पत्रकार महासंघलाई समावेशी बनाउन आग्रह

Read Time:4 Minute, 34 Second

नारायणघाट

चितवन , नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज)का केन्द्रीय अध्यक्ष डण्ड गुरुङले नेपाल पत्रकार महासंघलाई समावेशी विधान बनाउन आग्रह गरेका छन् ।

  बैशाख २० र २१ गते काठमाडौमा हुने महासंघको महाधिवेशनबाट विधान संशोधन गरि समावेशी बनाउन अध्यक्ष गुरुङले माग गरे । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज)को आयोजना र फोनिज चितवनको सहकार्यमा नारायणगढमा संचालित तीन दिने आधारभुत पत्रकारिता तालिमको समापन समारोहमा बोल्दै गुरुङले पत्रकार महासंघमा आदिवासी जनजातीको समान अस्तित्व नस्वीकारे महासंघको विकल्पको रुपमा सोच्न बाध्य हुने चेतावनी दिए । उनले पत्रकार महासंघमा सबै जातजातीका पत्रकारको समान प्रतिनिधित्व हुनुपर्ने बताए । कसैको अस्तित्व स्वीकार्य हुदैन भने हामी कसरी हाम्रो महासंघ भन्न सक्छौ अध्यक्ष गुरुङले भने । फोनिजले पत्रकार महासंघमा विधान संशोधनका लागि प्रस्ताव समेत पेश गरेको जानकारी दिए। उनले विधान संशोधन गरि महासंघमा आदिवासी जनजातीको प्रतिनिधित्व हुनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दीपेन्द्र बडुवालले प्रशिक्षार्थीलाई तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाव दिए । उनले चितवनका पत्रकार महासंघलाई जतिसक्दो धेरै समावेशी बनाउन कोशिस गरेको भन्दै आगामि दिनमा सबैको समान अस्तित्व हुनेमा विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् चितवनका अध्यक्ष पदमबहादुर गुरुङ, आदिवासी जनजाती जिल्ला समन्वय समिति चितवनका उपाध्यक्ष नरेन्द्र लिम्बु, फोनिजका मध्यमाञ्चल संयोजक कुमार नेगी, तालिमका मुख्य प्रशिक्षक गणेश राई, प्रशिक्षार्थीको तर्फबाट तुलमान गुरुङ र सम्झना गोलेले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममै तालिममा सहभागिलाई प्रमुख अतिथि फोनिजका अध्यक्ष डण्ड गुरुङले प्रमाण पत्र वितरण गरेका थिए ।

मध्यमाञ्चल क्षेत्रका सात जिल्लाका २१ जनाको तालिममा सहभागिता रहेको थियो । तालिममा प्रमुख प्रशिक्षकको रुपमा फोनिजका केन्द्रीय सल्लाहकार गणेश राई, प्रशिक्षकहरुमा फोनिज केन्द्रीय सचिव रजनी तामाङ, फोनिज चितवनका अध्यक्ष सन्तकुमार चौधरी र केन्द्रीय पार्षद अमर प्रधान रहेका थिए ।

तालिमको पहिलो दिन समाचार र समाचार लेखन अभ्यास, समाचार प्रस्तुती र छलफल, दोस्रो दिन पैरवी पत्रकारिताः नेपालमा मातृभाषा आन्दोलन र मातृभाषा पत्रकारिताको अवस्था, छापा, प्रसारण पत्रकारिता, फिचर समाचार लेखन, अन्तरवार्ता र अन्तरवार्ताको अभ्यास, अनलाईन पत्रकारिता, इन्टरनेट र सामाजिक संजालको प्रयोग, पत्रकारिताको अनुभवबारे प्रस्तुती रहेको थियो । दोश्रो दिन खोज पत्रकारिताको परिचय, प्रेस स्वतन्त्रता र पत्रकार आचारसंहिताको बारेमा प्रशिक्षण दिईएको थियो । समापन कार्यक्रम फोनिज चितवनका अध्यक्ष सन्तकुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

राजु चौधरी / चितवन

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %