पहिचान र संघीयता सहितको संविधान नआए आन्दोलन गर्छौ : बुद्धिष्ठ

Read Time:3 Minute, 3 Second

गोविन्द घर्ति , बुटवल

रुपन्देही, २० बैशाख – जातीय पहिचान र संघीयता सहितको संविधान नआए राष्ट्रिय जनमुक्ति पार्टीले आन्दोलन गर्ने राष्ट्रिय जनमुक्ति पार्टीका बरिष्ठ उपाध्यक्ष डिके बुद्धिष्ठले बताएका छन् ।

राष्ट्रिय जनमुक्ति पार्टीले जातीय राज्य नभई जातीय हक अधिकारको मुद्दालाई प्राथमिकता साथ उठाएको नेता बुद्धिष्ठले बताए । राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीको १४ औं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले उक्त कुरा बताएको हो । नेता बुद्धिष्ठले आदिवासी जनजाति, दलित, महिला, मधेशी, अपाङ्गहरु, पिछडाबर्गको अव बन्ने संविधानमा अधिकार सुनिश्चित नभए राष्ट्रिय जनमुक्ति पार्टीले सडक संघर्ष गर्ने चेतावनी दिए ।

सोही कार्यक्रममा बोल्दै पार्टीका उपाध्यक्ष तथा सभासद शिवलाल थापाले राजनैतिक दलहरुको सिन्डिकेतका कारण देश गंभीर अवस्थामा पुगेको बताए । सभासद थापाले संविधान सभामा संघीयता विरोधीहरुको बहुमत भएकाले संघीयता सहीतको संविधान बन्नेमा शंका लागेको बताए ।

राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य दलबहादुर विरकट्टा, होमाया गुरुङ्ग, मनिराम चौलागाई, विद्याप्रसाद शर्मा, राष्ट्रिय भूतपुर्व सैनिनिक संगठनका भिमबहादुर राना, राष्ट्रिय युवा मोर्चाका डिवि थापा, नेकपा एमाले रुपन्देहीका सदस्य भोजबहादुर बुढा, नेकपा संयुक्तका कृष्ण मोक्तान, नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष सन्तराम चौधरी, आनिक राना लगायतले आ–आफना भनाई राखेका थिए ।

पार्टीका जिल्ला उपाध्यक्ष मधु रानाको स्वागत र सचिव भैरव थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । विभिन्न झाँकी सहीत बुटवलको अस्पताल लाईन देखि शुरु भएको र्याली शंकरनगरको योगीकुटी हाटबजार प्रागणमा सभामा परिणत भएको थियो । वन्दसत्र भोली देखि बुटवलको अमर भवनमा शुरु हुने जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %