सहमति गरेर तत्काल संसद वैठक वोलाउनु पर्दछ : उपप्रधानमन्त्री कोइराला

Read Time:1 Minute, 24 Second

पानीट्याङ्की (मोरङ), १८ मङ्सिर 

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले दलहरुबीच सहमति गरेर संसदको बैठक बोलाउनुपर्ने बताएकीछन् ।

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेको अवस्थामा संसदलाई रोकेर राख्नुभन्दा दलहरुबीच चाँडै सहमति गरेर संसद बैठक बोलाउनुपर्ने बताए  ।

    शान्तिप्रक्रिया थाती रहेको र संविधान निर्माण प्रक्रिया अगाडि बढ्न नसकिरहेको अवस्थामा संसद सञ्चालन गरी विवादित मुद्दाको टुङ्गो लगाउनुपर्ने उनको धारणा थियो ।

    काँग्रेस नेत्रीसमेत कोइरालाले सभापति सुशील कोइरालाले मनोमानी र एकलौटीरुपमा भन्दा छलफलबाट पार्टीको पदाधिकारी चयन गर्नुपर्ने बताइन  ।

उनले सभापति कोइरालाले ल्याएको रामचन्द्र पौडेल र कृष्ण सिटौलाको नाम पुनःविचार गर्नुपर्ने र अर्को नाम ल्याउन पार्टीका सबै जिम्मेवार सदस्यसँग छलफल गर्नुपर्ने विचार राखिन । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %