पाल्पाली समाज कतारमा लिलाम्बर निर्वाचित

Read Time:7 Minute, 36 Second

रमेश कनौजेमगर

कतार , अप्रिल १८-पाल्पाली सेवा समाज, दोहा कतारको चौथो अधिवेशन “पाल्पालीहरुको चाहना, प्रवासबाटै शान्त समृद्ध नेपालको कामना” भन्ने मुल नाराका साथ तेश्रो कार्यसमितीका अध्यक्ष भुपराज दबाडीको सभापतीत्व तथा सचिव बिश्वनाथ अर्यालको सञ्चालनमा दोहाको टप फर्म रेष्टूरेन्टको सभा हलमा एन आर एन ए (आई सी सी) का उपाध्यक्ष टि बी कार्कीको प्रमुख आतिथ्यमा कतारबासी पाल्पाली तथा गैरपाल्पालीको ब्यापक सहभागीतामा सम्पन्न भएको छ ।

 

कार्यक्रममा लुम्बिनी अञ्चलको तर्फबाट समाज सेवा अभियान रुपन्देहीका बिशेष सल्लाहकार टंक भट्टराई, जिल्ला संघ संस्थाको तर्फबाट स्याङजा सहयोग समाजका प्रमुख सल्लाहकार टुकराज अर्याल, जातीय संघ संस्थाहरुको तर्फबाट नेपाल प्रवासी मगर संघका अध्यक्ष शरण थापामगर, समाजसेवीहरु अमृत गुरुङ, रामहरी गैह्रे, नेपाली एकता समाजका अध्यक्ष टुकनाथ शर्मा, नेपाली प्रवासी मंचका का. बा. अध्यक्ष चाणक पोख्रेल, नेपाली जनसम्पर्क समितीका देवराज अवस्थी, एन आर एन ए –आईसीसी) का उपाध्यक्ष टिबी कार्की, आदि अतिथीहरुले शुभकामना मन्तब्य राखेका थिए ।

त्यस्तैगरी कार्यक्रमको निम्तोलार्ई स्विकार गरी आएका अतिथीहरुमा किराँत याक्थुङ चुम्लुङका महासचिव राजेन्द्र सामेखामलिम्बु, तमु समाजका सचिव हरिकाजी तमु, क्षेत्री सेवा समाजका दिपक खड्का, नेपाली महिला समाजका अध्यक्ष रेखा राई, बाग्लुङ सेवा समाजका सचिव खिम ब. बुढामगर, दाङ देउखुरी सेवा समाजका सचिव श्याम कुमार डाँगी, नेपाली प्रवासी युवा सेवा समाजका अध्यक्ष छम परियार, पाँचथर सेवा समाजका अध्यक्ष मन कुमार, धनकुटा सेवा समाजका अध्यक्ष दुर्गा तामाङ, कास्की आदर्श सेवा समाजका उपाध्यक्ष टंक प्रसाद तिमिल्सीना,गैर आवासीय नेपाली यातायात मजदुर संघका अध्यक्ष समिर खत्री, चितवन युवा समुहका इश्वरराज पौडेल, पत्रकारहरु प्रेम स्याङतन, राजेशवर ढकाल, गणेश बरालमगर, सल्लाहकार सदस्यहरु दल ब. बुढाथोकीमगर हरू थिए ।  

 

कार्यक्रममा प्रमुख अतिथी र सभापतीले संयुक्त रुपमा ब्यानर अनावरणका साथै दिप प्रज्वलन गरेसँगै शुरु भएको औपचारिक कार्यक्रममा उपस्थितीहरुलाई संघका उपाध्यक्ष कृष्ण रानामगरले मन्तव्यद्धारा स्वागत गर्नुका साथै कार्यक्रम बारे जानकारी दिएका थिए । त्यस्तैगरी संस्थाको विभिन्न कार्यक्रममा सहयोग गर्नुहुने स्वयंसेवकहरुलाई र खेलाडीहरुलाई प्रशंसा पत्र र संघलाई अती योगदान दिनुहुने रामहरी गैह्रे र अमृत गुरुङलाई सम्मान पत्र र संस्थागत रुपमा बिशेष सहयोग गर्ने नेपाल प्रवासी मगर संघ र स्याङजा सहयोग समाजलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । अन्तमा सभापतीद्धारा आफ्नो धारणा राख्दै धन्यवाद सहित खुल्लाशत्र कार्यक्रमको र तेश्रो कार्यसमिती भंग भएको घोषणा गरेका थिए ।

खुल्लाशत्र सके लगत्तै शुरु भएको बन्दशत्र कार्यक्रममा निर्वाचन समितीका संयोजक रामहरी गैह्रे सदस्यहरु टुकनाथ शर्मा, टंकनाथ भट्टराई, देवराज अवस्थी र टुकराज अर्याल रहेका थिए । त्यस्तैगरी समितीका निवर्तमानसचिव विश्वनाथ अर्यालले सांगठनीक र कोषाध्यक्ष हेम ब. बगालेमगरले आर्थिक प्रतिवेदन र विधान संशोधन समितीका संयोजक लिलाम्बर चिदीमगरले संशोधित विधान पेश गरि अधिवेशन हलद्धारा पारीत गरी अनुमोदन गरेको थियो । त्यसपछी निर्वाचन समितीले लिलाम्बर चिदीमगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती चयन गरीएको थियो ।

 

समितीमा प्रथम उपाध्यक्षमा कृष्ण रानामगर, द्धितीय उपाध्यक्षमा हिरा कुँवर, सचिवमा दुर्गा अधिकारी, सह–सचिवमा रमेश कनौजेमगर, कोषाध्यक्षमा हेम बगालेमगर, सह–कोषाध्यक्षमा कृष्ण चुहानमगर, र सदस्यहरुमा मिन ब. सारुमगर, कुल ब. सारुमगर, चुडा ब. रानामगर, दुर्गा दर्लामीमगर, ढकेश्वर भण्डारी, मुक्तिराम बस्याल रहेको कार्यसमिती सर्बसम्मत निर्वाचित गरेको थियो । निर्वाचित कार्यसमितीलाई निर्वाचन समितीका संयोजक रामहरी गैह्रेले सपथ ग्रहण खुवाई सकेपछी अन्तमा संयोजक गैह्रेले कार्यक्रमका प्रतिनीधीहरुलाई धन्यबाद सहित नव निर्वाचित पदाधिकारीहरुलाई बधाईका तथा कार्यकाल सफलताको शुभकामना मन्तव्य दिएका थिए । साथै नव निर्वाचित अध्यक्षद्धारा आफ्नो प्रतिबद्धता मन्तव्य राखेपछी कार्यक्रमको अन्त्य भएको थियो ।

 

चिठ्ठा खोलियो

पाल्पाली सेवा समाज, दोहा कतारको चौथो अधिवेशनमा पाल्पाली सेवा समाजद्धारा आयोजना गरिएको भाग्यशाली चिठ्ठा पनि खोलिएको थियो ।

उक्त चिठ्ठा कार्यक्रममा भाग्यशाली बिजेताहरुमा प्रथम पुरस्कार कुपन नं ७०० सुजन ढकाल, द्धितीय पुरस्कार कुपन नं ५६ बिशाल कार्की, तृतीय पुरस्कार कुपन नं ७०९ हर्ष ब. पुनगर, चौथो पुरस्कार ३ जनालाई कुपन नं ४०० गेहेन्द्र रोकामगर, कुपन नं ६६१ रमजान र कुपन नं १८८ रमेश कनौजेमगर, सान्त्वना पुरस्कार २ जनालाई कुपन नं ६५ गोबिन्द पौडेल र कुपन नं ३१० केशव कुँवर थिए ।

भाग्यशाली बिजेताहरुलाई आयोजकले बधाईका साथमा ३० दिन भित्रमा पुरस्कार लिन उपस्थित हुनका लागी पनि आवहान गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %