति रुपमा तेस्रो राजनितिक रुपमा राष्ट्रिय जनमुक्ति पार्टी जादै छ ।

यसलाई नेपालले मात्र होइन विश्वले सम्बोधन गरेको छ । हेर्दै जादाँ विश्वको धेरै राष्ट्रहरुमा समानुपातिक प्रतिनिधित्व सहितको संविधानको पक्षधरहरु छन । नेपालमा जातिय सह अस्तित्व सहितको जातिय समानुपातिक सहितको प्रतिनिधित्व संविधान भन्दा बाहिर सम्भव छैन , यसको जिम्मा यस पार्टीले लिएको छ र कुरा गर्छ । यस पार्टीको बहुजातिय लोकतान्त्रिक समाजवादको सिद्धान्त लाई आत्मसात गरेर हाम्रो भविष्य कोर्नको निम्ती तयार भएर लाग्नु पर्छ । हुनु त जनयुद्धको बेला बुटवल आएकै हो तर यसरी खुल्ला भएर आएको थिएन तर यसरी फेरी यस्ता खुल्ला कार्यक्रममा आउँदा मैले मेरो जिवन सँग भोगेको पिडा यहा पोख्न पाउँदा सायद म जस्ता तमाम युवाहरु यह भौतारिएका होलान , उहाहरुको मनमा पनि राष्ट्रिय जनमुक्ति पार्टी के हो त भन्न सक्छ । त्यसकारण यो जिल्ला समितीलाई हादिक धन्यवाद दिन चाहन्छु ।

 

 

“राजा बाबु साब देखि सम्पुर्ण खस समुदायहरु अब राष्ट्रिय जनमुक्ति पार्टी बाहेक दोस्रो विकल्प छैन”

  संघीय परिषद सदस्य विद्या प्रसाद शर्मा द्धारा राजमुपाको १४औ रुपन्देही जिल्ला भेलामा व्यक्त मन्तव्य :
सुदुर पश्चिमबाट आउनुभएका मित्रले भने झै आज म पनि राष्ट्रिय जनमुक्ति पार्टीले लिएको विचारलाई अंगिकार गर्दै यो मुलुकमा दोस्रो कुनै शक्ति छैन जुन शक्तिले जनताको भावना र जनतालाई एक ठाँउमा ल्याउन सक्ने विचार बोकेको पार्टी यसको विधान दस्तावेज र राष्ट्रिय स्तरमा उठाएको मुद्दाहरुको बारेमा जब अध्ययन गर्ने साथै साथीहरुबाट परामर्श गर्ने मौका मलाई मिल्यो त्यसपछि मैले एक वर्ष अगाडी यो पार्टीमा मैले प्रवेश गरे र यो टिम सँग मैले काम गरेर उच्च आदर र हौसला निरन्तर मिलेको छ । म बाहुन समुदायबाट यहाँहरुको विचमा आउदा खेर गर्वको विषय पनि लागेको छ । किन भने धेरै बाहुन जातिका साथीहरुले हाम्रो जनमुक्ति पार्टीको विचारधारालाई बुझिसक्नु भएको छैन । हिजो को अवस्थामा जसरी आदिवासी जनजातीलाई दमन गरियो , विभिन्न दलहरुले एउटा हतियारको रुपमा आदिवासी जनजातिलाई प्रयोग गरियो र त्यो हतियार माओवादीले पनि आदिवासी जनजातिलाई प्रयोग गर्यो ।

आज मध्य पश्चिम तिर हेर्ने हो भने देखि शहिद नभएको परिवार छैन । अत्याधिक आदिवासी जनजातिहरुलाई तपाईहरुको मुक्ति हामी गर्दछौ भनेर तपाईहरु लड्नुहोस , हामी यत्ति भात खान सक्छौ जाबो यत्रो गोली खान सक्दैनम भनेर नेपाली जनतालाई झुक्याएर त्यो गोली निसान बनाएर आज धेरै दिदी बहिनीहरुलाई आफ्नो श्रीमान विहिन बनाएर राखिएको छ । र जसको सबै भन्दा बढी घरमा मान्छेहरु मरेका छन् , त्यसलाई सहिद परिवारको अध्यक्ष बनाएर सम्मान गरिएको छ । मेरो जिल्लामा पाँच जना परिवार मरेको एक जना साथी जिल्लाको सहिद परिवारको अध्यक्ष हुनुहुन्छ उहाँ जनमुक्ती पार्टीमा प्रवेश गर्नु भयो । उहाँले यस पार्टीमा प्रवेश गर्दा एउटा कुरा भन्नु भो म सबै भन्दा संसारको अपराधी बाबा हुँ , मेरो सारा परिवार चाहि गुमाए , मैले यो जनमुक्ति विचार सुनेको भए म त्यो युद्धमा जाने थिएन , भनेर पछुताएर पार्टी प्रवेश गर्नुभएको थियो ।

आज विभिन्न पार्टीहरुले नेकपा एमाले तर्फबाट बोलेर जानु भयो उहाँ जनजाति मध्यको नेता हुनुहुन्छ । उहाँले भन्नु भो म पनि जनजती भित्रको एमाले भित्र सर्घष गर्ने मान्छे हुँ । एमाले पार्टी भित्र जनजातिको मुद्दा उठाएर पार्टी फुटेको एक वर्ष भइ सकेको छ । ति साथीहरु पनि त्यो पार्टी भित्र हुनुहुन्छ । म दैलेख जिल्लाको एमालेको संस्थापक सदस्य हु ,दैलेख जिल्लामा तिन जना मान्छेले एमाले पार्टी सुरु गरेका थियौ । जसमा दिव्य प्रसाद शर्मा , देकेन्द्र राज थापा जो माओवादीको निशाना बन्नुभयो वहा विश्वमै चर्चामा आएका छ र गोविन्द नेकपा एमालेको केन्द्रीय कानुनी सल्लाहकार हुनुहुन्छ । हामी तिनै जना चुनाव जित्ने बेला सम्म अहोरात्र त्यो पार्टीमा खट्यौ , सघर्षको लागि हामी हरेक अवस्थामा तन मन धन दिएर त्यो पार्टीका निमित्त सघर्ष गर्र्याै तर, जनताको मद्दालाई थाती राखेर जब अवसरवादी हरुको गुट जब त्यो पार्टी मा हाबी भयो । हामी हाम्रो परिवर्तन का निम्ती हामीले चाहेको त्यो चिज त्यो पार्टीले दिन सक्दैन भनेर न्युटल बसेको अवस्थामा जब जनमुक्ति पार्टीको सिद्धान्तलाई अंगिकार गरेर हामी यो पार्टी भित्र लायौ । मैले केन्द्रीय कमिटीका साथीहरु सँग एक भित्र केन्द्रीय कमिटी गए पछि त्यो टिममा धेरै छलफल र बहस भए । हामी तत्काल चुनावमा जाने निर्णय ग¥यौ । जब दोस्रो संविधान सभाको चुनाव आयो । मलाई बाके क्षेत्र नं. एक र दुई बाट पार्टीले उम्मेद्वारी दियो । हामी सम्पुण पुर्व देखि पश्चिम सम्म निर्वाचनको आन्दोलनमा उभियौ ।

संघियता चाहने जुन पार्टीहरु छन त्यस माथी को प्रहार हामीमा खनियो । हामीले यस चुनावमा पैसा खनाएर भोट किनेका छैनौ सही एजेण्डा जनताको विचमा ल्यायौ । त्यस बखत एक जना सभासद उम्मेद्वार जनमुक्ति पार्टीको सिद्धान्त बुझेर उम्मेद्धारीको राजीनामा दिएर यस पार्टीमा आउनु भएको पनि छ । चुनावमा संघियता विरोधीहरुले धाधली गरेर चुनाव जिते । यसरी हामीलाई हराउने काम भइरहेको छ । हाम्रो नारा एउटा मात्र जातलाई अगाडी बढाउन पर्छ भन्ने छैन । यस पार्टीले लिएको निती बहुजातिय लोकतान्त्रीक समाजवाद यहाँ भित्र विभिन्न जात, जाती, धर्म विशेषका मान्छेहरु अट्न सक्छन् । आज हाम्रो केन्द्रीय समितीमा दलित जाति पनि छ ,थारु पनि छ, आदिवासी जनजाति पनि छ, बाहुन जाती पनि छ । विभिन्न जातजातिहरु हामी मिलेर एउटा नियम बनाएर बढेका छौ ।

जसरी मधेश आन्दोलनमा सबै मधेशीहरु ठूला पार्टी छोडेर एक ठाउँमा जम्मा भएका थिए , आज त्यसै गरी यस पार्टीको निती, कार्यक्रम प्रती सबै दलका पाटीहरुले यो सिद्धान्द ठिक हो भनेर अब अन्य दलहरु त्यागेर, विभिन्न साना दलहरु भएका सम्पुर्ण संघियता चाहने अब एक ठाउँमा गठबन्धन हुदैछ । हामी अत्तिनु पर्ने छैन । हाम्रा रुपन्देहीवासी बाहुन दाजु भाई दिदी बहिनीहरु लाई पनि म के सन्देश दिन चाहन्छु भने मध्य पश्चिमका र सुदुर पश्चिमका राजा बाबु साब देखि सम्पुर्ण खस समुदायहरु अब राष्ट्रिय जनमुक्ति पार्टी बाहेक दोस्रो विकल्प छैन भनेर कफन बाधेर हिडिसकेको छ ।

यहाँका खस बाहुन समुदायलाई के भन्न चाहन्छु भने यस पार्टीको दस्ताबेज एक चोटी हेरिदिनुस , किनभने मान्छेको अनुहार हेरेर पार्टीमा प्रवेश गर्ने होइन त्यसको निती र सिद्धान्त हेरेर , जनतालाई बुझेर त्यो पार्टीमा जाने कुरा हो । अब मध्य पश्चिम र सुदुर पश्चिममा यस पार्टीमा धेरै ठूलो सङख्यामा पार्टी प्रवेश गर्दै छन् । अब आउने दिनमा यो पार्टीले आफनो मुद्दा जसरी पनि संविधानमा लेखाएर छाड्ने छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %