एमाओबादीको बिस्तारी भेलाले आपसमा सम्बन्ध बिच्छेड गर्न सक्छ
देब पचभैया
पाल्पा, बैशाख १६ – नेकपा माओबादीका महासचिब राम बहादुर थापा बादलले आफ्नो पार्टी भित्र देखिएको बिकृति र बिसंगतीलाई आगामी राष्ट्रिय सम्मेलनले हल गर्ने बताएका छन् ।
पार्टीका कमिटि भद्धा भएको, संसदिय र ब्याक्ति बादी प्रबृति हामी भएकाले पार्टीलाई नया स्तर बाट सुद्धिकरण गर्न आमामी सम्मेलनको आयोजना गरिएको उनको भनाई छ । राष्ट्रिय सम्मेलनले पार्टीलाई सुद्धिकरण र सुध्रिदिकरण गर्ने बादलले दाबी गरे । नेकपा माओबादी पाल्पाको जिल्ला अधिबेशनको लागी पाल्पा आएका बादल संग मंगलबार बिहान राज्य सत्ता प्रतिनिधि देब पचभैया संग बिशेष कुराकानी गर्दे उनले माओबादी पार्टी भित्र पनि दुई लाईनको चर्चा चलाएर प्रतिकृया बादीहरुले ड्यास माओबादीलाई फुटाउने प्रयास गरेको बताए । सचिब नेत्र बिक्रम चन्द संग आफ्नो कुनै मतभिन्नता नरहेको दाबी गर्दे उनले बिभिन्न जिल्लामा भएको आन्तरिक समस्या पार्टीलाई मजबुद गराउन मात्रै भैरहेको दाबी गरे । बिचारको बहस मात्रै भएको हो, उनले भने दुईलाईनको बहस होईन पार्टीलाई मजबुद बनाउने कुरा मात्रै हो ।
प्रतिकृया बादीहरुले एमाओबादीलाई बिचलित गर्न सफल भएपनि ड्यास माओबादी लाई केही गर्न नसक्ने उहाको भनाई छ । ऐनेकपा माओबादी संग आधारभुत मान्यतामै अन्तर परेकोले सम्बन्ध बिच्छेड भएको भन्दै माओबादी महासचिब बादलले एकताको लागी सहमतिको प्रयास भैरहेको बताए । नया शक्तिको कुृरा गरेर बाबुराम भट्राई पार्टी बाट एक्लिदै गरेको बादलले दाबी गरे । बाबुराम जी ले नया बिचारको कुरा गरेका छन् , बिभिन्न सुत्र बाट थाहा पाएअनुसार एमाओबादी भित्र चर्को अन्तर बिरोध छ , उनले भने एमाओबादीको आगामी बिस्तातिर भेलाले त्यसको हल हुन्छ या आपसमा सम्बन्ध बिच्छेड हुन्छ हेर्न बाकी छ ।
बाबुरामलाई प्रचण्ड संग छुटाएर आफुहरुले पार्टी संग एकता गर्नेकुरा पनि हल्ला मात्रै भएको उनको भनाई छ । पार्टीको एकिकरण भएमा ड्यास माओबादीले नेतृत्व गर्ने उनले दाबी गरे । एमाओबादी बैचारिक किशिमले बिचलनमा गएको तर ड्यास माओबादीले क्रान्तीकारी बिचारको रक्षा गर्दे जनबादी आन्दोलनलाई अगाडि ल्याएकाले नया पार्टीको नेतृत्व ड्यास माओबादीले पाउँने पर्नेमा उनले जिकिर गरेका छन् ।
अहिलेको सरकार स्थानिय निर्बाचनको कुरा उठाएर संघियताको बिरुद्धमा उत्रिएको भन्दै संघियताको बिरुद्धमा पहिलो संबिधान बिघटन भएको उनको जिकिर थियो । अहिलकै अवस्थामा संबिधान निर्माण भए त्यसले नेपाली जनताको अधिकार र मुल्य र मान्यतालाई पुरा गर्न नसक्ने भएकाले त्यो संबिधानलाई आफुहरुले नमान्ने उनको भनाई छ । परिबर्तनकारी शक्तिलाई बाहिर राखेर षड्यन्त्रकारी रुपमा संबिधान निर्माण हुन लागेको छ, उनले भने त्यो संबिधानलाई जनताले मान्नेवाला छैनन् त्यसलाई च्यातेर फाल्नेछौ ।
पुर्ब राजाले परिबर्तनलाई आत्म साथ गरेर लोकतान्त्रिक गणतन्त्रमा आए, आफुहरुको आन्दोलनमा सहभागी भए ज्ञानेन्द्र संग पनि शक्तिको एकता गर्न सकिने बादलले बताए । जनताले आफ्नो अधिकारको लागी हतियार उठाउन सक्ने बाटो खुला रहेको भन्दै सत्ताले दमन गरे जनताले अधिकारको रक्षाको लागी फेरी हतियार उठाउन सक्ने बादलले राज्यसत्ताका पाल्पा प्रतिनिधि संगको भेटमा बताए ।