काठमाडौ, २५ मङ्सिर
नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्नेमा जोड दिएकाछन् ।
काठमाडौँ महानगरपालिका– ५ सङ्गठनद्वारा आज यहाँ आयोजित सङ्गठनको आठाँै अधिवेशनको उद्घाटन गर्दै उनले जुनसुकै पार्टीले बहुमतको सरकार गठन गरे पनि लामो समयसम्म टिक्न नसक्ने धारणा व्यक्त गरे ।
महासचिव पोखरेलले आमजनताको चाहनालाई आत्मसात् गरी सवै राजजनीतिक दलका नेताहरू एकजुट भएर मुलुकमा दिगो शान्ति र संविधान निर्माण गर्नेतर्फ लाग्नुपर्ने बताए ।
देश र जनताको हितका लागि जुनसुकै राजनीतिक पार्टीले नेतृत्व गरे पनि आफ्नो पार्टीलाई मञ्जुर हुने उल्लेख गर्दै उनले माओवादीबाट कब्जा गरिएका सम्पत्ति फिर्ता, लडाकू समायोजन र हतियार व्यवस्थापन नगरेसम्म कुनै पनि हालतमा सहमति हुन नसक्ने टिप्पणी गरे ।