गायक थापाको पोखरामा शव यात्रा

Read Time:4 Minute, 25 Second

आरजु बिष्ट ‘सल्यानी’

पोखरा, २० चैत्र – पोखरेली गायक एवम् संगीतकार सुन्दर थापाको विहिवार पोखरामा शव यात्रा निकालिएको  छ । विहान बाटुलेचौरमा श्रद्धाञ्जलीपछि शव यात्रा निकालीएको हो । श्रद्धाञ्जली सभामा पुगेका पोखरेलीले श्रद्धाञ्जली व्यक्त गर्दै चीर आत्माको शान्तिको कामना गरे । पोखरामा बसेर संगीतको कर्म गरेपनि राष्र्टिय-अन्तराष्र्टिय छवि बनाएका थापाको निधनले स्तव्ध बनाएको परिवेशले उहा“को योगदानको चियोचर्चो हुनुपर्ने अपेक्षा गरेको उनको साथी ओम थापा तथा गीर्थ तामाङको भनाई थियो ।

  वरिष्ठ गीतकार प्रकट पगेनी शिव, सभासद् कुमार खड्का, एमाले अध्यक्ष कृष्ण्ँ थापा, संगीतकार स्यामसुङ तामाङ, सुनिल थापा, गायक विनित जोजिजू, सर्वज्ञमान शाक्य लगायतका कलाकारले अचानक राष्ट्रले होनहार कलाकार गुमाएकोमा आफुहरुमा व्यक्त गर्न नसकिने गहिरो पिडा र दुःखी भएको भएका थिए ।

चिनको गोन्जाउस्थित अस्पतालमा गत चैत्र १२ गते उपचारको क्रममा निधन हुनुभएका चचिर्त गायक तथा संगीतकार सुन्दर थापाको शवलाई बिहान घरमा श्रद्धाञ्जली दिईएको थियो । साढे ११ वजेपछि शवयात्रा सहित सेतीवा“ध नजिकै पुख्र्यौली सेती घाटमा अन्तिम संस्कार गरिएको थियो । यसअघि शवयात्रा कोमागाने मातृशिशु अस्पताल, मनिपाल टिचिङ कलेज, सुन्दरफिड सेतीबा“ध हुंदै सेती नदी किनारसम्म भएको थियो । 

यसअघि थापाको शवलाई बुधबार दिउ“सो काठमाडौमा त्यहा“ रहेका कलाकार, व्यवसायी, साहित्यकारहरु त्रिभुवन अन्तर्राष्र्टय विमानस्थमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

निमोनियालेग्रस्त थापाको उपचारको क्रममा ४१ बरषको उमेरमा निधन भएको थियो । स्वगिर्य थापाकी आमा चिन्तादेवी, दाजु राम, भाईहरु निर्मल, राजेन्द्र, प्रदीप र दिदी शान्ति, श्रीमती कञ्चन र दुई छोरी साधना र प्रार्थना छन् । थापाकी जेठी छोरी साधना स्टेप वाइ स्टेप उच्च माविमा ११ कक्षामा पढ्छिन् भने, कान्छी छोरी चिनमा नै अध्ययन गर्छिन् । 

एनआरएन चाईनाका अध्यक्ष थापाको चैत्र २३ गते जन्म दिन पनि हो । यस अवसरमा पोखरामा रहेका विभिन्न कलासंग सम्वन्धित संस्था तथा संचार माध्यमले उनको सांगीतिक क्षेत्रमा दिएको योगदानको स्मरण गर्नुपर्ने गीतकार तीर्थ तामाङले आशा व्यक्त गरे । यस्तै उम्किने दिन चैत्र ३० गते श्रद्धाञ्जली तथा प्रसाद ग्रहनको कार्यक्रम पनि राखिएको उनले जानकारी दिए ।

थापाले साधना, नमूना, आशय र सुकृति गरि चार वटा एल्वम निकालेका थिए । दुई फिल्म कैंदी तथा औंठा छापमा संगीत गरेका थिए । थापाका केहि चचिर्त स्वरवद्ध गितहरुमा म त भने मायाले मर्ने, कुन गाउ“मा, पोहोर सालको वाढिले, सर्लक्कै साईली रहेका छन् । संगीतवद्ध भएका गीतहरु व्यर्थै फेरि, पूरानो डुंगा, म आफैं धमिलो कहा“ थि“ए र, पोखरा शहर हेर्दैमा राम्रो, मलाई माया गर्ने कालिलाई लगायतका दर्जनौ रहेका छन् । थापाको निधनले सिंगो नेपाली सांगितिक क्षेत्र स्तव्ध भएको छ ।

तस्वीर : गीता रानामगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %