डिजाईनर कन्टेसमा वुटवलकी मिरा चौहान प्रथम

Read Time:1 Minute, 48 Second

कमल चौधरी / बुटवल

इन्टरनेस्नल मोर्डन फेसन कलेज आई.एफ.सी.डिजाईनर कन्टेस्ट २०१४ बुटवलकी मिरा चौहान प्रथम भएकी छिन् ।

 

प्रत्येक बर्ष हुने डिजाईनर कन्टेस्टमा यस बर्ष बुटवलकी मिरा चौहान प्रथम हुन सफल भएकी हुन् । २०१४ बैशाख ५ गते शुक्रबार चितवनको चित्र लेखा रिर्सोटमा भएको थियो । चौहानले बुटवल, पोखरा र चितावनका ५० जना प्रतिस्पर्धीहरुलाई पछि  पार्दै डिजाईनर कन्टेस्टमा प्रथम हुन सफल भएकी हुन् । उनले नगद रु. १५ हजार सहित मायाको चिनो र प्रमाण पत्र प्राप्त गर्न सफल भईन् ।

त्यस्तै पोखराकी शशि गुरुङ्ग दोस्रो हुन सफल भएकी छिन् । उनले नगद रु १० हजार सहित प्रमाण पत्र र मायाको चिनो प्राप्त गर्न सफल भईन् । भने इन्टरनेस्नल मोडल फेसन केलेज आई.एफ.सी.डिजाईनर २०१४ तेस्रो स्थान भने चितवनकी समिक्षा रेग्मी हुन सफल भईन् । उनी नगद रु ५ हजार सहित मायाको चिनो र प्रमाण पत्र प्राप्त गर्न सफल भईन् । यस्तै चौथा बुटवलकी उमा देवी राना, पाचौं छैटौ क्रमश: तुल्सी पन्त बुटवल, कुमारी भट्टराई, अमित बलाल पोखार, रस्ना अर्याल चितवन, पूर्णिमा श्रेष्ठ चितवन, मिरा महत चितवन भएका थिए । 

उनीहरु मायाको चिनो र प्रमाण पत्रहरु प्राप्त गर्न सफल भएका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %