राज्यसत्ता लन्डन
१४ मे २०१४ बुधवार लन्डनमा २५५८औ बुद्ध जयन्ती मनाइने भएको छ ।
उक्त कार्यक्रममा भगवान बुद्धको शान्ती सन्देश लिएर बिस्वो यात्रामा निस्केका भिक्षु मगरद्वारा बिशेष प्रवचन हुने उक्त कार्यक्रमका आयोजक मगर संघले जनाएको छ । बुद्ध जयन्तिको अवसर पारी मगर संघ यु केको बिशेष निमन्त्रणामा आएका भिक्षु मगर बुद्ध दर्शन सम्बन्धी थाइल्यान्ड्मा अध्ययनरत छन , भने बुद्ध र मगर जाती बिशेषको सम्बन्धबारे पनि उनले बिशेष अनुसन्धान गरिरहेका छन ।
बिश्वो नै अहिले अशान्त र कोलाहलबाट आक्रान्त बनी रहेको अवस्थामा सबैले बुद्धको शान्ती र स्नेहको मार्गलाई समाट्नु पर्ने सन्देश बुद्ध मार्गीहरु दिन्छन ।
Venue: Feltham Assembly Hall Feltham Park Hounslow Road, Feltham,
London, TW14 9DN
Date & Time :14 May 2014 At 9:30 am to 5 pm