भरत राना मगर / युएई
फुजेरहा, शुक्रबार १४ चैत्र – मगर संघ युएईको आयोजनामा हरेक क्षेत्रमा रहेका मगरहरुलाई प्रशिक्षीत र क्रियाशिल गराउने उद्देश्यले “केन्द्रीय प्रशिक्षण २०७०/२०७१” को युएई ब्यापी कार्यक्रम अन्तर्गत पहिलो चरणको प्रशिक्षण कार्यक्रम फुजेरहामा भव्यताका साथ सम्पन्न भएका छ। युएई भरी छरिएर, फैलीएर रहेका मगर हरुलाई प्रशिक्षीत, क्रियाशिल एबं गोलबन्द बनाउने उद्देश्यले युएईब्यापी संचालन हुन लागी रहेको यो कार्यक्रमले युएईमा रहेका मगर हरुलाई थप जगेर्ना गराउन एक महत्वपूर्ण भूमिका खेल्ने मगर संघ युएईले अपेक्षा लिएको छ।
(प्रशिक्षण पछि सामुहिक फोटो लिदै सहभागीहरू)
विभिन्न बाध्यता र परिस्थितीले बिदेसिनु बाध्य मगरहरु युएइमा पनी झन्डै ४६ हजार भएको आंकलन रहेको छ । उक्त कार्यक्रममा प्रमुख अतिथीमा मगर संघ युएईका प्रमुख संरक्षक गिरमान थापा मगर, बिशेष अतिथीमा मगर संघ युएइका अध्यक्ष हस्तराज दर्लामी मगर थिए । अन्य अतिथीहरुमा मगर संघ युएइका बरिष्ठ उपाध्यक्ष भरतराज राना मगर, उपाध्यक्षत्रय, ललितमान राना मगर, राजु सिन्जाली मगर, तथा प्रशिक्षण बिभाग प्रमुख उपेन्द्र राना मगर, महासचिव श्री धनेन्द्र राना मगर कोषाध्यक्ष श्री ज्ञान सारु मगर, सह-कोषाध्यक्ष श्री टंक थापा मगर, प्रबक्ता श्री खुम आले मगर, केन्द्रीय समिती सांस्कृतिक संयोजक श्री भुवन थापा मगर, समायोजन प्रक्रियामा रहेको नेपाली मगर संघ युएईका महासचीव श्री भुवन मगर, म स.यु रसअलखेमाहा क्षेत्रिय समितीका उपाध्यक्ष श्री बिकास थापा मगर, म. स. यु सारजाहा क्षेत्रिय समितीका सह-सचिव श्री खड्क दर्लामी मगर, मसयु दुवई क्षेत्रिय समितीका सदस्य काशी माकिम मगरहरू उपस्थित थिए ।
(प्रशिक्षण पछि नास्ता खाँदै सहभागीहरू)
परिचयात्मक लगत्तै शुरु भएको उक्त कार्यक्रममा समायोजन प्रक्रियामा रहेको नेपाली मगर संघ युएईका महासचीव भुवन मगरले आफ्नो मनतब्य राखेका थिए । केन्द्रीय समिती उपाध्यक्ष तथा प्रशिक्षण बिभाग प्रमुख उपेन्द्र राना मगर लाई प्रशिक्षणको लागी आमन्त्रण गरेपछी शुरु भएको प्रशिक्षण कार्यक्रममा केन्द्रीय समितिका बिभिन्न पदाधिकारीले छुट्टा छुटै बिषयमा प्रशिक्षण दिएका थिए । खुम आले मगरले (मगरहरु समाज, राज्यमा पछाडी पर्नुका कारण), ललितमान राना मगरले (जातीय संस्था किन? र मगरको बिकास तथा प्रोत्साहान), ब. उपाध्यक्ष श्री भरतराज राना मगरले (बिदेशमा जातीय संस्थाको महत्व भूमिका)) जस्ता बिषयहरुमा साथै र युएईमा संचालन गरिएको मगर अक्षय कोषको बारेमा जानकारी दिएका थिए । मसयु अध्यक्ष हस्तराज दर्लामी मगरले सामाजिक सेवाको महत्व बारे दर्शाउदै आगाडी भने – “हामी युएईमा रहेका मगरहरुलाई आफ्नो जातीयता प्रति उत्प्रेरित हुन अझ ससक्त र जुझारुका साथ लाग्नको निम्ति सबैको साथ, सहयोग र सल्लाहको जरुरी रहेको छ। प्रमुख संरक्षक तथा उक्त कार्यक्रमका प्रमुख अतिथी गिरमान थापा मगरले समग्र बिषयमा टिप्पाणीका साथ मगरहरुमा राजनैतिक जागरण हुन आवश्यक किन भन्ने जस्ता बिषयमा प्रशिक्षण दिएका थिए ।
(प्रशिक्षण दिदै र लिदै गरेको एक झलक)
केन्द्रिय समिती उपाध्यक्ष तथा प्रशिक्षण बिभाग प्रमुख उपेन्द्र राना मगरले प्रशिक्षणकै क्रममा बोल्दै- “विश्वको जुनसुकै कुनामा रहेता पनी जात र जातीय प्रतिको माया हुनु भनेको आफ्नो भाषा, धर्म, संस्कृतिलाई माया गर्नु हो, अझ एकै शब्दमा भन्ने हो भने आफ्नो अस्तिवलाई जोगाइ राख्न उसलाइ कर्तब्य बोध हुनु हो । यस अर्थ युएईमा रहेका मगर हरुलाई सचेत बनाउनु तपाई हाम्रो सबैको कर्तब्य र दाईत्व हो । अतःएक सचेत मगर हुनुको कर्तब्य र दाईत्व बोध हुने सच्चा बफदार मगरले एक्लो प्रयासले भन्दा संघको झण्डा मुनी गोलबन्दभै संघमा आबधः भई सिंगो मगर जातिको उन्नती र प्रगतिको बाटो तिर लम्काउन हातमा हात साथमा साथ दिनु पर्ने प्रशिक्षणमा बताए ।
कार्यक्रम मसयु क्षेस फुजेरहाका अधय्क्ष फनेन्द्र आले मगरको अध्यक्षतामा सचिव देबसी राना मगरको स्वागत मनतब्य र संचालन मसयु केन्द्रीय समितीका सदस्य चन्द्र राना मगरले गरेका थिए ।