दिल प्रसाद थापा
बुटवल – तमु साँस्कृतीक सोरठी संरक्षण मञ्च भलवारी आ.टि.क रुपन्देहीको आयोजनामा वरिष्ठसमाजसेवी तथा लेखक नरजंग गुरुड्डको लेखन तथा संगित रहेको ‘बुद्ध बन्दना’ नामक साँस्कृतीक सोरठी नाच तथा ल्होसार पर्वको छायाङ्कनको भि.सि.डी क्यासेट शनिबार तमु माघी ह्युल छोज धि भलवारीको भवनमा विधिगत रुपमा विमोचन कार्यक्रम गरी सम्पन्न भएको छ ।
६ वर्षको लामो अध्ययन तथा अनुसन्धान र पहलमा सो एल्बम ऐतिहासिक कपिलबस्तुका राजा शुद्धोधन तथा महारानी महामाया देवी र बुद्ध जन्मने अवस्थामा आधारित सोरठी नित्य तथा गित समावेश गरि उक्त एल्बम निकाल्न सफल भएको संरक्षण मञ्चका व्यवस्थापक तथा लेखन नरजंग गुरुड्ड ले बताए । उनका अनुसार महामाया देवी गर्भवती भएको अवस्थामा कपिलवस्तु बाट आफ्नो माईत देवदह जादा विचमा पर्ने लुम्बिनी बगैचामा भगवान बुद्धको जन्म भएको घटनामा आधारित सोरठी नित्य र मौलिक साँस्कृतिक लयमा प्रस्तृत गरेको बताए । उनले खास गरेर सोरठीको माध्यमबाट बुद्धको प्रचार प्रसार गर्ने उद्देश्य रहेको बताए ।
साथै तमुहरुको महान चाड ल्होसार पर्वको प्रस्तृतीहरु पनि समावेस गरिएको छ । जस अनुसार तमुहरु पुष १५ ल्होसार पर्वको बेलामा मौलिक साँस्कृतीक सिउरा खेलिएको गित पनि समावेश गरिएको छ । सो एल्बमको छायाङकन भलवारी स्थित गुम्बामा गरिएको छ । सो एल्बममा राष्ट्रिय लोक गित गायक तथा तमु चलचित्रका नायक एवम् आदिवासी जनजाती चलचित्र महासंघका केन्द्रीय सह कोषाध्यक्ष धन बहादुर गुरुड्ड, चर्चित राष्ट्रिय लोक गायिका गित शर्मिला गुरङ्ग र सपना गाहा को स्वर रहेको छ । सो सोरठीको भिडियामा कलाकारहरु लिना गुरुङ्ग, रेनु गुरुङ्ग, विन्दु गुरुङ्ग, चुनिल गुरङ्ग, जिवन थापा र विजय गुरुङ्ग लाई सम्मान गरिएको थियो ।
विमोचन कार्यक्रमका बक्ताहरुले सम्पुण तमु समुदायहरु मिलेर तमुहरुको परमपरा संस्कृती जोगाउन पर्नेमा जोड दिएका थिए । बक्ताहरुले तमुहरुको आफ्नो मौलिक सस्कृती जोगाउन युवा पिडीलाइ हस्तानतरण गर्नु पर्ने र भविष्यमा यस्ता चुनौतीको सामना गर्नु पर्ने बताए । मञ्चमा व्यस्थापक नरजंग गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सेरठीका सस्थापक तथा समाजसेवी गोरे गुरुङ्ग र विशिष्ठ अतिथीमा तमु ह्युल छोज धी गुरुङ्ग राष्ट्रिय परिषदका जिल्ला कार्य समिती रुपन्देही का अध्यक्ष चन्द्र बहादुर गुरुङ्ग रहेका थिए ।
अन्य अतिथीमा तमु ह्युल छोज धी गुरुङ्ग राष्ट्रिय परिषद करौजिया का अध्यक्ष शेर बहादुर गुरुङ्ग , माड्डी तमु ह्युल छोज धि भलवारीका अध्यक्ष नरमाया गुरुङ्ग, मायादेवी आमा समुह करौजियाका अध्यक्ष पदमा गुरुङ्ग लगायत अन्य अतिथीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी एवम विशिष्ठ अतिथी द्धारा संयुत्त रुपमा भि.सि.डीको विमोचन गरिएको थियो । औपचारिक कार्यक्रम पछि उक्त भिडियो को प्रदर्शन गरिएको थियो । कार्यक्रमको स्वागत मन्तवय मञ्च व्यवस्थापक धन बहादुर गुरुङ्गले गरेका थिए भने कार्यक्रम संचालन तमु ह्युल छोज धि गुरुङ्ग राष्ट्रिय परिषद आ.टि.क एकाइका सचिव चित्र प्रसाद गुरुङ्गले गरेका थिए ।