मगर विद्यार्थीले हङकङ्गका अध्यक्षलाइ सम्मान गरे

Read Time:4 Minute, 48 Second

दिपा आलेमगर  

काठमाडौं , चैत्र १८ – नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिले बागबजार स्थित आफ्नै कार्यलयमा आज मगर अग्रजहरुलाई स्वागत तथा सम्मान गरेको छ ।  

  संगठनले हङकङ्ग मगर संघका अध्यक्ष चन्द्रज्योति आलेमगरलाई एक औपचारिक कार्यक्रम गरी स्वागत तथा सम्मान गरेको हो । साथै वरिष्ठ लोकगायक एवं सञ्चारकर्मी मनसुधन थापामगर र मगर चलचित्र निर्माता चेतन रजाली मगरलाई समेत सम्मान गरिएको थियो । स्वागत तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि हङकङ्ग मगर संघका अध्यक्ष चन्द्रज्योति आलेमगरले आम मगर समुदायलाई उच्च शिक्षामा अग्रसर गर्नु पर्ने बताएका थिए । उनले भने – “जहां शिक्षा छ त्यहां विकास, शिक्षा विनाको विकास कल्पना समेत गर्न सकिदैन ।”

उनले मगर विद्यार्थीलाई शिक्षामा अग्रसर गर्दै सामाजिक, राजनीतिक, आर्थिक पक्षमा अघि बढ्नु पर्ने धारणा राखे । विदेशमा बसेर आफ्नो समुदायकोलागि लामो समय कार्य गर्दै आएका अध्यक्ष आलेमगर नेपाल भ्रमणमा क्रममा प्रत्येक्ष रुपमा आम मगर विद्यार्थीलाई भेट्न पाउंदा आफूलाई अत्यन्त हर्षित भएको बताए । मगर विद्यार्थीहरु देश विदेशमा रहेका आफ्ना अग्रजहरु संग सधैं सम्पर्कमा रहनु पर्ने समेत सल्लाह दिए । उनले मगर विद्यार्थीको भविष्य प्रति चिन्तित हुंदै देश विदेशमा बसोबास गर्ने मगर समुदायले आफ्ना सन्ततीहरुलाई सधै सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गर्दै मगर समुदायको पहिचान, हक अधिकार, भाषा संस्कृति, भेषभुषा र संस्कृतिलाई जेगर्ना गर्न  आमसञ्चारको खांचो भएको बताएका थिए ।

त्यसैगरी सम्मान कार्यक्रमका विशिष्ठ अतिथि वरिष्ठ लोकगायक एवं सञ्चारकर्मी मनसुधन थापामगरले सम्पूर्ण मगर विद्यार्थीहरु एकजुट भएर आफ्नो पहिचान जोगाउन लाग्नु पर्ने बताए । विद्यार्थी कार्यकालमा विभिन्न चुनौति आई परे पनि चुनौतिको सामना गर्दै संगठनको हितकोलागि सधैं अघि बढ्नु पर्ने सल्लाह सुझाव दिए ।

त्यसैगरी मगर भाषाका चलचित्र निर्माता चेतन रजाली मगरले आफ्नो मौलिक भाषा, सस्कृति र पहिचानलाई दिर्घकालीन पहिचान दिन मगर चलचित्रलाई देश विदेशमा पुराउनु पर्ने बताउनु भयो । संगठनलाई आर्थिक रुपमा चुस्तदुरुत राख्न मगर चलचित्रबाट पनि आर्थिक संकलन गर्न सक्ने  सुझाव दिए ।  

संघका अध्यक्ष दिपा आलेमगरको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अतिथिहरुलाई पुष्पगुच्छा,माला र खादा लगाएर सम्मान गरिएको थियो । सम्मानकै क्रममा अध्यक्ष आलेमगरले  स्वदेश तथा विदेशमा बसोबास गर्ने आम मगर समुदाय र मगर विद्यार्थीको भविष्यलाई उज्ज्वल बनाउन मगर अग्रजहरुको साथ र सहयोग सधैं हुनु पर्ने बताए । संगठन आर्थिक रुपमा कमजोर भएकोले युवा शक्तिलाई सहि ढंगले परिचालन गर्न  नसकेको बताउंदै  मगर विद्यार्थीको भविष्य प्रति आम मगर समुदाय सचेत हुनु पर्ने समेत बताएका थिए ।

  

 कार्यक्रमको सहजिकरण संगठन सचिव सन्देश आलेमगरले र स्वागत मन्तब्य संघका काईके भाषिक उपाध्यक्ष गगन पुनमगरले गरेका थिए । स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि हङकङ्ग मगर संघका अध्यक्ष चन्द्रज्योति आलेमगर, विशिष्ठ अतिथि बरिष्ठ लोकगायक मनसुधन थापामगर र अतिथि मगर चलचित्र निर्माता चेतन रजाली मगरले आर्थिक सहयोग समेत गरेका थिए भने संगठनको उत्तर उत्तर प्रगतिको कामना समेत गरे।  

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %