शुशि पुलामी
आबुधाबी ,१९ अप्रिल – नेपाल आदिवासी जनजाति परिषद युएईले नयाँवर्ष शुभकामना एवं पिकनिक कार्यक्रम ऐतिहासिक रुपमा संपन्न भएको छ ।
गत १८ अप्रिल युएईको राजधानी आबुधाबीको कर्नेश पार्कमा परिषदका अध्यक्ष हरि बहादुर घर्तिमगरको सभापतित्व एवं प्रमुख सल्लाहकार सम्रक्षक प्रमुख बिमल तामांगको प्रमुख आतिथ्यता र सल्लाहकार सम्रक्षक सदस्य प्रमोद गुरुंगको विशेष आतिथ्यतामा संम्पन्न कार्यक्रममा आदिवासी जनजाति वुद्दिजिवी धन बहादुर राई,चन्द्रकला राई,अनोमोल तामांग,गणेशराम चौधरी,मोहन श्रेष्ठ,विरेन्द्र गुरुङ,नरसिंग थापामगर अतिथि थिए । कार्यक्रमलाई परिषदका सचिव आकाश लामाको संचालन र वरिष्ठ उपाध्यक्ष दिपराज योंगहांग लिम्बुले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि विमल तामांगले युएईमा रहेका आदिवासी जनजातिहरुलाई जातीय चेतनाको जागरण गराउन परिषदले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्ने आफ्नो विचार व्यक्तगर्दै आगामी दिनहरुमा परिषदलाई यसै अनुरुप अगाडी बढाउन शुभकामना दिए ।
साथै परिषदका अध्यक्ष एवं कार्यक्रमका सभापाति हरि बहादुर घर्तिमगरले शुभकामना मन्तव्य दिदै १० वर्ष पहिला आदिवासी जनजाति संघ संस्थाको निर्माण आफ्नो भाषा,धर्म र सस्कृतिको सम्रक्षण र सम्बर्द्धन गर्नको निम्ति मात्र भएको थियो भने, त्यो सिद्दान्त अहिले बुर्जुवा भै सकेको छ । अहिले त्यो नीति अपूर्ण छ, अहिले जातीय संगठनको कर्तव्य भनेको आफ्नो भाषा,धर्म र सस्कृतिको सम्रक्षण र सम्बर्द्धन गर्नको साथै राज्यको सवै तह र तप्कामा आफ्नो जातिको सम्मान जनक प्रतिनिधित्व गराउने र आफ्नो पुर्ख्यौली थातथलोलाई जातीय पहिचानको रुपमा प्राप्त गर्नु अर्थात आत्मनिर्णयको अधिकार सहितको जातीय स्वशासनको लागि संघर्ष गर्नु हो ।
आफ्नो स्थापनाकाल देखिनै जातीय एवं साँकृतिक सद्भावलाई विशेष महोत्व दिदै, नेपाल आदिवासी जनजाति परिषद युएईले परिषदको वार्षिक क्यालेण्डरको रुपमा प्रत्येक वर्ष नयाँ वर्षको प्रारम्भमा विविध कार्यक्रमको साथमा शुभकामना आदान-प्रादान कार्यक्रम गर्दै आएको छ ।
सोहि अनुसार यस वर्ष पनि वनभोज कार्यक्रमको साथमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।