धानै नाचिन्छमा छमछमी

Read Time:2 Minute, 29 Second

मनोज घर्तीमगर

हङकङ,  ८मे – दर्शकको थामिनसक्नुको भिडले नेपालबाट हङकङ पुगेका कलाकारका गीत सुन्न आतुर थियो । हरेक दिन गरिने कामको थकान मेट्न आइतबार बिदाको मौका पारि थुप्रै नेपाली हङकङको हेनरी जि लिओङ यामताइ कम्यूटिनी हलमा जम्मा भएका थिए । सन्दर्भ थियो, ४ मे २०१४ , एक स्टेप साँझ को ।

एक मौका डटकमको आयोजनामा भएको साँझमा गायक मिङ्मा शेर्पा, सुवानी मोक्तान, भिम लिम्बु र स्थानीय गायकगायिकालाई सुन्न आतुर दर्शकले हुटिड गर्दै थिए । स्टाइलिस्ट गायक मिङ्मा चिटिक्क परेर मञ्चमा हुक्लिए । दर्शकको तालिले उनलाई स्वागत गर्यो । नमस्ते हङकङ भन्दै स्टेजमा उक्किलएका उनले नमुना बनाइदियौ…, जामाजामा…, अब हाम्रो बेला हो… लगायतका गीत गाएर दर्शकलाई  छमछमि नचाए । सुवानीले जुनीजुनीको लागि…,थाह छैन…,परेलीमा ..गीत गाएर मन्त्रमुग्ध बनाइन् ।

 

 

 

 

यस्तै गायक भिम लिम्बुले धानै नाचिन्छ गीत गाएपछि सांगीतिक माहोल तातिएको थियो । उनको गीतमा धेरैजसो दर्शक स्टेजमै पुगेर नाँचे भने, बाँकी दर्शक आआफ्नो सिटबाट उठेर कम्मर मर्काइमर्काइ नाँचे । कार्यक्रममा स्थानीय गायिक शितल आले, क्रिष्टिना लिम्बुले पनि आआफ्नो प्रस्तुति दिएका थिए भने नेपाली चेली गु्रप, वानसर्ट गु्रप लगायतको प्रस्तुतिले सबैको मन जितेको थियो ।

 

 

 

 

 

हरेक वर्ष एक मौका डटकमले यस्तै सांगीतक कार्यक्रम गर्दै आइरहेको छ । नेपालका कलाकाराई हौसला दिँदै हङकङ टेक्ने अवसर जुटाउने र मनोरञ्जन प्रदान गर्न तीन वर्षदेखी कार्यक्रम गर्दै आएको संचालक कमल थापाले बताए । उनले नेपाली गीतसंगीतलाई बढावा दिन आगमी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने बताए ।

तस्वीर : तुलसी रानामगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %