तत्काल सहमति भएमात्र निर्धारित मितिमा संविधान निर्माण हुन्छ : थापा

Read Time:1 Minute, 6 Second

धनकुटा, १७ मङ्सिर 

पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले प्रमुख दलहरुबीच तत्काल सहमति भई सहकार्य भएमात्र थप गरिएको समयमा संविधान निर्माण हुने बताएका छन ।

    आज धनकुटामा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै  पूर्वप्रधानमन्त्री थापाले दलहरुबीच सहमति नभए संविधान निर्माण कार्य असम्भव भएको बताए  ।

उहाँले संविधान निर्माण गरी शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन तत्काल प्रमुख दलहरुबीच सहमतिको आवश्यकतामा जोड दिए  ।

    समयले कसैलाई पनि नपर्खने भएकाले दलहरु समयअनुरुप आफूलाई अगाडि बढाउनु पर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री थापाले भने–“दलहरुले अब पनि सहमति गरेनन् भने मुलुकमा ठूलो दुर्घटना हुनेछ ।” रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %