राजनीतिक गतिरोधको कारक एमाले : दिनानाथ शर्मा

Read Time:1 Minute, 36 Second

धादिङ, २० मङ्सिर 

एकीकृत नेकपा (माओवादी) स्थायी समितिका सदस्य एवम् पार्टी प्रवक्ता दीनानाथ शर्माले नेकपा (एमाले) शान्ति स्थापना र संविधान निर्माणको बाधक रहेको आरोप लगाएका छन।

    क्रान्तिकारी पत्रकार सङ्घ धादिङद्वारा यहाँ आयोजित  पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले देशको अवस्था जटिल बन्दै गएको बेलामा राष्ट्रपति, सभाध्यक्ष र सत्ता सहभागी दलका नेताहरुको आग्रहलाई बेवास्ता गरी प्रधानमन्त्री विदेश भ्रमणमा निस्किनुले एमाले शान्ति र संविधान नचाहेको प्रमाणित हुन्छ भन्ने तर्क राखे ।

    अनमिनको म्याद सकिन लागेको छ, प्रधानमन्त्रीको निर्वाचन हुन सकिरहेको छैन एमालेका अध्यक्ष झलनाथ खनाल पनि विदेश भ्रमणमा गएकाले उच्चस्तरीय समितिको बैठक पनि प्रभावकारी हुन सकिरहेको छैन प्रवक्ता शर्माले संसद् स्थगत गरी अध्यादेशमार्फत् ल्याइएको बजेट पारित गराउनका लागि संसद्को बैठक डाक्न प्रधानमन्त्रीले आनाकानी गरिरहेकाले एमालेले देशलाई सङ्कटग्रस्त अवस्थामा पु¥याउन खोजिरहेको आरोपसमेत लगाए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %