लोप भैसकेको जीउमामाको प्रतियोगिता सम्पन्न

Read Time:5 Minute, 56 Second

फोटो फिचर सहित दिल प्रसाद थापा मगर 

लोप भैसकेको जीउमामाको प्रतियोगिता सम्पन्न

 

स्याङजा , फागुन पुर्णिमा तथा मगरहरुको महान चाड यउनाट् को उपलक्ष्यमा आदिवासी जनजाती महासंघ आलमदेवी स्याङजाको आयोजनामा श्री आलमदेवी बहुउद्देश्य ग्रामिण सेवा परिवारको सहआयोजनामा स्याङजा जिल्लाको लसर्घा बेसीमा सोमबार तेस्रो जीउमामा प्रतियोगिता २०७० भव्यताको साथ सम्पन्न भएको छ ।   कार्यक्रमको सभापति आलमदेवी बहुउद्देश्य ग्रामिण सेवाका अध्यक्ष भुवन सिह राना रहेका थिए भने प्रमुख अतिथी माननिय संविधान सभा सदस्य तथा राष्ट्रिय जनमुक्ति पार्टीका बरिस्ठ उपाध्यक्ष शिवलाल थापा मगर रहेका थिए ।

 

कार्यक्रमका प्रमुख अतिथीले मगरहरुको मौलिक यउनाट् पर्व नेपालमा सिमित भुभागमा मात्र मनाउदै आएकोमा यो पर्वलाई देश भरिनै मनाउन आग्रह गर्दै सो पर्वलाई राष्ट्रिय पर्व बनाउनु पर्ने बताए । उनले मगरहरुको सस्कृतीको संरक्षण गर्न तथा बचाउन राष्ट्रिय स्तरको मगर संग्राहलय निमार्ण गर्नु पर्ने सविधान सभामा आवाज उठाएको बताए । 

 

शिवलाल थापाले सो नाच तथा मगरहरुको सस्कार सस्कृती साच्ची नै उच्च रहेको र यसलाई सबै मिलेर बचाउन पर्ने बताए । उनले आदिवासी जनजातीहरुको हक अधिकार तथा पहिचानको लागि अफु सधै लडिरहने बताए । कार्यक्रको उद्घाटन प्रमुख अतिथीद्धारा प्रथम शहिद लखन थापा मगरको तस्विरमा माला लगाई गरिएको थियो ।

  

कार्यकाक्रममा विशिष्ट अतिथीद्वय नेपाल मगर संघ जिल्ला कार्य समिती स्याङजाका अध्यक्ष हेमन्त थापा मगर र आलमदेवी गाविसका निवर्तमान अध्यक्ष नर बहादुर राना , मगर चलचित्र कर्मी संघका केन्द्रीय सचिव शंकर गाहा मगर , नेपाल मगर भाषा तथा साहित्य विकास केन्द्रका उपाध्यक्ष हरिदेव थापा मगर, नेपाल मगर संघका जिल्ला सदस्य दिलिप थापा मगर, नेपाल मगर विद्यार्थी संघमा पुर्व केन्द्रीय सदस्य दर्शन राना मगर , नेपाल आदिवासी जनजाति महासंघ आलमदेवीका अध्यक्ष रिमबहादुर थापा मगर, नेपाल विद्युत प्रधिकरण मीर्मीका प्रविधीक हुमबहादुर थापा मगर, आदर्श उच्च मा.विका व्यवस्थापन समितीमा अध्यक्ष तामन सिह थापा, चण्डीभन्ज्याङ गाविसका निवर्तमान अध्यक्ष कृष्ण लामिछाने मगर लागाएय अन्य अतिथीहरुले बोल्दै यउनाट् पर्वलाई संरक्षण गर्नु पर्नेमा जोड दिएका थिए ।  

 

 

 

 

 

 

 

 

 

 

जीउमामा प्रतियोगितामा सहभागि ६ सुमुहमा उत्कृष्ट प्रस्तृती प्रर्दशन गर्दै श्री आलमदेवी समाज सेवा समिती प्रथम स्थान हासिल गरि रु १२००० नगद पुरुस्कार जित्न सफल भएको थियो । यसै गरि दितिय स्थानमा जनचेतना आमा समुहले रु ८००० र तितिृय स्थानमा सञ्जिविनी युवा संघ ले ५००० जित्न सफल भएको थियो । त्यस्तै भाग लिने अन्य सहभागीहरुलाई पनि सान्त्वना पुरस्कार स्वरूप ३,३ हजार रूपैयाँ दिईएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक भिमबहादुर राना मगरको रहेको थियो । यउनाट् पर्व हरेक वर्षको फागुन पुणिमाको समयमा चार दिन सम्म विभिन्न परिकार बनाएर खान पिन गर्दै  नाच गान गरि मनाइने भिमबहादुर राना मगरले बताए । बिसेश गरेर यो पर्ब /नाँच स्याङजा र पाल्पाको बौगा,गुम्मामा मनाउदै आइरहेकोछ ।

 

 

 

 

 

 

 

 

यो मगरको लोप हुन लागेको सस्क्रिति यउनाट् पर्व बारे भिमबहादुर राना मगरले केहि बर्ष पहिला देखि अनुसन्धान गरि रहेका छन् । Himalaya International Ideal Secondary Boarding School काठमान्डुमा  पाचार्य समेत रहेका राना मगरले अध्यापन पेशा छाडे र यउनाट्को अनुसन्धानमै ब्यस्त छन् । उनले अनुसन्धानकै क्रममा बृत्रचित्र निर्माण गरेर हंगकंग लगाएत स्वदेश तथा बिदेशमा समेत प्रदर्शन गराइसकेका छन् । रानाको अध्यान र अनुसन्धानलाइ हंगकंगमा कार्यरत लकस्मन थापा मगरले पनि साथ दिदै आइरहेका छन् ।

लोप हुनै लागेको सस्क्रिति ‘यउनाट्’ पर्व बारे भिमबहादुर राना मगरको बिसेश लेख/अन्तरबार्ता र भिडियो किलिप् पनि छिट्टै राज्यसत्तामा राखिनेछ,प्रतिक्षामा रहनु होला । 

 

 

 

 

 

 

 

 

 

 

(लेखक:बुटवल बाट प्रकाशित अर्ध साप्तहिक संघिय एक्सप्रेसका सम्वादाता हुन्)

 

 

 

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %