बस दुर्घटनामा चारको मृत्यु, २४ घाइते

Read Time:1 Minute, 24 Second

फलेवास (पर्वत), १८ मङ्सिर 

बाग्लुङबाट म्याग्दीतर्फ जाँदै गरेको ध१ख २७५ नं.को मिनि बस आज बिहान पर्वत जिल्लाको धाइरिङ गाविस–२ मा दुर्घटना हुँदा बसमा सवार तीन यात्रुको घटनास्थलमै र एकजनाको उपचारका क्रममा बाग्लुङ अस्पतालमा मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

    दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ । गम्भीर घाइतेको थप उपचारका लागि पोखरा पठाइएको छ ।

    अन्य घाइतेलाई म्याग्दी र बाग्लुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान प्रहरी छ । घटनास्थलमा पर्वतबाट प्रहरीकोे टोली पुगेको छ भने उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    उक्त बस म्याग्दीको गलेश्वरमा शतबीज छर्नका लागि भक्तजन लिएर हिँडेको थियो ।
    गम्भीर घाइतेमध्ये चारको सनाखत भएको छ । उनीहरू सवै बाग्लुङ नगरपालिकाका–११ का बासिन्दा हुन् । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %