सविला मोक्तान तामाङ /संखुवासभा
ताम्कु, ३ चैत्र – राष्ट्रिय जनमुक्ति पार्टीको पार्टी मजबुतीकरणका लागि शुद्धीकरण तथा सुदृढीकरण अभियान–२०७० अन्तर्गतको अभियानको क्रममा आज संखुवासभा जिल्लाको ताम्कु गाविसको शुक्रवारे वजारमा एक समारोहको विच ईलाका स्तरिय आमसभा सम्पन्न भएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी संघिय परिषद सदस्य सविला मोक्तान तामाङको प्रमुख आतिथ्यमा सम्पन्न आमसभामा ताम्कु, वाला, सिस्वा, माङ्गतेवा र याफु गाविसका गाउँ स्तरिय पार्टी पदाधिकारी र गाउँ स्तरिय कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
आमसभालाई सम्वोधन गर्दै पार्टी संघिय परिषद सदस्य तामाङले वर्तमान सरकारले स्थानिय निकायको निर्वाचन गर्ने वहानामा पहिचान र सघियताको मुद्धालाई तुहाउने गम्भिर षडयन्त्र गरिहेको आरोप लगाए । उनले दोश्रो संविधानसभावाट पहिचान सहितको संघिय संविधान जारी गरेर मात्र राज्यको पुनःसंरचना र शासकिय स्वरुपको स्पष्ट खाका व्यवहारिक रुपमा हरेक संघिय प्रदेशमा आए पछि मात्र स्थानिय निकायको निर्वाचन गर्नु पर्नेमा जोड दिए ।
सो अवसरमा प्रमुख अतिथि तामाङले पहिलो संविधानसभामा भएको उपलव्धीलाई संस्थागत गर्दै वाँकी रहेको विषयलाई दोश्रो संविधानसभा मार्फत मिलाएर लानु पर्नेमा वर्तमान सरकारले आन्तरिम संविधानमा उल्लेख भएको धर्मनिरपेक्षतालाई हटाएर धार्मिक स्वतन्त्रताको गलत व्याख्या गरिहेको आरोप लगाए । साथै उनले दोश्रो संविधानसभाले पहिचान पक्षधर र संघियतावादीलाई पाखा लगाएको वताउँदै सरकारको प्रतिपक्षमा रहेको सवै शक्ति मिलेर अघि वढ्नु आजको आवश्याक्ता रहेको औल्याएका थिए ।
सो अवसरमा तामाङले जिल्ला समिति संखुवासभाले आफुलाई सुदुर गाविस ताम्कुमा राष्ट्रिय जनमुक्ति पार्टीको आमसभा आयोजना गरेर प्रमुख अतिथि वनाएकोमा आयोजकलाई धन्यवाद समेत दिए ।
राष्ट्रिय जनमुक्ति पार्टी ताम्कुका गाउँ समितिका अध्यक्ष भिमवहादुर राईको अध्यक्षतमा सम्पन्न क्षेत्रिय आमसभामा राष्ट्रिय जनमुक्ति पार्टी संखुवासभाका अध्यक्ष भरत लांङ्गछवा राई, जिल्ला उपाध्यक्ष दिलकुमार राई, माङ्गतेवा गाविस ईकाई अध्यक्ष भरत राई, वाला गाविस पार्टी गाउँ इकाई अध्यक्ष केशव मेवाहाङ्ग राई, जिल्ला समिति सदस्य कमला राई, सदस्य चन्द्रा राई लगायतले आफ्नो विचार राखेका थिए ।
आमसभामा स्वागत मन्तव्य जिल्ला सदस्य परर्शुराम राईले गरेका थिए भने कार्यक्रम सन्चालन जगदिप राईले गरेका थिए । अभियानको घोषणा २०७० पौष १२ गते देखी (काठमाडौं) वाट भएको थियो भने अभियान चैत्र ११ गते सम्म सञ्चालन हुने पार्टी संघिय परिषद सदस्य सविला मोक्तान तामाङले वताएका छन ।
(सविला मोक्तान तामाङ , राष्ट्रिय जनमुक्ति पार्टीको पार्टी संघिय परिषद सदस्य हुन्)