फोनिजद्धारा स्वागत तथा सम्मान

Read Time:2 Minute, 2 Second

देविका घर्ती मगर

दाङ, चैत्र ७ – नेपाल पत्रकार महासंघ (फोनिज) दाङ शाखाले नेपाल पत्रकार महासंघ दाङका नवनिर्वाचित नयाँ कार्यसमितिलाई आज शुक्रवार घोराहीमा स्वागत तथा सम्मान गरेको छ ।

  फोनिज दाङका अध्यक्ष देविका घर्ती मगरको अध्यक्षता तथा पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारिताको धर्म निर्वाह गर्दै जिल्लाका आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिबृद्धिका निमित्त पनि पत्रकार महासंघले ध्यान दिनुपर्ने बताएका थिए ।

त्यस अवसरमा उपस्थित आदिवासी जनजाति पत्रकारहरुले जिल्लाका आदिवासी जनजातिहरुको क्षमता अभिबृद्धि तथा अवसर प्रदान गर्ने सवालमा महासंघले समावेशीको अवधारणालाई ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सुदिप गौतमले जिल्लाका समग्र पत्रकारितालाई समृद्ध बनाउन तथा आदिवासी जनजाति पत्रकारहरुको विकासका निमित्त भुमिका निर्वाह गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । फोनिज दाङका सदस्य पुनम घर्ती मगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष तथा पार्षद् केवि मसाल, उपाध्यक्ष लक्ष्मी आचार्य लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण फोनिजका केन्द्रिय पार्षद् माधव चौधरीले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %