फोटो , रिपोर्ट -देब पचभैया
स्याङ्गजा, चैत्र २६ – प्रशिद्ध धार्मिक स्थल आलमददेवी मन्दिरलाई धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको रुपमा विकास गरिनुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । स्याङजा जिल्लाको आलमदेवी गाविसका रहेको आलमदेवी मन्दिरको विकासका लागि सरकारले ध्यान दिनुपर्ने कार्यक्रममा बोल्ने सहभागीले जोड दिएका हुन् ।
स्थानिय जनज्वती कलबले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै स्थानीय अगुवा मोती भण्डारीले आलमदेवी क्षेत्रलाई धार्मिक एवं पर्यटकीय स्थलको रुपमा विकास गरेर अगाडि बढ्नुपर्ने बताए । उहाँले आलमदेवी धार्मिक महत्वको मन्दिर भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेकोले सबैले यसको विकासमा ध्यान दिनुपर्ने उल्लेख गरे ।
पाल्पाको पर्यटकीय स्थल रानीमहल, अर्गली दरबार, पाल्पा, स्याङ्जा र गुल्मीको संगम स्थल रुरु धाम नजिकै आलमदेवी क्षेत्र पर्दछ । यस्तै पर्वतको सेतीवेनी र स्याङ्जाको पर्यटकीय स्थल मिर्मीको नजिक भएपनि आलमदेवी ओझेलमा परेको भन्दै स्थानीय चिन्तित देखिएका छन् । आलमदेवी नजिकै रहेका अन्य क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा विकास भईसकेको छ स्थानीय कोटाकोट निमाविका प्रधानाध्यापक पर्थ थापामगरले भने यसको ऐतिहासिक र धार्मिक महत्व भएपनि कसैले ध्यान दिएनन् ।
आलमदेवी मन्दिरमा चैते दशै र वडा दशैमा मेला तथा मन्दिरमा वली तथा भाकल गर्ने भक्तजनको घुँइचो लाग्ने गर्दछ । भक्तजनले यहाँ आएर बर मागेपनि पुग्ने धार्मिक विस्वास रहदै आएको छ । स्याङ्जा लगायत, पाल्पा, गुल्मी, अघाखाँची, रुपन्देही, नवलपरासी, कास्की, लगायतका क्षेत्रबाट यहाँ भक्तजनहरु पूजा र भाकल गर्न आउने गरेका छन् ।
आलमदेवी मन्दिरको प्रचार र संरक्षणमा स्थानीय जनज्योति क्लबले ध्यान दिदै आएपनि जिल्ला विकास समिति स्याङ्जा र अन्य निकायले ध्यान नदिएको गुनासो दिपक घिलेले बताए । शाहबंश र राज्य सँग जोडिएको मन्दिरको विकास र संरक्षणमा उचित ध्यान दिन नसक्नु दुःखद् भएको उनले बताए । आलमदेवीको प्रचारप्रसार गरेर धार्मिक एवं ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबैको ध्यान जानुपर्ने कुरामा उनले जोड दिए ।
मगर पुजारी रहेको आलमदेबी मन्दिरको प्रचारप्रसारको लागी आदिबासी जनजाति पत्रकार महासंघका पश्चिमाञ्चल संयोजक एबं राज्यसता डट,कमका प्रतिनिधि देब पचभैयाको नेतृत्वमा पाल्पाका पत्रकारहरु आलमदेबी मन्दिरमा पुगेर त्याहाको बस्तु स्थितिको बारेका जानकारी लिएको छ । पचभैयाको साथमा कान्तिपुर दैनिकका प्रतिनिधि माधब अर्याल, गोरर्खापत्र दैनिकका प्रतिनिधि रिखिराम राना, एभिन्युज टेलिभिजनका अनिल लिगल , पत्रकार सुमन गैरे लगाएतको पत्रकारहरुको समुहले स्थानियहरु संग पनि अन्र्तक्रिया गरेरको थियो । स्यांजाको सदरमुकाम पुतलीबजार देखि झण्डै ६५ किलोमिटर पश्चिमा रहेको यो ठाउका जनताहरु सदरमुकामा नागरिकता, पासपोर्ट बनाउन मात्रै सदरमुकाममा पुग्ने गर्छन । अन्य कामको लागी पाल्पाको तानसेननै पाएक पर्छ ।
यसैबिच चैते दशैको अवसरमा स्थानीय जनज्योति बालक्लबले बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । क्लबले आलमदेवीको प्रचारप्रसार गर्न र कोटाकोट निमाविमा अक्षयकोष स्थापना गर्न भन्दै बृहत सांस्कृति कार्यक्रम गरेको जनाएको छ । नेपाल पर्यटक बोर्डको प्रबद्र्धनको सहयोगमा भएको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गायक श्रीस देवकोटा र सम्झाना लामिछाने हास्य कलाकार शिवशंकर रिजाल र सुरेन्द्र केसीले उपस्थित दर्शकलाई मनोरन्जन दिलाएका थिए । जोगाऔं कला र संस्कृति, पर्यटन प्रबद्र्धन हाम्रो नीति भन्ने मूल नारासहित कार्यक्रम सम्पन्न भएको मेला मूला मूल आयोजक समितिका संयोजक पर्थ थापामगरले बताए ।