धरानमा लिम्वू अन्तराष्ट्रिय सम्मेलन हुने

Read Time:2 Minute, 35 Second

भैरब आङ्ला  

धरान – लिम्वू जातिको छाता संगठन किरात याक्थुङ चुम्लुङ ले रजत जयन्तीको अवसरमा धरानमा  प्रथम लिम्वू अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

आगामी वैसाख ११ गतेदेखि ३ दिनसम्म चल्ने सो कार्यक्रमको उद्घाटन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले गर्नु हुने भएको छ । नेपाल लगायत विदेशमा रहेका लिम्बु जातिहरुको पहिचान तथा प्रतिष्ठान जोगाउने र कियाचुको संयन्त्र निर्माणको लागि पूर्वाधार निर्माण गर्ने उद्देश्यले चुम्लुङको रजत जयन्तीको अवसरमा धरानमा सो सम्मेलन गर्न लागेको सुनसरीको धरानमा पत्रकार सम्मेलनको आयोजना गरी चुम्लुङले सो जानकारी दिएको हो ।

‘आदिवासी जनजातिको शासन आत्म सम्मान प्रतिष्ठान र पहिचान, लिम्बुवान राष्ट्रिय जागरण कियाचु युप्पा तङवेरे हेक्याम्’ भन्ने नाराका साथ शुरु हुन लागेको लिम्बुहरुको पहिचान र प्रतिष्ठानका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाल, भारत, म्यानमार, थाइल्याण्ड, भुटान र हङकङ लगायतका ३ सय भन्दा बढी पर्यवेक्षक प्रतिनिधिहरुको उपस्थिति रहने चुम्लुङ केन्द्रीय समितिकी महासचिव लिला सिङगकले जानकारी दिए ।

किरात याक्थुङ चुम्लुङ धरान नगरसमितिको कार्यालय धरान १५ बाट ११ गते विहान झाकीसहित रहेको र्याली धरान १० सैनिक भवनमा पुगेर संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले उद्घाटन गर्नु हुने आयोजकले जानकारी दिएको छ ।

सम्मेलनमा लिम्वू जाति संग सम्वन्धीत दर्जन वढी लिम्वू विज्ञहरुवाट कार्यपत्र प्रस्तुत गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । सम्मेलनले विश्वमै रहेका लिम्बु जातिहरुको एकतालाई अझ मजबुत बनाउने अपेक्षा आयोजकले गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %