हाम्रो विचारमा रहदै बस्दै गरेका गद्धारहरुलाई (हनुमानहरु) चिनि राख्नु
पर्दछ । यस्ता खालका गद्धारहरुलाई नजर अन्दाज गर्नु हुदैन । इतिहासका पानाहरु तपाई
हाम्रो अगाडी घाम झै छर्लङ्ग सांचो छन । छिमेकी मूलूक भारतमा गद्धारहरु कै कारण
अंग्रेजहरुले सत्ता कब्जा गरेका थिए । भने हाम्रो देश नेपाल कीर्तिपूरको युद्धामा
पनि गद्धारहरुले राती ढोका खोलेर पृथ्वी नारायण शाहलाई सहयोग गरेकै कारण
किर्तिपुर पृथ्वी नारायण शाहको कव्जामा भएको थियो ।
इतिहास देखि वर्तमान सम्म गद्धारहरुकै कारण सिंगो मुलुक धुजा धुजा भै विश्व को
अगाडी नालायक, गरीवी, वेरोजगार, भष्टाचार, घुसखोरी, तस्करी, नातावाद, कृपावाद,
फरियावाद, थैलावाद, खस एकाधिकारवाद को नामले परिचय दिन बाध्य भएको छ ।
गद्धारहरुले भने यि सबै खालका बादहरुलाई विर्सेका छन् । राणाले गरेको धार्मिक
दमन, पञ्चायतले गरेको भाषिक दमन विर्सेका छन् । आदिवासी–जनजाती, भुमीपुत्र,
मूलबासी रे , तर बोल्ने भाषा चाही गैर नेपाली रे तर मुठ्ठी भरका निश्चत वर्गले
बोल्ने भाषा चाही राष्ट्रिय भाषा रे आफ्नो मातृ भाषानै बिर्स गद्धारहरु ।
यसर्थ मित्रहरु विद्यमान विभेद, शोषण,दमन, उत्पिदन र उपेक्षालाई समाप्त पारौं ।
समतामुलक समाजको स्थापनाको लागि आवज बुलन्द गारौं । यसको लागि राजनिति गर्न
आवश्यक छ । विना राजनिति चेतनाले यि सबै खाले विवेद र वादको अन्त्य गर्न गाह्रो
छ । अव जुवा, तास, क्यारम्बोर्ड, लगाएतका गैर कार्यहरु बाट टाढा रहने संकल्प गरौं
। सुन्दर समबृद्ध , शान्त, संघिय रजाइ नेपालको लागि राजनितिलाई आत्म साथ गरौं ।
धन्यावाद !
(बोम दर्लामी मगर राष्ट्रिय यूवा मोर्चाका केन्द्रिय समितिका बरिष्ठ उपाध्यक्ष हुन।)