काक्रेविहारमा बुद्धको मूर्ति प्रतिस्थापनको अभियान बुद्ध जयन्तीमै

Read Time:4 Minute, 0 Second

देब पचभैया

काठमाडौं, १९ बैशाख – काक्रेविहारमा बुद्धको मूर्ति स्थापना गर्ने अभियानसहित यो वर्षको बुद्ध जयन्ती मनाइने भएको छ ।

गत वर्ष बुद्ध जयन्तीकै दिनबाट काक्रेबिहारमा बुद्धको मूर्ति प्रतिस्थापन गर्ने विषयमा आन्दोलनका कार्यक्रमहरु सार्बजनिक गरेको स्मरण गर्दै नेपाल बौद्ध महासंघले यस वर्षको बुद्ध जयन्तीलाई पनि काक्रे विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गर्ने अभियानकै रुपमा लिएको बताएका छन् ।

“सम्पूर्ण नेपालीको चाहना, स्थायी शान्तिको कामना” भन्ने मूल नाराका साथ मनाउन लागिएको बुद्ध जयन्तीलाई सफल बनाउन आदिवासी जनजाति संघ संगठन र बुद्धका अनुयायीहरुले भब्य रुपमा मनाउन लागेको हो । बुद्ध जयन्तीको अवसर पारी आयोजना गरीएको पत्रकार सम्मेलनमा नेपाल बौद्ध महासंघका अध्यक्ष फुपुछेम्बे शेर्पाले काक्रेविहार आन्दोलन यथावत रहेको र यसलाई निरन्तरता दिने बताए ।

‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ ।’ उनले भने, तर राज्यले हाम्रो मागको सुनुवाई बेवास्ता गरी संघर्षका कार्यक्रम गर्न बाध्य नपारियोस । बौद्ध जयन्तीलाई भब्य रुपमा सफल पार्न आफुहरुले सक्दो पहल गर्ने नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले बताए । पत्रकार सम्मेलनमार्फत नेपाल बौद्ध महासंघले सप्ताहब्यापी कार्यक्रम सार्बजनिक गरेको छ ।

नेपाल बौद्ध महासंघले नेपालमा जन्मिएका बुद्धको २५५८ औ बुद्ध जयन्तीको अवसरमा बैशाख २६ गते साझ ५ बजे किर्तिपुरमा दीप प्रज्वलन गर्ने लगायतका कार्यक्रमहरु पत्रकार सम्मेलनमार्फत सार्बजनिक गरेको छ ।

 

कार्यक्रम तालिका 

क्र.सं

मिति

समय

कायर्क्रम

स्थान

जिम्मेवार

१.

२०७१।१।१८

दिउँसो २ बजे

पत्रकार सम्मेलन

फोनिज, अानम नगर

२५५८ अाै बुद्द जयन्तिराष्टि्य समारोह समिति

२.

२०७१।१।२६

साँझ ५ बजे

दीप प्रज्वालन सहित शान्ति प्रार्थना

कीर्तिपुर

कीर्तिपुरका बाैद्द संघ सस्थाहरू

३.

 

२०७१।१।२७

बिहान ११ देखि ५ बजे सम्म

झाँकी र्याली सहितको जनसभा तथा शान्ति प्रार्थना

टुँडिखेल,काठमान्डु

२५५८ अाै बुद्द जयन्ति राष्टिय समारोह समिति

४.

 

२०७१।१।२८

साँझ ५ बजे

 

दीप प्रज्वालन सहित शान्ति प्रार्थना -रक्त दान

भक्तपुर- इनाचो

भक्तपुरका बाैद्द संघ सस्थाहरू

बिहान

साइकल यात्रा

काठमान्डु देखि लुम्बिनी

टुर डे लुम्बिनी

५.

२०७१।१।२९

दिनभर

सूत्रपाठ तथा प्रबचन

बिभिन्न गोन्पा बिहारहरूमा

थेराबाद,महायान, बज्रयान

६.

२०७१।१।३०।

साँझ ५ बजे

शान्ति दीपयात्रा

ललितपुर, भक्तपुर

ललितपुर,भक्तपुरका बाैद्द संघ संस्थाहरू

७.

२०७१।१।३१

दिनभर

देश ब्यापी रूपमा

;सबै जिल्लाहरू

स्थानीय बाैद्द संघ संस्थाहरू

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %