माओवादीले कांग्रेसलाई नै सता नेतृत्व सुम्पेको छ : सुशील कोइराला

Read Time:3 Minute, 37 Second

    काठमाडौँ, २६ मङ्सिर 

नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेसका उम्मेदवार प्रधानमन्त्री हुँदा माओवादीलाई कुनै आपत्ति नहुने बरु आफूहरू प्रतिपक्षमा बस्न तयार रहेको वताएको नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले बताएका छन्  ।

    काँग्रेस सभापति सुशील कोइरालाले माओवादी अध्यक्ष दाहालले उक्त कुरा नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलसँगको कुराकानीका क्रममा भनेको खुलासा गरेका हुन् । रिपोर्टर्स क्लब नेपालद्वारा आज कोइराला निवासमा आयोजित साक्षात्कार कार्यक्रममा कोइरालाले भने
“प्रचण्डजीले पौडेलसँगको वार्तामा तपाईहरू नै प्रधानमन्त्री हुनुस्, हामीलाई कुनै आपत्ति छैन, एमालेसँग पनि कुरा गर्नुस् हामी प्रतिपक्षमा बस्न तयार छाँै  ।

    “अब माओवादीले यसलाई कति कार्यान्वयन गर्छ हेर्न बाँकी छ,” सभापति कोइरालाको थप भनाइ थियो ।

    सभापति कोइरालाले माओवादी अध्यक्ष प्रचण्डले विद्यार्थीहरूलाई भड्काउन विश्वविद्यालयलाई ब्यारेक बनाउने भनी दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाए  ।

 अध्यक्षजस्तो जिम्मेवार नेताले अशान्ति, अराजकता र भड्कावका लागि विश्वविद्यालयलाई ब्यारेक बनाउने भनेर बोल्नु हुँदैन” सभापति कोइरालाले भने ।

    उनले शान्ति प्रक्रिया र लोकतान्त्रिक मूलधारमा यहाँसम्म आइसकेको माओवादी संविधान लेखन र शान्ति प्रक्रियाबाट विचलित हुन्छ भन्नेमा आफूलाई विश्वास नलागेको बताए ।

    “सहमति सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने गरेर माओवादीले अर्घेल्यार्इं र गैरजिम्मेवारी देखाउँदै आएको छ, तर काँग्रेस सधँै सहमति, एकता र मेलमिलापको बाटोबाट सबै समस्याको समाधान चाहन्छ,” सभापति कोइरालाले भने  ।

    उनले माओवादीले बहुलवाद, लोकतन्त्र मान्दिन भन्ने भनाइप्रति  आपत्ति जनाए ।

“बहुलवाद भनेको लोकतन्त्रको लडार्इं हो र अहिलेसम्मको लडाईं लोकतन्त्रको निम्ति नै हो, अनि लोकतन्त्रले अराजकता ल्याउँछ भनेर नागरिक समाज, दल र विश्व समुदायलाई चिढाउने ?” सभापति कोइरालाले प्रश्न गरे  ।

    काँग्रेस पार्टीभित्र कुनै विवाद नरहेको र पार्टी एकढिक्का भएर अघि बढ्ने भन्दै सभापति कोइरालाले पदाधिकारी मनोनयनका सन्दर्भमा अहिले पत्रपत्रिकामा आएका कुरालाई आफूले गम्भीरतापूर्वक नलिएको पनि बताए  ।

    “लोकतान्त्रिक पार्टीभित्र निरन्तर छलफल भइरहन्छ, काँग्रेसभित्र कुनै विवाद छैन, पार्टी एकढिक्का भएर अघि बढ्छ,” सभापति कोइरालाले भने ।

   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %