बेलायत
फार्न्बोरो ,२६ अप्रिल २०१४ – दि हिमालयन अगनाइजेशन बेलायतको दोश्रो ऐतिहासिक महाधिवेसन भब्यताका साथ सम्पन्न भएकोछ ।
यो दोश्रो महाधिवेसनले थर्क राना मगरको अध्यक्षतामा नयाँ कार्य समिती समेत चयन गरेको छ । अहिले बेलायतमा रहेका राष्ट्रिय जनमुक्टी पार्टीका पुर्व केन्द्रिय आर्थिक बिभाग प्रमुख केहर सिङ राना मगरको प्रमुख आतिथ्य , निवर्तमान अध्यक्ष भरत थापा मगरको अध्यक्षतामा , उपादक्ष्य प्रेम तामाङले स्वागत मन्तव्य र कार्यक्रमको सन्चालन महासचिब श्री नारायण किशोर पुन मगरले गरेका थिए ।
कार्यक्रमको प्रथम चरणमा प्रमुख अतिथी, बिभिन संघ संस्थाबाट आमन्त्रित अतिथी ,बुद्दी जिवी ,पत्रकारहरुलाई अतिथ्य ग्रहण गराइएको थियो । आतिथ्य ग्रहण गर्ने अन्य अतिथीहरुमा नेपाल आदिवासी जनजाती महासंघ बेलायतका पुर्व अध्यक्ष तथा मगर संघ यु.केका पुर्व अध्यक्ष थर्क राना मगर ,यु.के मगर संघका अध्यक्ष दुत पुन मगर ,नेपाल आदिवासी जनजाती महिला महासंघकी अध्यक्ष कमला थापा मगर,नेपाल आदिवासी जनजाती बिद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य हेम गुरुङ ,हिमालयन अर्गनाइजेसन ,रेडिङ शाखाक यमबहादुर लिम्बु ,शेर्पा संघ युरोप शाखाका कमान सिंह शेर्पा ,सेवारो कलाकार संघका वलराज लिम्बु ,बौध धर्म गुरु शेर तरामु मगर ,यु.के मगर संघकी उपादक्ष्य हिमाली राना मगर , राज्यसत्ता डटकम यु.केका संयोजक तथा नेपाल आदिवासी जनजाती महासंघ बेलायतका सल्लाहकार डा.चजिन्द्र राना मगर ,हिमालयन अगनाइजेशन रश्मुर शाखाका यन्का आले मगर,हरीबहादुर थापा मगर,नेपाल आदिवासी जनजाती महासंघ कास्कीका जङबहादुर गुरुङ ,एन आर एन रेडिङका राम गलामी मगर आदिको उपस्थिती थियो ।
आतिथ्य ग्रहन पस्चात ,रस्मुर ब्रान्चका संयोजक यान्का आले मगरबाट सुरक्षा बिधी सम्बन्धी जानकारी गराइएको थियो । स्वागत मन्तव्यको क्रममा पुर्व उपादक्ष्य तामाङ्ले नेपाल हुँदा देखी नै राष्ट्रिय जनमुक्ती पार्टिको सिदान्त र मर्मलाई आत्मसाथ गर्दै आई रहेको बिशेष गरी यो पार्टिले उठाएका संघियता ,धर्मनिरपेक्षेता ,जातिय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रणाली जस्ता गहन मुद्दा नै देशको बिकासको मेरुदन्ड रहेको र फल्स्वोरुप अहिले पूर्ण नभएपनी केही हदसम्म सफलता प्राप्त हुँदै आईरहेको विचार व्यक्त गरे । साथै भर्खर मात्र अस्तित्वमा आएको पार्टी संघिय स्माजवादी पार्टीसँग एकता हुने भन्ने हल्ला शुन्नमा आएको स्वागत योग्य रहेको , किनकी उत्पिडन्मा परेका जाती वर्ग ,धार्मिक समुदायको एकता हुनु सिवाय अर्को विकल्प नरहेको तर राष्ट्रिय जनमुक्तीको योग्दान जती छ त्यती अरु कुनै पार्टीको नरहेको हुँदा पार्टिको मुद्दामा एक हुन सक्ने अवस्था रहेमा एकता बद्द भई अगाडि बध्नु पर्ने तर राष्ट्रिय जनमुक्तीको मुद्दा र दर्शन त्याग्न नसकिने जनाए ।
त्यस्तै नेपाल आदिवासी जनजाती बिद्यार्थी संघका पुर्व सदस्य हेम गुरुङ्ले आदिवासी जनजाती दलित पिछदा वर्ग समुदायको मुद्दाहरुलाई अगाडि ल्याउने प्रथम पार्टीनै जनमुक्ती भएको बताउदै अन्य पार्टीहरुबाट आदिवासी जनजाती दलित आदिको अधिकारको कुरा प्राप्तिमा आशा गर्न नसकिने बताए । देशमा भएको भेद्भाव अन्त्य गर्न उत्पीडितहरु एक जुत हुनु पर्नेमा जोड दिदै नयाँ पार्टी खोलेर मात्रा केही नहुने आफ्नो मुद्दा र हक हितको लागि करमठ नेताहरुको आव्सयक्ता रहेको जनाए ।
शेर्पा संघ युरोपका महासचिव कर्मा शेर्पाले फुटको राजिनितिले एकात्मक हैकमवादीहरुलाई फाईदा गरी आदिवासी जनजातीहरु झन कम्जोर हुने जनाउदै पार्टी एकिकरण हुनु स्वागत योग्य छ । तर , राष्ट्रिय जनमुक्तिको जातिय जनसंख्याको आधारमा पूर्ण समानुपातिक सिदान्त , हरेकलाई समान हक अधिकार ,यो मेरो दाहिने हात र यो मेरो देब्रे हात एकै हुन ,छोरा छोरी समान हुन भन्ने कुरा मार्क्स्वाद भित्र अट्न सक्छ कि सक्दैन? भन्ने प्रश्न गर्दै,बिदेश्मा आएर पनि किन संघ संस्था हुनु पर्यो भन्ने कुरालाई प्रस्त्याउदै आफ्नो देशको भाषा ,कला सन्स्कृतिका साथ साथ राजनीतिक चेतना हुनु अत्यन्त जरुरी रहेको ,राजनितिले नै समग्र देश र जनताको भविस्य निर्धारण गर्ने हुँदा भोली बेलायतमा रहेका नेपालीहरु यहाँको सिप ,कला ज्ञान बिज्ञान देखी देश चलाऊने निती नियम आदी सिकी नेपाल फर्की देशलाई उद्दार गर्नु पर्ने अवस्थामा तयार रहनु पर्ने जनाए । त्यसको निमित्त सामाजिक ,भौतिक ,आर्थिक ,राज्नितिक रुपले सक्षम हुनु पर्ने बताउदै राजनीति कुनै कमाउने पेशा नभई सेवा भएको तर नेपालमा पेशाको रुपमा बिकसित भएकोले देश उभो नलागेको ,बेलायत मा चुनाव लड्न बौदिक र आर्थिक रुपले सवल हुनु अत्यन्त जरुरी रहेको जसले सरकारी धुकुतीको दुरुपायोग नगरि आफ्नो बल बुताले लड्ने तर नेपालमा सरकारी पैसामा रजाई गर्दै चुनाव लड्ने प्रव्रिती को अन्त्य हुनु पर्ने बताए ।
त्यस्तै रेडिङ ब्रान्चका अध्यक्ष यामबहादुर लिम्बुले आदिवासी जनजातिका पार्टिका सबै एक जुत हुनु पर्नेमा जोड दिदै अर्काको झोला बोकेर केही फाईदा नहुने जनाए । नेपालका कोशी ,गन्डक ,टनकपुर सबै बेचेर खानेहरुबाट नेपाली जनताले केही आशा गर्न नसक्ने अब देश बचाउने भनेको राष्ट्रिय जनमुक्ती पार्टी मात्र रहेको बताए । नेफिन यु केका उपाद्क्ष्य तथा राष्ट्रिय जनमुक्ती पार्टी नेपालका पुर्व जनमुक्ती मोर्चा सदस्य नरबहादुर गुरुङ्ले पार्टिको स्थापना कालमा करीब ७५% भुपु सैनिक रहेको यसै पार्टिले नै गेसोको सबै अवधारणा पत्र त्यार पारी दिएको तर पछी गेसोका अध्यक्ष पदमबहादुर गुरुङ्ले गुरु योजना बोकी अर्काको झोला बोक्न हिंडेको आरोप लगाए । साथै जनमुक्तिकै विचारधारा चोरेर धेरै पार्टी जन्मे तर तिनीहरु दिगो हुन नसकेको जिकिर गरे ।
रस्मुर शाखाका क्याप्टेन हरीबहादुर थापाले लाहुरे जीवन बाट गाउ घर फर्किदा भु पु सैनिकहरु अमुल्य समय खेर फाली रहेको देखे पछी आफ्नो गाउ ठाउमा केही गर्नु पर्दछ जसको लागि शिक्षा महत्वो पूर्ण रहेको र सँगसँगै राजनीतिक चेतना पनि अभिव्रिधी हुनु परेको हुँदा आफ्ना सहकर्मीहरु चुरोट र रक्सिमै जिन्दगी बिताइ रहदा आफु समाज सेवा प्रती लागि परेको जनाए ।
मन्त्व्यकै क्रममा नेपाल आदिवासी जनजाती महासंघका सस्थापक अध्यक्ष थर्क राना मगरले हिमालयन अर्गनाइजेसन बारे प्रकाश पार्दै यो बहुउदस्य संस्था रहेको हो । यो कुनै राजनीतिक गतिबिधी गर्ने संस्था मात्र नभई सामाजिक कार्यमा समेत महत्वोपूर्ण भूमिका खेल्ने संस्थाको रुपमा परिचय बनाएको हो । कसैलाई भई परी आएको अवस्थामा मद्घत पुर्याउने ,नेपालमा आपतविपत पर्दा सक्दो सहयोग पुरयाउने र राजनीतिक चिन्तन प्रती झुकाव राख्नेहरुको निमित्त एउटा राजनीतिक चेतना अभिव्रिधी गर्ने उदस्य पनि यस् संस्थाले लिएको जनाए । किनकी राजनीति विना कोही पनि अछुत रहन सक्दैन प्रत्क्ष्य अप्रत्क्ष्य यसले प्रभाव पारेको हुँदा राजनीतिमा पनि चासो राख्नु पर्ने जनाउदै आदिवासी जनजाती दलित पछाडि पर्नुको प्रमुख कारण मध्य राजनीति चेतना सुन्य प्राय हुनु पनि एक भएको बताए ।
कुनै लक्ष्य बिनाको मानिस/व्यक्ती भकारीको भैंसी सरह भएको जनाउदै यदी हामी दुई छाक खान पाएका छौ हामीलाई अरु चिन्ता किन लिनु पर्यो भन्ने हो भने हामी सदियौ देखी दास र दासी भई रहेको निरन्तर्तालाई स्विकार्नु हो भन्दै यदी हामी चेतन्सिल प्राणी हौ र हामीले आफ्नो हक अधिकार ,सम्मान खोज्ने हो भने त्यस उदस्य प्राप्तिको लागि सचेत भएर अगाडि बध्नु पर्नेमा जोड दिए । राष्ट्रिय जनमुक्तिको विचारधारा ,सिद्दान्त नै अहिले राष्ट्रिय मुद्दा भएको र यसैमा अहिलेको देश केन्द्रित रहेकोले यस् पार्टिले उठाएका धर्म निरपेक्षता ,जातिय जनसंख्याको आधारमा समानुपातिक पद्ती ,संघियता अकात्य सिद्द भएको जिकिर गरे । अन्य पार्टिले यसैका मुद्दाहरु चोरे पनि लागु गर्न असफल रहेको जनाउदै जाल झेलको राजनीतिले हामीलाई एक दिन हराउलान ,दुइ दिन हराउलान तर सधैं झुटको खेती नटिक्ने हुनाले हामी दतचित भई अघी बध्नु पर्ने बताए । त्यस्तै गोर्खालिको लागि सम्मान स्वोरुप बेलायतले आवसिय सुबिधा सहित बेलायती नागरिकता पनि दिने व्यवस्था रहेकोमा नेपाल सरकारले भने उल्टो अधिकार बिहिन परिचय पत्रको नाममा एन आर एन कार्ड बाध्दै बिदेशी बनाउने खेलमा दौद्धधुप गरेकोमा गम्भिर भएर सोच्नु पर्ने बताउदै यो सारा गोर्खालीले चिन्तन गर्नु पर्ने जनाए ।
त्यसै गरी आदिवासी जनजाती महिला महासंघकी अध्यक्ष कमला थापाले नयाँ बन्ने कार्यसमितिलाई सफलताको शुभकामना सहित बधाई दिदै कुनै पनि काम सन्चालन गर्दा एक संस्थाको आवसयक्ता रहेको महुसुस गरी बेलायतमा रहेका नेपालीहरुलाई भई परी आउने काममा मद्घत दिने ,बिभिन्न सामाजिक गतिबिधीहरु सन्चालन गर्ने ,नेपालमै पनि बिबिध खाले सहयोग पुरयाउने तथा नेपालमा पनि आफ्नो अधिकार स्थापित गर्न राजनीतिक रुपमै अगाडि बध्नु पर्ने भएकोले राजनीतिक चेतना अभिब्रिधी गर्ने जस्ता कृया कलाप यस् संस्थाले गर्नु पर्ने जनाइन । नेपालमा २०४६ साल पस्चात जनताले परिवर्तनको जुन अपेक्षा बोकेका थिए त्यो चाहनालाई अहिले सम्मको कुनै पनि सरकारले पुरा गर्न नसकेको ,काङ्रेस एमाले माओवादी सबै पूर्ण असफल भई सकेको र उनीहरुले पहिले राणा ,पन्चे हरुले जस्तै एक जाती, एक धर्म, एक वर्ग समुदायको हितको लागि मात्र काम गरेको घाम जस्तै छर्लङ रहेकोले अब समग्र नेपाल साँच्चिकै बिकास र फुल बारीका सबै फुलहरुले फुल्न पाउने हो भने सम्पूर्ण न्याप्रेमी ,देश्प्रेमी जनता गोल्बद्ध भई त्यसको एक मात्र विकल्प राष्ट्रिय जनमुक्ती पार्टीमा समाहित हुनु पर्ने जनाइन ।
त्यस्तै प्रमुख अतिथी केहरसिङ् रानाले बेलायतमा यहाँको ईंग्लिश ,स्कटिश ,वेल्स आदी लाई मात्र होइन अफ्रिकन ,चाइनिज , ईण्डियन ,पोलिश ,स्रिलन्कन ,अमेरिकन ,नेपाली समेत संसारको कयौ मुलुक्को कयौ मानिसहरुलाई समान व्य्वहार, सुबिधा दिएको छ तर नेपालमा किन त्यहिका मुल वासिन्दाहरुमाथी थिचो मिचो र भेद भाव पूर्ण व्यवहार गरिन्छ ?किन एकै जातिका मानिसलाई बिबिध सुबिधा दिइन्छ ? तर किन आदिवासी जनजाती लगयतका लाई प्रशासनिक काममा छिर्न दियिदैन? किन कुनै दिन भारतबाट आयातित भाषा सन्स्क्रित्को लागि बिस्वो बिधालय खोलेर त्यहा पढ्ने ब्राह्मणहरुलाई दुध भात ,आवसिय सुबिधा ,तलव भत्ता दियी करोडौ खर्छ गरिन्छ र यिनिहरुलाई राज्यबाटै आरक्षण दियी सरकारी कर्मचारिमा भर्ती लियिन्छ तर त्यहाका अन्य जातीहरु मगर,राइ,तमाङ आदिको भाषालाई किन १ पैसा दिईदैन ? यी यस्ता अनकौ बिबेधहरु अन्त्य गर्न राजनीतिनै राजा हुने हुनाले उद्पिडन्मा परेकाहरुले निस्फिक्री राष्ट्रिय जनमुक्ती पार्टिलाई समर्थन गर्नु पर्ने बताए ।
त्यस्तै अर्गनाइजेसन्का अध्यक्ष भरत थापाले राजनीतिक बहस भन्दा महधिवेसन भएकोले संस्थाको कार्यदिशा तर्फ बढी केन्द्रित हुन आग्रह गरी आफ्नो मन्त्वय सुनाएका थिए ।
कार्यक्रमको दोश्रो चरणमा संस्थाका सचिब पदम गाहा मगरले संगठनिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने कोषाद्क्ष्य भिम रानाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
उक्त महाधिबेसनले कमला थापा मगरको अध्यक्षतामा नरबहादुर गुरुङ र हेम गुरुङ गरी ३ सदसिय निर्बाचन मण्डल गठन गरेको थियो । सो निर्बाचन मण्डलले बिभिन्न चरणको छलफल पस्चात सर्वसहमती बाट थर्क राना मगरको अध्यक्षतामा १७ सदस्सिय केन्द्रिय समिती निर्बाचित भएको घोषणा गरेको थियो । जस्मा यस्प्रकार रहेको छ:
(१) अध्यक्ष थर्क राना मगर
(२) उपाध्यक्ष पदम गाहा मगर
(३) उपाध्यक्ष हिमाली राना मगर, महिला
(४) उपाध्यक्ष प्रेम तामाङ्ग
(५) उपाध्यक्ष राम कृष्ण राई
(६) उपाध्यक्ष पुरन ध्बज गुरुङ्ग
(७) महासचिब कमान सिङ्ग ( कर्मा पहाडी ) शेर्पा
(८) सचिब नारायण लिम्बु
(९) कोषाध्यक्ष मित्र थापा (मगर )
(१०)सह कोषा-अध्यक्ष कृर्णा थापा
सदस्यहरुमा :
( ११) श्री टंक मगर
(१२) श्री यंका बहादुर आले (मगर )
(१३) श्री नेम थापा मगर
(१४) श्री राम गलामी
(१५) श्री अमर पुन
(१६) श्री शोभा राना मगर
(१७) श्री जगत रोक्का रहेका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीको भात्री सगठन दि हिमालयन अर्गनाईजेसन बेलायतले बेलायतमा बसोबास गर्ने नेपालीहरुको आर्थिक, सामाजिक र राजनैतिक स्तरलाई उठाउनको साथसाथै आफ्नै देशको राज्यसत्तामा पहुच पुराउनको लागि एउटै झण्डामुनी गोलबन्द गर्दै लैजानुको लागि नितीगत कार्य योजना तर्जुमा गरेको छ । भाबी रणनितीहरु निम्नलिखित छन् ।
१) ज्ञापन पत्र – बिदेशमा रहेका नेपालीहरुलाई नेपालमा मतदान गर्ने पाउने मताधिकारको लागि
२) दोहोरो नागरिकताको लागि
३) साखा संगठन बिस्तारमा तिब्रता
(४)अर्गनाईजेसनको आर्थिक पक्ष दरिलो बनाउनको लागि आर्थिक कृयाकलाप गर्ने जस्तै सदस्यता लेबीमा तिब्रता ल्याउने , च्यारेती कार्यक्रम गर्ने अथवा सांस्कृतिक कार्यक्रम गर्ने
(५) सल्लाहकार समिती गठन गर्ने
(६) महिला मोर्चा गठन गर्ने र सास्कृतिक बिभाग गठन गर्ने
(६) बिभिन्न ब्यक्तित्वहरु संग आबश्यकता अनुसार अन्त्रकृया गर्दै जाने ।
डा. चजिन्द्र राना मगर /कर्मा पहाडी शेर्पा( महासचिब दि हिमालयन अर्गनाइजेसन बेलायत) बाट