लडाकू ब्यवस्थापनपछि मात्र शान्ति प्रकृया टुंगोमा पुग्छ :शेरवहादुर देउवा

Read Time:2 Minute, 11 Second

परासी, २१ मङ्सिर 

नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले हतियार बोकेको  एकीकृत नेकपा (माओवादी)का कारण शान्ति प्रक्रिया जटिल बन्दै गएको आरोप लगाएका छन ।

    नेपाल प्रेस युनियन नवलपरासीद्वारा स्थापित सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाइ गैँडाकोटमा सम्बोधन गर्दै नेता देउवाले सो आरोप लगाएका हुन्  ।

 शान्ति र संविधानजस्ता जटिल विषय मिलाउन हतारिएर गर्न नहुने बताउँदै उहाँले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन पहिला माओवादी लडाकूलाई व्यवस्थापन गर्नुपर्ने विचार राखे  ।

नेता देउवाले शान्ति र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पु¥याउने आफ्नो प्रतिबद्धता दोहो¥याउँदै दलका शीर्ष नेताहरुलाई सो दिशातर्फ प्रतिबद्ध भएर अगाडि बढ्न आग्रह गरे ।

    नेपाल किसान सङ्घका तत्कालीन अध्यक्ष स्वर्गीय अधिकारी र उनकी जीवनसङ्गिनी पतनादेवीको नाममा स्थापित यस वर्षको ‘सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ नेता देउवाले कान्तिपुर दैनिकका  पत्रकार  हरिबहादुर थापालाई रु ३१ हजार १०१ र ताम्रपत्र प्रदान गरियो ।
 
प्रजातान्त्रिक आन्दोलनका अग्रज स्वर्गीय सूर्यभक्त अधिकारीको स्मृतिमा उहाँको छोरा मदनभक्त अधिकारीद्वारा स्थापित रु दुई लाख बराबरको अक्षयकोषको व्याजबाट यसअगावै पनि ६ जना पत्रकार पुरस्कृत भइसकेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %