नेपाल पत्रकार महासंघ बेलायतको प्रेस-विज्ञप्ती

Read Time:1 Minute, 55 Second

नेपाल पत्रकार महासंघ

बेलायत शाखा, लन्डन

३० मार्च २०१४ – नेपाल पत्रकार महासंघले ५९औ स्थापना दिवस भव्यरुपमा मनाइरहेको छ ।

नेपालभर (आज चैत १६ गते) संविधानसभा मार्फत एक बर्षभित्र लोकतान्त्रिक संविधान, स्वतन्त्रताको रक्षा र श्रमजीवी पत्रकारहरुको हितमा हाम्रो अभियान, भन्ने नाराका साथ स्थापना दिवस भव्य रुपमा मनाइरहेको हो ।

यसै सन्दर्भमा, बेलायतलाई मुख्य कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहनु भएका र पत्रकारिता मार्फत लोकतान्त्रिक संविधान निर्माण र स्वतन्त्रता रक्षाका लागि भुमिका निर्वाह गर्नुहुने यहास्थित पत्रकार मित्रहरुलाई स्थापना दिवसका अवसमा महासंघ बेलायत शाखा शुभकामना व्यक्त गर्न चाहान्छ ।

यस अवसरमा आफ्नो अन्य जिम्मेवारीसगै बेलायतमा पत्रकारितालाई अघि बढाउने तपाईहरुको समर्पण र इच्छा शक्तीको उच्च मुल्याकंन गर्दै व्यवसायिक पत्रकारिता प्रति थप प्रतिवद्धताको अपेक्षा गर्दछ ।

साथै आगामी ३ मेमा विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा चियापान तथा भेटघाट कार्यक्रम आयोजना गरिने जानकारी गराउदै उक्त चियापानमा यहाँहरुको गरीमामय उपस्थितिको अपेक्षा महासंघ बेलायत शाखाले गरेको छ ।

श्याम लुईटेल

महासचिब

नेपाल पत्रकार महासंघ बेलायत शाखा , लन्डन

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %