काठमाडौँ, १७ मङ्सिर । राष्ट्रपति डा रामवरण यादवसँग संयुक्त राष्ट्रङसङ्घका राजनीतिक मामिला हेर्ने उपमहासचिव बि लिन पास्कोबाट आज राष्ट्रपतिभवन शीत्तलनिवासमा शिष्टाचार भेट गरे ।
भेटका अवसरमा पास्कोको हालको नेपाल भ्रमण, नेपाललाई संयुक्त राष्ट्रसङ्घको भाबी सहयोग तथा शान्तिप्रक्रिया र संविधान निर्माणसम्बन्धी विषयहरुमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस