विग आईकनमा पुनःसामसुङ मोबाईल,फाराम खुल्ला

Read Time:3 Minute, 3 Second

मनोज घर्ती मगर

पोखरा,१५ चैत – नेपालकै सर्वाधिक पुरस्कार राशि भएको गायन प्रतियोगिता ‘विग आईकन’को पछिल्लो सँस्करणको मुख्य प्रायोजकको रुपमा सामसुङ मोबाईल फाईनल भएको छ । सामसुङ मोबाईल नेपालको अधिकृत विक्रेता आईएमएस र विग एफएमबिच यो कुराको सहमती भैसकेको छ । सामसुङ मोबाईलले विग आईकनलाई मुख्य प्रायोजन गरेको यो तेस्रोपटक हो ।

  मुख्य प्रायोजकको रुपमा सामसुङ मोबाईलका लागि नेपालको अधिकृत विक्रेता संस्था ईन्टरनेशनल मार्केटिङ सर्भिसेजका प्रेसिडेन्ट दिकेश मल्होत्रा र विग एफएमका अध्यक्षले सँयुक्त रुपमा सहमतिपत्रमा हस्ताक्षर गरे ।

सहमतिपत्रमा हस्ताक्षर गर्दै आईएमएसका प्रेसिडेन्ट दिकेश मल्होत्राले यसअघिका विग आईकनबाट सामसुङ मोबाईलले पाएको कभरेज नै पुनः सम्झौता गर्ने कारण भएको बताए । ‘हाम्रो उत्पादनको बजारीकरण गर्नका लागि विग आईकनले निकै सहयोग गरेको छ ।’ मल्होत्राले भने–‘र, यस्तै खाले प्रचारप्रसारको अपेक्षा अबको विग आईकनबाट पनि गर्छौँ ।’ मल्होत्राले आगामी दिनमा पनि विग आईकनसंगको सहकार्यलाई नछोड्ने बताए ।

सम्झौतापश्चात विग एफएमका अध्यक्ष महेश भण्डारीले पनि तेस्रोपटकसम्म एउटै कम्पनीलाई मुख्य प्रायोजकको रुपमा पाउँदा निकै खुशि लागेको प्रतिक्रिया दिए । गायन प्रतिभाहरुका लागि गतिलो मञ्च दिने उद्देश्यले हुने विग आईकनमा सामसुङले दिएको साथ निकै सकारात्मक भएको उनले बताए ।

पाँचौ सँस्करणको विग आईकनका लागि एफएमले चैत ५ गतेदेखि आवेदन फाराम खुलाईसकेको छ । गायन प्रतिभाहरुले निशुल्क रुपमा फाराम भर्न सक्ने एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले जानकारी दिए । आवेदन फाराम भर्नका लागि ईच्छुक गायन प्रतिभाहरुले न्यूरोडस्थित एफएमकै कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । त्यस्तै एफएमको अफिसियल वेभसाईट www.fmbig.com मा पनि फाराम भर्ने व्यवस्था गरिएको छ ।

विग आईकनको पहिलो सँस्करणमा गगन पुन, दोस्रोमा सुमन गौतम, तेस्रोमा नविन काफ्ले र चौथोमा मुस्कान रानाभाट आईकन बनेका थिए । विग आईकन बनेका सबैजना अहिले नेपाली संगीत बजारमा चर्चामा रहेका छन् । 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %