२३ मंसीर
मगर चलचित्रकर्मी संघ, मगर लेखक संघ र हातेमालो अभियान कास्कीको संयुक्त आयोजनामा पुष २ र ३ गते पोखरामा भब्य कार्यक्रम आयोजना गरिने भएकोछ ।
पुष २ गते मगर सभासदबीच मगर मुद्दामा अन्र्तक्रिया गराइने भएकोछ भने ३ पुषमा मगर चलचित्र, संगीत र साहित्यमा लाग्नेलाई सम्मान कार्यक्रम राखिएकोछ ।
आयोजक मेजन पुनका अनुसार, उक्त कार्यक्रममा मगर साँस्कृतिक कार्यक्रमको पनि आयोजन गरिनेछ ।
मगर चलचित्र, साहित्य र संगीतको लुफ्त एकै ठाँउमा
Read Time:42 Second