लोक-दोहोरी साँझका कलाकारहरु हङकङ आइपुगे

Read Time:1 Minute, 11 Second

९  डिसेम्बर हङकङ
 हङकङ नेपाली डट कम ले यही आउँदो शनिबार ११ डिसेम्बर को दिन आयोजना गर्न गइरहेको लोक तथा दोहोरी साँझका लागि लोक गायक सुमन बुढा मगर अमेरिकाबाट आज हगंकगं उत्रदैछन् । नेपालबाट गायक रामजी खाँड र गायिका पवित्रा गुरुङ हङकङ आइपुगेका छन् । उनीहरु ड्रागन एयरको फ्लाईटमा ७ डिसेम्बर बिहान हङकङ  आईपुगेका हुन् । उनीहरुको सम्मानमा त्यसैदिन बेलुकी एक रात्रीभोजको समेत आयोजना गरिएकोथियो।
 गायक रामजी खाँडले यसबर्षको  रेडियो कान्तिपुरको  ‘उत्कृष्ट पुरुष लोक गायक’को अवार्ड प्राप्त गरेका छन् । हङकङ नेपाली डट कम ले आयोजना गरेको उक्त लोक तथा दोहोरी साँझ यही आउँदो शनिबार ११ डिसेम्बर को दिन बेलुकी ७ बजे याउ मा तेई  कम्युनिटी हलमा हुन गइरहेको छ।

इन्द्र एलजी थापा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %