मंसिर २४
देवदह आर्दश वहुमुखि क्याम्पस भवनको शिलान्यास देवदह–२ पानवारी र देवदह–५ शितलनगरमा आज एक कार्यक्रमका वीच सम्पन्न भएको छ । भवनको सिलान्यास वाचन
प्रविण पण्डित दिनवन्धु पोख्रेल, क्याम्पसका संस्थापक अध्यक्ष नमराज पुरी र बर्तमान अध्यक्ष ध्रुव खरेलले संयुक्त रुपमा गरे काथिए। सो अवसरमा पोखरेलले सामाजिक क्षेत्रमा शैक्षिक विकासको अत्यन्त महत्व हुने भएकोले शिक्षाको विकाशमा सवैको ध्यान जानु पर्नेमा जोड दिए ।
उनले देवदहमा शिक्षाको विकास संगै स्वास्थ्यको पनि विकास हुनु पर्ने र देवदहवासीको चाहना भएमा आफू जुनसुकै समयमा पनि आउन तयार रहेको बताए । सोही अवसरमा बोल्दै क्याम्पस सञ्चालन समितिका अध्यक्ष ध्र्रुव खरेलले देवदह वासीको सहयोग र सक्रियताले नै देवदहमा शिक्षाको विकास हुने कुरा बताए । उनले क्याम्स भवनको निर्माणमा पनि देवदह वासीको सहयोग रहने विश्वास व्यक्त गरे ।
देवदह–२ पानवारीमा प्राविधिक शिक्षा र देवदह–५ शितलनगरमा साधारण शिक्षा संचालन गर्नको लागि प्रयोग हुने उक्त एक तले भवन निमाण गर्न ७ करोड रुपैया लाग्ने क्याम्पस भवन निर्माण
समितिका संयोजक सुरेन्द्र पोखरेलले बताए । प्राविधिक शिक्षालय स्थापनार्थ तथा क्याम्पसको भवन निर्माण गर्नको लागि गत वर्ष मंसीरको १७ देखि २४ गते सम्म महायज्ञ संचालन गरिएको थियो । उक्त यज्ञमा १३ करोड २० लाख रुपैया संकलन भएको क्याम्पस प्रमुख मित्रलाल न्यौपानेले बताए ।
गोविन्द घर्ति