छट्टुहरुले गर्दा नै अब यो देशमा शसक्त अन्तिम जनआन्दोलन हुन सक्छ

Read Time:21 Minute, 3 Second

राष्ट्रिय जनमुक्ति पाटी रुपन्देही जिल्लाको १४ औ जिल्ला भेला , बैशाख २० गते राष्ट्रिय जनमुक्ति पार्टीको उदघाटन समारोहमा केन्द्रीय उपाध्यक्ष  डि के. बुद्धिष्ट को मन्तव्य ।

दिल प्रसाद थापा 

राजमुपाको राजनितिक बियचार के हो त भने राज्य सँग आ-आफ्नो अधिकार लिनु हो । राज्य सित दाल भात , सुत्ने उठ्ने माग्ने होइन राज्य सित मन्त्री बन्ने, सचिव बन्ने ,प्रधानमन्त्री , राष्ट्रपति बन्ने अधिकार लिनु नै राजनितीक हो । विश्वमा दुई किसिमको राजनिती छ , एउटा पुँजीवादी अर्को समाजवादी देखी लिएर साम्यवादी छ । पुँजीवादीले संसारमा पुजी हुनु पर्छ र श्रमिक हुनु पर्छ । पुँजीको मालिक एउटा समुह हुन्छ श्रमिकहरु पुँजीपतिले भनेको काम गर्नु पर्छ भन्ने एक किसिमको राजनिती छ । समाजवादी र साम्यवादीले के भन्छ भने होइन श्रम सबैभन्दा ठुलो शक्ती हो । श्रम विना पुँजीले केही पनि गर्न सक्दैन त्यसकारण श्रमिक वर्ग नै मालिक हो भन्ने भनाइ छ । सुन्दा दुवै ठिक पनि छ बेठिक पनि छ । तर हामी आदिवासी जनजातीलाई यो दुवै सुत्रले समातेन । कसरी समातेन भने हामी आदिवासी जनजातीलाई आफ्नो भाषा, सँस्कृती , चाहे जुनै धर्म मानुस चाहे त्यो प्रकृतिक धर्म होस त्यो घर्म चाहिएको छ र आफ्नो पिता पुर्खा आएर बसेको किपट भुमी चाहिएको छ । किपट भुमीबाट हामी विस्थापित हुन हामी चाहदैनौ । तर यि दुइ पुँजीवादी र समाजवादीले यि कुराहरु समेत सकेन ।

तपाई हामीलाई थाहा छ २००७ साल देखी जहानिय शासनको अन्त भएको पछी हाम्रो देशमा काग्रेस पार्टीले धेरै पटक शासन गर्यो , जो उहाको विचारहरु पुँजीवादी सँग मिल्छ । केही हाम्रो बामपन्थी पार्टीले पनि शासन गर्यो उहाको विचार समाजवादी र साम्यवादी हो । तर हाम्रो मुद्धा उठेन,  हाम्रो किपट भुमीको मुद्धा, भाषाको , साँस्कृती  र धर्मको मुद्धा उठेन । किनकी हामीलाई थाहा छ , यो देश सबैको फुलवारी हो भन्ने राजतन्त्रले एक देश एक भेष भनेर हाम्रो भाषालाई लुप्त बनाइदियो । कसरी सबैको फुलवारी भयो ? तपाई हाम्रो मगर, गुरुङ्ग, राई, लिम्बु, तामाङ भाषा कहा गयो ? फुलवारी हो भने सबै फुल फुल्न दिनु पर्ने थियो । पृथ्वी नारायणे सन्तानले यस्तो फर्मुला निकाल्यो कि एक देश एक भाषा भन्ने बुझिरहेको छ यो भाषा वहाहरुको हो । त्यो भाषा बाहेक अन्य भाषा नहुने यसको विरुद्धमा पुँजीवादी र समाजवादी दुइ पार्टी हुदाँ हुँदै पनि हाम्रो मुद्धा नउठेको हुनाले हाम्रो मुद्धा उठाउनको लागि राष्ट्रिय जनमुक्ति पार्टी खडा भएको हो ।  

राष्ट्रिय जनमुक्ति पार्टीले जातिय मुद्धा मेटाउन हुदैन , झगडा पो गर्नु हुदैन, मार काट पो  गर्नु हुदैन तर आफ्नो पहिचान लिएर बस्दा के कसलाई अप्ठ्यारो पर्यो । त्यसैले यस पार्टीले संघिय व्यवस्था पहिचान सहितको माग्यो ।  पृथ्वी नारायणले लिनु भन्दा पहिला के मगरात थिएन , तमुवान थिएन , तामाङ्गसालिङ थिएन ,महाभारतमा लेखिएको किरात राज्य थिएन लिम्बुवान, कोचिला थिएन मिथिला थिएन , यो सबै राज्यलाई अँध्यारोमा राखेर एक देश एक भेष भनेर बनाइदियो , त्यो पनि हामीले मान्यौ तर त्यसले हामीलाई आफ्नो समस्या हल गर्न दिएन । त्यकारणले यस पार्टीले सबैको भाषा, सबैको पहिचान , सबैको सँस्कृती , सबैको धर्मलाई सुरक्षित राख्दै राजनिती गरिरहेको छ । यस पार्टीले कसैलाई पहिचान मेट्ने राजनिती गरेको छैन । यो हो यस पार्टी को एउटा विचार । हामीले संघिय राज्य माग्यौ , संघिय राज्य माग्दा ठुला पार्टीले भने मैले अघि भनि सके पृथ्वी नारायण शाहले एकिकरण गर्न भन्दा पहिला गोर्खा राज्य पनि एउटा टाकुरा पनि थियो त ।पुर्व मेची देखी पश्चिम महाकालीको त राजा थिएन । पुर्व देखी पश्चिम सम्म वहाले  एकिकृत गरेको भनियो , एकिकृत गर्ने बेलामा नियम र कानुन हुन्छ, त्यसको एउटा व्यवधान हुन्छ । यदी कुनै शक्ति सँग मल्न गयो भने के कती शक्ती प्रयोग गर्न पाउने भनेर मात्र एकता हुन्छ । तर के पायौ त २५० वर्ष सम्म हामी मगरहरु, गुरुङ्ग, तामाङ्ग, राई लगायत आदिवासी को प्रधानमन्त्री भयो, के यहि हो एकिकृतको परिभाषा ,यहि हो सबै फुलवारीको फुल फुलेको त्यस कारण यस पार्टीले यो आवाजलाई उठाएर सबै जातीको यसमा राजनितिक शक्ती हुनु पर्छ , राजनिती भनेको सबै जात जातीले अधिकार लिनु हो, सबैको अधिकार हुनु पर्छ ।  

अहिले हामीले संघिय राज्य माग्यौ त्यसमा तमुवान, लिम्बुवान, मगरात , थारुहट, भोजपुरी माग्यौ तर  जातिय राज्य भयो रे कसरी जातिय राज्य भयो यो । हामीले अधिकार माग्ने वित्तिकै त्यो अधिकार के जातिय राज्य भयो । भारतमा १९४५ भन्दा पहिला अंग्रेजको शासन थियो । अग्रेज इष्ट इन्डीया कम्पनी पस्नु भन्दा पहिले मद्रास राज्य थियो ,गुजरात , मराथा थियो ,पन्जाव थियो , बेगाल थियो  ति सबैलाई ब्रिटिशले एक ठाउ पारेर इन्डिया बनायो । तर दोस्रो विश्व युद्धमा धेरै कमजोर भए पछि भरतिय जनताले उसलाई फाल्यो । व्रिटिशले के ग¥यो त व्रिटिसले सो देशमा जान भन्दा पहिले संघिय राज्य हुन पर्छ भनेर व्रिटिसले प्रस्तव राख्यो , त्यहाको मुश्लिम दाजु भाईहरुले जहा मुश्लिमको बाहुल्यता छ त्यहा मुश्लिम राज्य हुनु पर्छ भन्यो अनि बन्यो पनि,  पश्चिम पाकिस्तान ,पुर्वी पाकिस्तान बन्यो , हैदरावाद बन्यो, तर त्यहा रानितिक झगडाले अहिले हैदरावाद छैन अहिले खाली बंगलादेश र पाकिस्तान छ ।  गुजराज , विहार , उत्तर प्रदेश छ सबै छ के यो जातिय राज्य हो, बंगाली ले बंगाल राज्य माग्दा के जातिय राज्य भयो । हामीले मगरात माग्दा के जातिय राज्य भयो । देशमा दुई वटा शक्ति छ त्यो हो पुजीवादी काग्रेस ,अर्को समाजवादीको खोल ओडेने एक्टीभ ग्रुपहरु वास्तविक समाजवादी होइन उनीहरु खोल मात्र ओडेका हुन । हामी आदिवासी जनजातीलाई दवाएर थिचो मिचो बनाएर राखेको छ । आज हाम्रो मगरातमा जसरी ब्रिटिसले लिनु भन्दा पहिला बंगाल थियो, उ जाने भन्दा पहिला बगाल राज्य दियो त्यसरी नै पृथ्वी नारायण शाहको दाजुभाई हटे पछि हामीले मगरात माग्दा नदिने जातिय राज्य भन्ने ?

कसरी देश टुक्रिन्छ ? देश कसरी टुक्रिन्छ भने जब राजनितीक अधिकार दिएन भने देश टुक्रिन्छ । विश्वमा सबै देशको इतिहास होर्नुस जब राजनितिक अधिकार बाट बञ्चित हुन्छ त्यहा विद्रोह हुन्छ देश टुक्रिन्छ । आफ्नो राजनितिक अधिकार सहित उसले आफ्नो ठाँउ खोज्छ । त्यसरी नै नेपालमा पनि नेपाली जनतालाई अधिकार बाट बञ्चित गर्ने हो भने भविष्यमा भन्न सक्दैन तर यसको जिम्मा र यसको दोष यि राजनितीक पार्टीहरुले लिनु पर्छ तर हामीले होइन ।  हामीले त यस भित्र रहेर आफ्नो अधिकार मागेका छौ, आफ्नो भाषा मागेका छौ, आफ्नो किपट भुमी मागेका छौ , आफ्नो साँस्कृती मागेका छौ के गल्ती भो ? देश टुक्रा पारेर हामीले इन्डीया, चाइना जान्छु भनेका छौ र हामीले ?   कुन मगर जातिको छोरी बुहारी भारत र तिब्बतमा छ कुन तामाङ्गको छोरी बुहारी भारतमा छ । छ त त्यहाकै बासिन्दा छ । तर हाम्रो केही  समुह को त रोटी देखि सबै व्यावहार उतै छ तर पनि हामीले भारत बासी भनेका छैनौ, भारतिय भनेका छैनौ । हामीले यहा अधिकार माग्ने बेलामा देश टुक्राउने जातिय कुरा गर्यो भन्ने हामीलाई यस किसिमको आरोप छ ।

मित्रहरु हामीले बुझ्न जरुरी छ । राष्ट्रिय जनमुक्ति पार्टीले यसलाई चिरेर अघि बढ्छ । सबै जातिको सबै भाषाको मा अधिकार सुसम्पन्न गर्ने शक्ति यस पार्टीले अगाडी लिएर हिडेको छ । अब बहुजातिय समाजवाद भनेको के हो भन्न चाहन्छु ? बहु जातिय हो बहु पार्टी होइन, जब हामीले अधिकार माग्यौ तब हामीलाइ यि दुइ ठुला पार्टीहरुले के भने भन्दा यहा १०२ वटा जात छ के सबैलाई राज्य दिने ? के पृथ्वी नारायण शाहले १०२ जाति सँग लडेर राज्य लिएको थियो  ? भारतका एक हजार जाति छन, अझै धेरै छन होला के सबै  जातिलाई भारतले राज्य दियो त व्रिटिसल जो जो सँग लियो त्यो शासन गर भनेर फिर्ता दियो । हामीले त्यही नै मागेका हौ २५ , ३० लाख मगरहरुको कुरा नगरिकन पाँच सय छ सय आदिवासी जनजाति छन । बहुत कम सख्यामा छ उसको चाहि कुरा गर्दछ । हामीले उसलाई दवाउने कुरा गरेको त छैन । चोपाङ्ग राउटे लाई दवाउने कुरा गरेको त छैन । हामी चेपाङ्ग, राउटेलाई उसको भाषा, साँस्कृती बचाउदै उसको सु स्वास्थ्यलाई हामी कसरी राख्ने भन्ने गर्दछौ , उनीहरुले गरेका छ ?

त्यसकारणले दुइ सय पाच सय जनताको चाही कुरा गर्ने हामी पच्चीस तिस लाख मगरको कुरा नगर्ने ? जातिय कुरा भयो रे यस्तो यहा षडयन्त्र छ मित्रहरु , त्यसकारण हामीले बुझ्नु जरुरी छ ।  यस पार्टीको तर्फ बाट यो सन्देश दिन चाहन्छु कि हामी कसैको जातिय राज्य बनाउदैनौ । मगरत हुन्छ तर मगरात भित्र जति समुह छ जाती छ, सबै जातिले समान राजनितिक अधिकार पाउछ । मगरातमा उ प्रमुख मन्त्री बन्न पनि पाउछ , मगरात जनताको सेवा गर्यो भने उसले मगरात राज्यबाट उ सिहदरवारको प्रधानमन्त्री बन्न पनि सक्छ । संघिय राज्यमा दइवटा बाटो हुन्छ , एउटा राज्य भित्रको उच्च स्थानमा जाने एउटा केन्द्रको उच्च स्थानमा जाने । दुवै बाटो खुला हुन्छ । संविधान मा हामीले यो लेख्न पर्छ । यही जातको चाहिन्छ भन्न हुदैन त्यसो भनेको पनि छैन ।

राष्ट्रिय जनमुक्ति पार्टिले २४ वर्ष सम्म बोलेको भाषामा कतै तपाइले सुन्नु भो , मैले कतै पनि सुनेको जस्तो लाग्दैन तर नबोलेको भाषा आज वहाहरुले बोलिरहेका छन , हामीले जातिय राज्य माग्यो रे हामी हाम्रो दाजुभाई छेत्री बाहुन माथी एकदम घृणा गर्यो रे , यो गर्यो, त्यो गर्यो भनेर आरोप लाइरहेका छन । हामीले चाहे त्यो मगरको मगर नै शोषक होस त्यसलाई हामी घृणा गछौ । तामाङ्ग शोषक भयो भने त्यसलाई घृणा गर्दछौ , त्यसै  गरि क्षेत्री बाहुन पनि शोषक पर्यो होला, त्यसलाई औला ठाडो गरेर बोल्यो होला ,त्यसलाई यस्तो काम नगर भाइ हो भने होला । तर जो अन्य शोषित पडित हाम्रो दाजु भाईलाई हामीले कहिले पनि त्यस्तो काम गरेको छैन । त्यसकारण यो पार्टीको पवित्र धारणा लाई बुझ्नुहोस, यो पार्टी जातिय पार्टी पनि होइन ,यो पार्टीले जहिले पनि पहिचान सहितको संघिय प्राप्त गरेरै छाडछ । भारत वर्षको सब भन्दा ठुलो जनरल कमण्डर इन चिफ मालि शाहलाई एक जना मान्छे गएर सर म डराउदिन भनेछ , उसले त्यस मान्छे लाई तिमी गोर्खा हो भन्दा होइन भने छ त्यसपछि कमाण्डरले तिमीको महा झुटो बोल्ने मान्छे हो भने छ । संसारमा दुई जना मात्रै डराउदैन एउटा गोर्खा , अर्को झुटो बोल्ने मान्छे डराउदैन । त्यो शक्ति हामीमा छ , विश्वको प्रथम युद्ध देखी लड्दै आएको ति स्किलहरु आज हाम्रो पार्टीलाई थामेर बसेको शक्ती छ । म उहाहरुलाइ बघाइ दिन चाहन्छु । हालको चाइनिज जनरलले के भन्यो भने जित्ने मान्छेले जित्छ रे अनि लडाइ गर्छ रे हार्ने ले लडाइ गर्छ , अनि जित्न खोज्छ । हामी जितेर लडाई लड्छौ । यस पार्टीले एक दिन यस्तो नहोस कि, जुन प्रकारले वहाहरुले अहिले पैसा र रक्सी खनाएर हाम्रो नेपाली जनतालाइ झुक्यायो यस पटक , त्यो झुक्किनु हुदैन । सधै त्यसरी रक्सी र पैसा खन्यायर झुक्किन्न नेपाली जनता । सोझा सिधा जनताको गरिवीको फाइदा उठाएर जुन प्रकारले झुक्यायो  अब झुक्याउन सक्दैन ।

