नवलपरासीको दुम्किबासमा चण्डीपूर्णिमा सम्पन्न

Read Time:3 Minute, 41 Second

दिपा आलेमगर

नवलपरासी , संघीय लोकतान्त्रिक र मगरात स्वायत्तताका लागि हाम्रो आन्दोलन अगाडि सारौ, बैज्ञानिक, ब्यवहारिक र बहुसांस्कृति शिक्षा प्रणालीलाई सफल पारौं भन्ने मुल नारा सहित नवलपरासीको दुम्किबासमा मगर जातीको महान चाड चण्डीपूर्णिमा तथा २५५८ औं बुद्ध जयन्ती समारोह २०७१ विविध सांस्कृति तथा सम्मान कार्यक्रम भब्य रुपमा सफल भएको छ । 

 

नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्य समिति नवलपरासीले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रिय सचिव ओम थापामगरले अब बन्ने संविधानमा राज्यदेखि पछाडि परेका समुदायको पहिचानलाई समेटिने खालको संविधान लेख्नु पर्ने बताए । उहांले मगर समुदायको भाषा, संस्कृति चाडपर्वलाई राज्यले बचाई राख्ने खालका दिर्घकालीन योजनाहरु ल्याउनु धारणा ब्यक्त गरे । नेपाल मगर विद्यार्थी संघका केन्द्रिय अध्यक्ष दिपा आलेमगरले अब बन्ने संविधानमा बैज्ञानिक, ब्यवहारीक संघीय शिक्षा प्रणाली हुनु पर्ने बताए । राज्यले अहिले पनि पछाडि परेका जातजाति, भाषाभाषी, वर्ग र क्षेत्रलाई उनीहरुको पहिचान सहितको मुद्धालाई नसमेटेको बताए ।  

अब बन्ने संविधानमा पछाडि परेका जातजातिको पहिचान सहितको मुद्धालाई नसमेटे सडक मात्र नभई सदन आन्दोलन गर्न पछि नपर्ने धारणा गरे ।

उहांले नेपाल एउटा विविध कला संस्कृति र पहिचानले भरिएको राष्ट्र सबै जातीका मौलिक संस्कृतिलाई राष्ट्रियकरण गरी विदेशी मुद्धा भित्राउन सकिने धारणा ब्यक्त गरे ।

चण्डीपूर्णिमा तथा २५५८ औं बुद्ध जयन्ती समारोहमा नवलपरासी जिल्लामा रही विभिन्न विधामा योगदान पुराउने ब्यक्तित्वहरुलाई समेत सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो ।शैक्षिक क्षेत्रबाट सम्मानित बाबुराम रानामगर, मगर विद्यार्थी संघ संस्थापक अध्यक्ष भेषराज गाहामगर, साहित्यकार लिला रानामगर, बैक क्षेत्रबाट चन्द्र बहादुर थापामगर, बौद्ध धर्म सघबाट हरि बुचामगर, पत्रकारिताबाट केवि रानामगर र खेलकुद क्षेत्रबाट बिमल घर्तिमगरलाई सम्मान गरिएको थियो ।

जिल्ला अध्यक्ष भिमलाल गाहा मगरको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सदस्य सहज रानामगरले गरेका थिए । कार्यक्रममा चर्चित राष्ट्रिय गायिका मुना थापामगर, नवउदित गायिका रुपि संजालीमगर, केवि सारु मगर लगायतले लोकगीत गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए । कार्यक्रममा मगर जातीका गीत, नृत्य प्रस्तुत गरिएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %