काठमाडौँ, १६ मङ्सिर । सप्तरीको दौलतपुरमा केही महिना पहिले भएको अपहरणको घटनाका मुख्य योजनाकार रहेको अभियोग लागेका सोही जिल्लाको लोहजरा गाउँ विकास समिति–३ का गोरखनाथ चौधरीलाई पक्राउ गरिएको छ ।
गत असोज २१ गते सप्तरीको कतना गाविस–५ का सूर्यनारायण साहको अपहरणको मुख्य योजनाकार चौधरीलाई सशस्त्र प्रहरी बल (एपिएफ) को टोलीले हिजो नियन्त्रणमा लिएको हो ।
सप्तरीको दौलतपुरबाट अपहरणमा परेका साह गत असोज २३ गते अपहरणकारीको कब्जाबाट भाग्न सफल भएका थिए ।
अपहरणमा संलग्न निज चौधरीलाई एपिएफ टोलीले नेपाल प्रहरीलाई बुझाएको छ ।
रासस