दि हिमालयन अर्गनाइजेसन यू के को बैठक सम्पन्न

Read Time:3 Minute, 39 Second

-कर्मा पहाडी शेर्पा,बेलायत

प्लमस्टेड, १५ मे – ११ मे २०१४ का दिन बेलायत स्थित राष्ट्रिय जनामुक्त्ति पार्टीको भातृ संगठन दि हिमालयन अर्गनाइजेसन यू केको दोस्रो कार्यकालको पहिले बैठक संगठनका नवनिर्वाचित अध्यक्ष श्री थर्क रानाको अध्यक्षतामा लन्डनको दक्षिण पूर्वी शहर प्लमस्टेडको नमस्ते रेस्टुरामा सम्पन्न भएकोछ । 

बैठकमा गत  २६ अप्रिल २०१४ का दिन सम्पन्न महाधिवेशनको समीक्षाका साथै महाधिबेशनले पारित गरेको कार्यनीतिका साथै संबिधानमा दोहोरो नागरिकताको व्यवस्था , बिदेशमा रहेका नेपालीहरुलाई निर्वाचनमा मतदानको ग्यारेन्टी, राजदूताबासबाट सरल र सुलभ तरिकाले सेवा प्रदान गराउन, दुताबास संग सहकार्य गर्ने जस्ता बिषयहरुमा लामो बहस तथा छलफल गरि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुका साथै आवश्यक परेमा दबाबमुलक कार्य गर्ने समेत निर्णय गर्यो र युरोप तथा विभिन्न देशहरुमा बसो बास गरि रहेका हामी नेपाली समुदाय तथा यहाँ स्थित  पार्टी संघ संगठनबीच सम्बन्ध विस्तार गरि सम्पुर्णा जात जातिको धार्मिक, सास्कृतिक, आर्थिक, तथा सामाजिक, पहिचानका कार्य  गर्दै राष्ट्रमा एकताको सहयोग पुरौनाका साथै भबिस्यमा यसबाट हामी नेपाली समुदायको बिश्व सम्रचना  निर्माण गर्नको सहयोग पुग्ने अपेक्षा समेत यस अगनाइजेसनको  रहेको छ ।

बैठकका अन्य निर्णयहरुमा संगठनका उपाध्यक्ष श्री प्रेमबहादुर तामांगलाई  वरियता क्रममा बरिष्ठता कायम , सदस्य श्री दलबहादुर बुढामगरलाई सास्कृतिक समितिको संयोजकको जिम्मेवारी दिइएकोछ । सो बैठकमा १८ सदसिय सल्लाह्कार  समितिको चयन , बुझबुझारथका साथै निबर्तमान समितिका अध्यक्ष श्री भरत थापाले नवनिर्वाचित समितिलाई सुभकामना तथा बधाई दिदै आगामी दिनहरुमा नया कार्य समितिले अझ शसक्त रुपले बढने बिश्वास ब्याक्त गरे ।

करिब ६ घण्टा भन्दा बढी लामो समय चलेको बैठकमा कमला थापा , हिमाली राना , पुरंन धोज गुरुङ , भिम राना , मित्र थापा , नारायण किशोर पुन ,यांकबहादुर आलेले छलफलमा भाग लिएका थिए । सो कार्यक्रमको  अध्यक्षता अध्यक्ष श्री थर्क रानाले निबर्तमान समितिको उच्च मूलल्यांकन गर्दै आफुले पाएको जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्ने प्रतिबद्ता ब्याक्त गरेका थिए ।

सो कार्यक्रम संगठनका उपाध्यक्ष पदम गाहाले स्वागत र संगठनका सचिब  नारायण लिम्बुको सहयोगमा महासचिब  कमान सिङ ( कर्मा पहाडी ) शेर्पाले संचालन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %