जटिल भन्तेद्धारा बुद्ध जयन्तीमा प्रवचन कार्यक्रम सम्पन्न

Read Time:3 Minute, 24 Second

दिल प्र. थापा

बुटवल – २५५८औ बौद्ध जयन्तीको अवसरमा नेपाल मगर संघ वडा ईकाइ समिती १५को आयोजनामा बेलाबास स्थित श्रीस निवासको परिसरमा बुधवार प्रमुख अतिथी जटिल भन्ते ज्यूको प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।  

कार्यक्रममा जटिल भन्तेद्धारा दिप प्रज्वलन गरि उद्घाटन गरिएको थियो ।  प्रवचन कार्यक्रममा जटिल भन्ते ज्यूले समस्त मानव जातिले विश्व भरि सुख शान्ती सम्बृद्धीको लागि बुद्ध धर्मको माग दर्शनमा हिड्नु पर्ने बताए । बुद्ध भगवानले दिएको मुल मत्र पञ्चशिललाई पालना गरे मानव जातिले कहिलै पनि दुख नपाउने बताए । यदी बुद्ध धर्म मान्ने हो भने पञ्चशिललाई अनिवार्य पालना गर्नु पर्ने बताए । भगवान बुद्धले जन्म लिनु , रोगी हुनु , वृद्ध हुनु मर्नु शरिरलाई दुख हो , यसलाई यस्ता यर्थाथ जित्न सबैले बुद्ध धर्म मान्नु पर्ने भन्ते ज्यूले बताए ।

  

यस्ता प्रवचन कार्यक्रम आयोजना गरेकोमा नेपाल मगर संघ इकाई समिती लाइ भन्ते ज्यूले धन्यवाद दिएका थिए ।   नेपाल मगर संघ वडा इकाइ समितीका अध्यक्ष क्या. बलबहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी जटिल भन्ते रहेका थिए ।  कार्यक्रममा विशिष्ठ अतिथी भिक्षु सुरेन्द्र, अनागारिका निर्मला, अनागारिका अग्रयानी ,नेपाल मगर संघ जिल्ला समितीका पुर्व उपाध्यक्ष केश बहादुर श्रीस, नेपाल मगर संघ वडा १४ का अध्यक्ष राम प्रसाद थापा,  ओपा मनबहादुर थापा, भू.पु सैनिक जनकल्याण परिवारका अध्यक्ष शेरबहादुर पुन , राष्ट्रिय जनमुक्ति पार्टी वडा इकाई १५का पुर्व अध्यक्ष बुद्धी प्रसाद थापा , भूपू सैनिक जनकल्याण आमा समुहका अध्यक्ष मिश्री थापा , शुभकामना आमा समुहका अध्यक्ष टिकीसरा थापा, प्रगती आमा समुहका अध्यक्ष कृष्ण कुमारी थापा , उपकार आमा समुहका सुना थापा मगर , सालघारी टोल नं. ५का अध्यक्ष मनबहादुर थापा लगायत अन्य अतिथीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी जटिल भन्ते ज्यूलाई नेपाल मगर संघका बुटवल १५ का अध्यक्ष क्या बलबहादुर थापा र वरिष्ठ समाजसेवी तथा नेपाल मगर संघका पुर्व जिल्ला उपाध्यक्ष केशबहादुर श्रीसद्धारा संयुक्त रुपमा चिवर दान गरेका थिए । कार्यक्रम संचालन नेपाल मगर संघ बुटवल १५ का उपाध्यक्ष दलबहादुर थापाले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %