जीबसीमको प्रेश-विज्ञप्ति

Read Time:2 Minute, 38 Second

सञ्जोग लाफा मगर  

राज्यसत्ता तनहुँ संबादाता खडकबहादुर आले मगर जीतबहादुर सीङजालि मगर साहित्य पुरस्कार–२०६९ बाट पुरस्कृत हुँदै । पुरस्कार राशी रु. ४०,०००/–(चालिस हजारको) रहेको छ । 

                                                                               

   

मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले जीबसीम साहित्य पुरस्कार–२०६९, तनहुँ निवासी खडकबहादुर आले मगर र जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०६९ रोल्पा निवासी दिपेश घर्ति मगरलाई प्रदान गर्ने भएको छ । मगर भाषा साहित्यमा उत्कृष्ट कृति सिर्जनासहित योगदान पुर्याउने श्रष्टालाई पुरस्कृत गर्दै आएको प्रतिष्ठानको पुरस्कार छनौट समितिले २०७० फागुन ३० गते बसेको बैठकले पुरस्कृत प्रतिभाहरूको नाम चयन गरेको हो ।

जीबसीम साहित्य पुरस्कार–२०६९ को पुरस्कार राशी रु. ४०,०००/–(चालिस हजार)  छ । पुरस्कार राशी हरेक वर्ष रु. ५०००/– ले बृद्धि गर्दै लगिएको छ । मगर भाषामा ‘सेन टाहाके’ ?–२०६२ (कहिले पुग्ने ?) कविता संग्रह र एकांकी, उपन्यास प्रकाशोन्मुख मगर कृतिहरु छन् । आले मगरले मगर चलचित्र ‘लङघन’मा समेत अभिनय गरेका छन् । जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०६९ को पुरस्कार राशी रु. १०,०००/– (दशहजार)  छ । अठार मगर भाषामा ‘माउ मङ’–२०६७ (हराएको सपना) गजल संग्रह तथा फुटकर कथा, कविताहरु लेखेका छन् ।

पुरस्कृतद्धयलाई २०७० चैत्र २२ गते शनिवार भुमिसुधार तथा व्यवस्थापन मंत्री दलबहादुर राना मगरज्यूको प्रमुख आतिथ्यमा पुरस्कार वितरण जावलाखेल, ललितपुरमा पुरस्कृत गरिने छ । आगामी दिनमा मगर साहित्यलाई अन्तराष्ट्रिय साहित्य क्षेत्रको दाँजोमा पुर्याउन साहित्य सिर्जना निरन्तरताको कामना सहित प्रेश बिज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

(सञ्जोग लाफा मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानका अध्यक्ष हुन् )         

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %