सुजन पराजुली,लण्डन
बेलायतमा ५३ बर्ष अघी गठन भएको नेपालीहरुको सबैभन्दा पुरानो प्रतिनिधिमुलक सामाजिक सँस्था यती एसोसियसनको ५४औं वार्षिक साधारण सभामा करिब ५४ जनाको उपस्थितीमा सम्पन्न भएको छ । दार्जीलिङ इन रेस्टुराँ,साउथहलमा भएको कार्यक्रममा उमेश मोक्तानको अध्यक्षतामा नव कार्य समिती गठन भएको हो ।
कार्यक्रममा कार्यबाहक राजदुत तेज बहादुर छेत्री,बीबीसी नेपाली सेवाका सुमन खरेल, ब्यबसायी महेन्द्र कंडेल , डा. रागब धिताल,सुश्मा राइ,शान्ती थापा साथै बेलायतका बिभिन्न क्षेत्रका सदस्यहरुको उपस्थीती रहेको थियो । कार्यक्रमका महासचिब शशीधर नेपालले कार्यसमितीको प्रगती विवरण पेस गरे भने कोषाध्यक्षको अनुपस्थितीमा कार्यबाहक कोषाध्यक्ष कृष्ण प्रसाद शर्माले आर्थिक प्रतिबेदन माथि प्रकाश पारे । सोही प्रतिबेदनमाथी बोल्दै कोडेक उपाध्यक्ष धन बहादुर तामाङले संस्थाले आर्थिक प्रतिबेदन प्रस्टसँग लिखित रुपमै उपस्थित सम्पूर्ण सदस्यहरुलाई बितरण गर्न सुझाब दिए ।
यती वेल्फेयर लण्डन सोसाइटी ट्रस्टीको तर्फबाट बोल्दै सुर्यजङ शाहले नेपाली समाजबिचको बिबिधतालाई एकतामा आबद्द गराउनुपर्ने बताउदै बिस्वको जुनसुकै कुनामा जन्मिएपनी नेपालीपन झल्किनु पर्नेमा प्रकाश पारे ।
यसैबिच समितीले २३औं कार्यसमितीका तत्कालिन अध्यक्ष चिरन्जिबी ढकाल,वरिस्ठ उपाध्यक्ष रबिन्द्र कंडेल,उपाध्यक्ष शंकर भण्डारी र महासचिब राजेन्द्र पुडासैनि माथी, एकोहोरो ढंगमा यती एसोसियसनमाथी आर्थिक हिनामिनाको गम्भिर आरोप लगाउदै ,आजिबन साथै साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको बताएको छ । तत्काल बोल्ने एक बक्ताले भने ”प्रपोजल ल्याउने ,समितीले कारबाही गर्ने र बस्ने अरु सदस्यलाई ताली हान्न वाध्य नबनाउन अनुरोध गरे ” । ”एकले अर्कोलाई कारबाही गर्दानै ठुलो सभाहलबाट, दार्जेलिङ रेस्टुराँको सानो हलमा सिमित हुनु परेको समेत गुनासो गरे” ।
कार्यक्रममा उपस्थित केही बक्ताले एकोहोरो आरोप नलगाउन साथै कार्यसमितीले गरेको एकतर्फी निर्णयलाई उपस्थित जनमाझ थपडी नबजाउन अनुरोध गरे ।
यस अघीपनी सन २०१२,जुन २३ मा ग्रीन्फोर्डमा भएको छलफलपछी लामो समयदेखि बुझबुझारतको विषयलाइ लिएर विबादीत बनेको यति नेपाली एशोसियसनको विबाद साम्य भएको बताइएको थियो। जुन छलफलमा यती एसोसियसनका २६औ कार्यसमितीद्वारा गठित बरबुझारतसम्बन्धी कार्यदलका सदस्यहरु संयोजक शिव भण्डारी, सदस्य मीन रानाभाट, सदस्य तथा महासचिव शशीधर नेपाल र २४औं कार्यसमितिका तर्फबाट अध्यक्ष चिरन्जीवी ढकाल सहभागी थिए । त्यस अतिरिक्त सोलिसिटर राजु थापा, यतीका सल्लाहकार कृष्ण भट्ट र पत्रकार चिरन शर्माको समेत उपस्थिति थियो ।
फेरी सोही बिषयलाई लिएर उब्जिएको मतभेदले सिङो यती एसोसियसननै जटिल खाडल भित्र फसेको धेरैको अनुमान छ,यस्तै अवस्था रहे हिममानव यती जस्तै यती एसोसियसन संस्था पनी एकादेशको कथा जस्तै हुने पो हो कि भन्ने उपस्थित धेरैको चिन्ता थियो ।