हामीले भनेका छौ बहुजातिय समाजवाद जुन सबै जातिको जनसङख्याको आधारमा समानुपातिक सहभागिता ल्याउछ त्यसलाई समाजवादको अर्थ ल्याउन सक्छौ । हामी गरिवीको रेखा मुनी भएकाहरुलाई सबै भन्दा पहिला स्थान दिन्छौ , जागिर देखी लिएर सबै क्षेत्रमा विशेष स्थान दिन्छौ । हामी गरिवी रेखा मुनि भएका लाई जात जात भनेर छुट्याउदैनौ । यहा त वर्गिय भन्छन करोडपति पनि वर्गिय भित्र पर्छ । समान्तवादीलाई फेरी उचाल्न हामी चाहदैनौ , हामी समाजवाद तिर जान चाहन्छौ । राष्ट्र भनेको समाजको हो , राष्ट्रमा सबै जना बसेको छ । अहिले राष्ट्र तपाई हामीलाई केही गर्न सकेको छैन । आज राष्ट्र मेरो लागि जिम्मेवार खै त । म चाही राष्ट्र जिम्मेवार भए केही काम विगार्ने वित्तिकै जोल मा हाल्छ । तर म खान नपाउदा भोकै भएर मर्यो भने पनि त्यसको लागि राष्ट्र जिम्मेवार छ भनेर कुन कानुनमा छ । तर हाम्रो बहुजातिय समाजवादमा राष्ट्रिय जनमुक्ति पार्टीले त्यस्तो कानुन बनाउछ । गरिवी रेखामुनीले भोका हुन पाउदैन भन्ने हाम्रो पार्टीका अवधारणा राखेको छ ।

के यो अवधारण जातिय भयो , कुनै पनि जाती जनताको सेवा गर्छ भने त्यो मगरातको प्रमुख बन्न सक्छ । मगरै हुन पर्छ भनेको छैन । संविधानमा लेखेको छैन हामी लेख्दा पनि लेख्दैनौ । मगरात भित्रको कुनै पनि बासी उसको सेवा, उसको जनता प्रतिको आस्था , यो सबको जनताले चाहना गर्द भने उ मन्त्री बन्छ । राउटे होस कि चोपाङ्ग होस उ प्रमुख मन्त्री बन्न सक्छ । यस किसिमको यस पार्टीको खुला वातावरण छ , खुला सिद्धान्त छ, खुला विचार छ यस पार्टीको यो विचार यहाको विचमा राख्दै यस पाटक हामीलाई धेरै झक्याएको छ अब झुक्याउन सक्दैन । यस्तै किसिमले झुक्यायो भने यो देशमा फेरी हतियार उठ्छ । नझुक्काउनुहोस  सोझा सिधा जनतालाई सहि कुरा बोल्न दिनुहोस, अब हामी अर्को लडाइ लड्न चाहदैनौ । किनकी झुक्यिाउने छट्टुहरुलाई ठिक पार्न हतियार उठाउन पर्ने नै हुन्छ । यहा शसक्त युद्ध को उत्पादक चाही ति संसदवादीहरु यि छट्टुहरु नै हुन । लेलिनले यहि भनेका छन । छट्टुहरुले गर्दा नै शसक्त युद्ध भएको हो । हाम्रो अधिकार दिओस न हामी किन युद्ध गर्छौ र ? हाम्रो मगरात दिओस , हाम्रो जनतालाइ अन्याय अत्याचार गर्छ भने केन्द्र बाट औला उठाउ हामी केको लडाई गर्दछौ र  । यो गर्नमा हामीमा बाध्यता छ ।

हाम्रा नेताहरुले पुजीवादी क्रान्ती समापन भैसक्यो भन्छ । पुजी वादी क्रान्ती भयो भन्छन देशको अवस्था यस्तो छ । गरिवीको रेखा यस्तो छ । अरवभुमी मा दिदि बहिनी गइकन महिनाको तिस जना लास आउछ लाज सरम छैन हामीलाइ, मलेसिया बाट कोरिया बाट लासहरु आइरहेको छ लाजसरम छैन हामीलाइ । अझ सबै क्रान्ती सफल भयो भन्छ । यस्ता कुरा सबै अादिबासी जनजातिलाइ बुझ्न आग्रह गर्दछु ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %