सन्तोश थलाङ ,बेलायत
लन्डन – आगामी २४ मार्च २०१४ का दिन फेल्टहाम स्थित भूपू सैनिक कल्वमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले मौखीक सुनुवाईमा भइरहेको प्रगतीवारे जानकारीका दिदै छ ।
विशाल आमसभा कार्यक्रममा क्यापटेन राम वहादुर लिम्वू भीसीलाई पनि अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । वेलायतमा वसोवास गरीरहनु भएका सम्पूर्ण भूपू सैनिक दाजुभाई, दिदीवहिनी, भान्जाभान्जी, नेपालीहरु तथा समस्त शुभचिन्तकलाई उक्त आमसभामा उपस्थित भई नयाँ प्रगतीवारे जानकारी लिन र एकमात्र गोर्खाहरुका धरोहर जीवित भीसीलाई गर्वका साथ स्वागत अभिनन्दन गरीदिनुहुन हार्दिक अनुरोध गरीन्छ ।
क्यापटन राम वहादुर लिम्वू भीसी सम्पूर्ण भूपूहरुको समग्र हितलाई आत्मसात गर्दै वृद्द उमेर र कम्जोर स्वस्थको वावजुद पनि नेपालको दमक झापावाट लन्डनसम्मको कठीन यात्रालाई तय गरेर उक्त दिन हामी समक्ष आईपुग्ने भएका छन् । उनि २६ मार्चको दिन पूर्वाहान्न १०.३० देखी १२.०० वजेसम्म सर्वदलीय संसदीय ज्याकी डोयेल प्राईसले सन्चालन गरीरहेको मौखीक सुनुवाईमा सहभागी हुनेछन् । उन्को सहभागीताले गोर्खा सत्याग्रह आन्दोलन तथा मौखीक सुनुवाई कार्यक्रमलाई थप उच्चाई प्रदान गर्नेछ ।
उनि गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति नेपालका वरिष्ठ सल्लाहकार पनि हुन् । अस्वस्थ शरीरको वावजुद पनि मध्ययुगीन प्रकृतिको नेपालको राष्ट्रिय समस्या समाधानको खातीर उनले दिएको त्याग र योगदानको र भष्यिमा दिने अमूल्य समयको सम्पूर्ण गोर्खा तथा नेपालीले मुक्तकण्ठले सराहना गर्दै उनि प्रति अनुगृहित हुनु पर्दछ ।
हामीले हेक्का राख्नु पर्ने महत्वपूर्ण कुरा के हो भने एकमात्र जीवित भीसीको सहभागीताले गोर्खा आन्दोलनलाई र मौखीक सुनुवाईलाई जुन उर्जा र उच्चाई प्राप्त हुन्छ, अरुवाट चाहेर पनि त्यो काम सम्पन्न हुन सक्क्तैन ।
स्थान: फेल्टहाम भूपू सैनिक कल्व TW14 9NW
मिती : २४ मार्च २०१४
समय : दिनको १२ बजे
(सन्तोश थलाङ यूके/नेपालको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति प्रमुख संयोजक हुन)
मोबायल नं: ०७९६१८३०३१२
Mail: sthalang@yahoo.co.uk