राज्यसत्ता डट्कम तनहुँका सम्बादाता खडकबहादुर आले मगरले जीबसीम नवप्रतिभा साहित्य पुरस्कार २०६९ र नवप्रतिभा साहित्य पुरस्कार अनिल बुढा मगरले जित्न सफल भएकोमा आले मगर र बुढा मगरलाइ राज्यसत्ता परिवार हार्दिक बधाइ तथा शुभ कामना सहित आभार प्रकट गर्रदछ ।
काठमांडौ ,
मगर साहित्यमा उत्कृष्ट कृति सिर्जना सहित योगदान पुर्याउने श्रष्टालाई प्रदान गरिदैं आएको मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले रु. ४०,०००/–(चालिस हजार) प्रमाणपत्र सहित जीबसीम साहित्य पुरस्कार–२०६९, कोटा ७, जमडाँडा, तनहुँ निवासी खडकबहादुर आले मगर र जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०६९ रु. १०,०००/–(दशहजार) प्रमाणपत्र तकसेरा ८, रुकुम निवासी अनिल बुढा मगर प्रियतमलाई भुमिसुधार तथा व्यवस्थापन मंत्री दलबहादुर राना मगरज्यूको प्रमुख आतिथ्यमा प्रदान गरियो ।
पुरस्कृत आले मगरको ‘सेन टाहाके’ –२०५० (कहिले पुग्ने ?) कविता संग्रह चर्चित छन् । प्रकाशोन्मुख मगर उपन्यास, कविता रहेको छ । आले मगर मगर संघ संस्थामा आवद्ध रहि समाजसेवामा साथै राज्यसत्ता डट्कम तनहुं सम्बादाता र बिभिन्न मिडियामा समेत संलग्न छन् । बुढा मगरले अठार मगर खाम भाषामा उपन्यास ‘पापी नाँखार’–२०६८ (पापी गाउँ) फुटकर कथा, कविता लेखेका छन् । मगर चलचित्रमा अभिनयका साथै मगर चलचित्र निर्माण, निर्देशन पनि गरेका छन् ।
पुरस्कार वितरण समारोहमा प्रमुख अतिथीलाई बधाई तथा सम्मान र नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा विभाग पूर्व प्रमुख प्राज्ञ सुलोचना मानन्धरलाई सम्मान गरिएको थियो । कोष संरक्षक तिलक थापा मगर, आजिनव सदस्य देउबहादुर राना मगर (पर्वत), केबि राना मगर (पर्वत), नैनप्रकाश थापा मगर (रामेछाप), प्रमाण पत्र, नेपाल मगर बैदेशिक रोजगार व्यवसायी संघ, मगर संघ बहराइन, दिलिप राना मगर (अध्यक्ष, मगर संघ टोकाई, जापान), दिलबहादुर थापा मगर (सदस्य, नेपाल मगर पर्यटन व्यवसायी संघ) लाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरको सभापतित्वमा कार्यक्रम सस्थाका सचिब सन्त गाहा मगरले संचालन गरेका थिए । प्रतिष्ठानले हरेक बर्ष रु. ५,०००/- थप्दै पुरस्कार राशी वृद्धि गरेको छ ।