सुर्य चन्द / अबुधाबी
युएई,नेपाली जनसंपर्क समिति युएईले गत मार्च २८ तारिख शुक्रबारका दिन युएईको राजधानी अबुधाबिमा केन्द्रिय महाधिबेसन सफलताका साथ सम्पन्न गरेको छ । सभापति चित्र के.सीको सभापतित्वमा सम्पन्न महाधिबेसनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा जनसंपर्क समनन्वय बिभाग प्रमुख माननिय सभासद अर्जुन प्रशाद जोशी प्रमुख अतिथि र बिशिस्ट अतिथि यूएईका लागि नेपाली राजदुत महामहिम धनन्जय झा साथै बिभिन्न संघ सस्थाका प्रमुखहरु, पत्रकार हरुको पनि आतिथ्यता रहेको थियो।
प्रमुख अतिथि माननिय सभासद अर्जुन प्रशाद जोशी तथा बिशिस्ट अतिथि यूएईका लागि नेपाली राजदुत माहामहिम धनन्जय झाले संयुक्तरुपमा दीप प्रज्वलन गर्दै उद्घाटन गरिए पश्चात औपचारिक कार्यक्रम सुरु भएको थियो।
नेपाली जनसंपर्क समिति युएईको दोस्रो केन्द्रिय महाधिबेसनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा जनसंपर्क समनन्वय बिभाग प्रमुख माननिय सभासद अर्जुन प्रशाद जोशीले जब जब मुलुकमा संकट आउछ त्यतिबेला नेपाली कांग्रेसले मुलुक लाई संकटबाट निकास दिएर देशलाई संकट मुक्त बनाएको छ । २००७ साल देखि आहिले सम्मको नेपालको इतिहास, नेपाली कांग्रेस आफैमा एक इतिहास हो।अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको अवस्थामा हाम्रा बिगतको कमि कमजोरी तथा जनताको खबरदारी बाट पाठ सिक्दै यो सरकारले, नेपाली कांग्रेसले देशलाई अहिलेको जटिल परिस्थितिबाट मुक्ति दिलाउदै नेपाली जनता लाई नया संबिधान दिन्छ। तपाईहरु ढुक्क हुनु होस् मुलुकले अब ठुलो फड्को मार्दैछ । नया बन्ने संबिधान नेपाली जनताको अपेक्षा स्वरुपको हुनेछ र आहिले संबिधान बनाउने क्रममा ८० प्रतिशत काम भैसकेको अवस्थाछ र चाडै नेपाली जनता बीच नया संबिधान जारी हुन्छ भन्दै विश्वास दिलाउन खोजेका थिए । अब हामीले राजनीतिक मात्र नभएर सामाजिक र आर्थिक रुपान्तरणमा जानु पर्छ अनि मात्र देश विकास सम्भबछ र समृद्ध समाजको निर्माण गर्न सकिन्छ ।
बैदेशिक रोजगारी को लागि तिस/बत्तीस लाख नेपाली युवा जनशक्ति बाहिरिएको अबस्थामा नेपाल सरकारले रेमिटेन्स मात्र हेरेर हुन्न बैदेशिक रोजगारी लाई सस्थागत गरि एउटा प्रणालीगत रुपमा सुधार गर्नु पर्ने र यो बिषयमा नेपालमा गएर सरकार र संसद मा कुरा राख्ने जानकारी समेत गराए। खाडीमा नेपालीहरुले भोग्नु परेको समस्या हरुलाई पहिचान गर्दै यो सम्बन्धि तत्काल केहि सुधार गर्ने बचन पनि आफ्नो मन्तब्यमा राखेका थिए । विदेशमा बस्ने नेपाली हरुले बिदेशमा बसेर पनि नेपालमा भएका अहिलेसम्मका हरेक परिवर्तनमा योगदान गरेकोछ र यसलाई पाटीले उच्च मुल्यांकनले हेरेकोछ भन्दै उनले प्रशंसा समेत गरेका थिए । सच्चा मुलुक लाई माया गर्ने नेपालीहरु मैले नेपालमा भन्दा नि बढी यहाँ बिदेशमा पाए । देश जटिल राजनीतिमा फसेको कारण सकारात्मक हस्तछेप तथा खबरदारी गर्न कार्यक्रममा रहेका सबै सर्वसाधारण हरुलाई प्रोत्साहित गर्दै आफु युएइ आउनुको प्रमुख औचित्य नेपाली कामदार हरुका समस्यालाई मध्यनजर गर्नु रहेको बताएका छन् l नेपालीले भोग्नु परेका समस्या तिनका समाधानका बिषयमा आफु नेपाल फर्केपछि सदनमा कुरा राख्ने प्रतिबद्धता समेत ब्यक्त गरे l
साथै यसै कार्यक्रममा बोल्दै यूएईका लागि नेपाली राजदुत माहामहिम धनन्जय झाले स्रोत साधनको कमिले गर्दा दुताबासमा गरिने काम कारबाही हरुमा ढिला सुस्ती बढेको साथै भिजिट भिसा सम्बन्धि जो व्यक्ति शिक्षित छन् उनीहरु को लागि अन्तरबार्तामा आउनु दिनुपर्ने र कोहि व्यक्तिहरुको आफन्तहरु खाडी मुलुकमा छन् र यदि उनीहरुको आफन्तलाइ ल्याउन चाहन्छन भने ल्याउन पाउनुपर्ने, घरेलु कामदारको तिस बर्ष भन्दा माथिको मात्र जान पाउने हकमा यदि उसको श्रीमान यहि काम गर्दैछ भने उमेरको हदबन्दी नगरी उसले पनि आउन पाउनु पर्ने कुरामा नेपाल सरकारले बिधान संसोधन गर्नु पर्ने बताए । साथै दुबईमा कन्सुलरको कार्यालय खोल्ने क्याबिनेटबाट पास भैसकेको आवस्थामा पनि खोल्न सकिएको छैन त्यसकारण अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको अबस्थामा यी कुरा हरुलाईसरकार तथा सदनमा पुराउन माननिय सभासदलाइ आर्गह गरे ।
उक्त कार्यक्रममा विभिन्न बक्ता हरुले बोल्दै बैदेशिक रोजगारीका लागि खाडी मुलुकमा आउने नेपालीहरुले मेन पावर कम्पनि देखि श्रम बिभाग, विमानस्थलसम्म बिभिन्न चरणमा भोग्नुपरेको समस्या, साथै बिदेशमा आए पछि पनि नेपाली हरुले भोग्नु परेको विभिन्न समस्याहरु जस्तै नेपाली राजदुताबासबाट एमआरपी पासपोर्ट वितरणमा तथा अन्य काममा भएका ढिला सुस्ती र त्यसले नेपाली श्रमिकहरुलाई परेको असर, त्यसको लागि दुबईमा कन्सुलर कार्यालय खोल्नु पर्ने, यु ए ईको बिभिन्न क्षेत्रमा नेपाली श्रमिकहरुले भोगिरहेका दयनीय अवस्था तथा दिनदिनै बढिरहेको अन्य समस्या र घटनाक्रम हरुलाई नेपाल सरकार तथा संबिधान सभा समक्ष पुराई छिटो भन्दा छिटो यो समस्याहरु लाई समाधान गर्न पहल गरिदिनु पर्ने साथै नेपाली जनता माझ चाडो भन्दा चाडो संबिधान दिएर मुलुक लाई निकासा दिनु पर्ने कुराहरु माननिय सभासद समक्ष राख्दै नेपाल सरकार लाई दबाब दिएका थिए ।
उक्त दोस्रो केन्द्रिय महाधिबेसनले चित्र के.सीको सभापतित्वमा सहमतीय आधारमा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकोछ । नयाँ समितिको उपाध्यक्षहरुमा खेमराज बस्नेत , भुवानी तिमल्सिना र गुञ्जमान गुरुङ तथा महामन्त्रि बिमल तामांग रहेका छन् । त्यसैगरी सह माहामन्त्री मा कृष्ण गौतम, कोषाध्यक्षमा दिपक भट्ट चयन भएका छन् भने प्रबक्ता मिन बहादुर रानाभाट रहेका छन् । सदस्यहरुमा चन्द्र सारु मगर, नबराज बिडारी, सुरथ प्रधान ,दान बहादुर जीसी, श्रीमती बिमला सापकोटा, गोपाल कंडेल , लक्ष्मन भण्डारी, राम कृष्ण पुन मगर, बुद्दि प्रसाद भट्टराई, शंकर राज घिमिरे , पर्बत बिक्रम थापा , भिम कुमार अधिकारी,ज्ञानेन्द्र खत्री ,रमेश श्रेष्ठ , सोभित बहादुर थापा , साङ्ग दोर्जी शेर्पा , रमेश गौतम, प्रकाश पौडेल , अमर गुरुङ रहेका छन् त्यस्तै सल्लाहकार मा संयोजक महेश मोक्तान , मोहोन शर्मा, दिपक थपलिया, शुरेश उपाध्याय, बिज्ञान राना र बाल कृष्ण खड्का रहेका छन ।
नव निर्वाचित सभापति के.सीले सबैलाई एकै ढिक्कामा मिलाउदै लैजाने , बिदेशमा रहेर पनि नेपाल सरकारलाई सकारात्मक कामको लागि दबाब दिदै जाने , प्रबासमा भएका श्रमिकहरुको हक हितमा काम गर्ने बताए । नवनिर्वाचित महामन्त्री बिमल तामांगले संचालनमा गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि लगायत सम्पूर्ण बिभिन्न संघ सस्थाका प्रमुखहरुले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । यसका साथै युएई मा ख्यती प्राप्त विभिन्न यूएईका कलाकारहरुले आ-आफ्नो कला पनि प्रस्तुत गरेका थिए ।