एनआरएन अमेरिकाको आगामी निर्बाचनको तयारीको लागि सदस्यता प्रमाणीकरण समितिले एनआरएन बोर्ड अमेरिकाबाट प्राप्त ४२०२ जनाको सुची मध्येबाट प्रारम्भिक छानबिन कार्य समाप्त गरेको छ । जस अनुसार कतिपय सदस्यको पत्राचारको ठेगाना,इमेल ठेगाना ,फोन नम्वर छुट्न गएको वा दोहोरो नाम समेत पर्न गएको पाइएको भन्दै सदस्यता छानबीन समितिले यस बारे सम्पूर्ण सदस्यहरुको ध्यानाकर्षण गराएको छ । समितिले एन आर एन अमेरिकाको वेब साइट www.nrnpnousa.org मा आ आफ्नो नाम हेर्नु हुन र छुटेको
विवरण आगामी सोमबार मार्च ३१ तारिख २०१४ को मध्यरात 2400 EST) सम्ममा यस सदस्यता छानबिन समितिको इमेल mvc@nrnpnousa.org मा उपलब्ध गराई दिन अनुरोध गरेको छन् अनुरोध गर्दछौ । पुनश्च -कारणबस कसैको नाम समेत छुटेको छ भने आफुले मार्च ४ २०१४ अगाडी सदस्यता शुल्क बुझाएको प्रमाणसहित एन आर एन अमेरिकाको बोर्डमा सम्पर्क गर्न हुन र विवरण उपलब्ध गराई दिनु हुन स्मरण गराइन्छ । बोर्डबाट प्रमाणित र लिखित अनुरोध भै आएमा मात्र त्यस्तो छुटलाई संलग्न गराउन सकिनेछ ।
मतदाता वा सदस्यहरु लाई यो पनि स्मरण गराइन्छ कि एनआरएन एनसीसी अमेरिकाको विधान अनुसारको योग्यता नभएको व्यक्तिले झुठो विवरण उल्लेख गरी संस्थाको सदस्यता लिएको पाईएमा संयुक्त राज्य अमेरिका तथा टेनेसी राज्यको कानुन अनुसार हदैसम्मको सजायको भागीदार हुनुपर्नेछ । त्यसको साथै यदि कसैलाइ कसैले झुठो विवरण दिएर एन आर एन अमेरिकाको सदस्यता लिएको जानकारी छ भने प्रमाणसहित एनआरएन अमेरिकालाइ जानकारी गराई दिनु हुन अनुरोध गर्दछौ । त्यसको साथै “एन आर एन अमेरिका को निर्बाचन आयोगले यस पटकदेखि इमेल वा पत्र (मेल )बाट मतदान गराउने भएको हुँदा इमेल र घरको ठेगाना स्पस्ट हुनु अनिबार्य छ ।
तोकिएको समयमा आ आफ्नो छुटेको विवरण उपलब्ध गराउन असमर्थ हुने सदस्यलाई सदस्यता प्रमाणीकरणमा अपूर्णताको कारण निर्बाचनमा मतदान गर्नबाट बन्चित हुनुपर्ने र सदस्यता छानबिन समिति सो को जिम्मेवार नहुने स्पष्ट हुन् जानकारी गराउदछौ ।
सदस्यता छानबिन समिति , एन आर एन अमेरिका