मगर विद्यार्थी संघको २०औं स्थापना दिवसमा वृहत अन्तरक्रिया

Read Time:3 Minute, 13 Second

दीपा आले  

  काठमान्डु , ३० चैत्र – नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिले २० औं स्थापना दिवसको अवसरमा हिजो, आज र भोलि विषयक वृहत अन्तरक्रिया कार्यक्रम गरेको छ ।  

नेपाल मगर संघ केन्द्रिय कार्यालयको हलमा भएको कार्यक्रममा मगर विद्यार्थीका पूर्व नेताहरु विगतमा भएका चुनौति, अवसर र आउंदा दिनमा संघले खेल्नु पर्ने विषयमा आ-आफ्ना धारणा राखेका थिए ।

संघको २०औं स्थापना दिवसको अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मगर संघका केन्द्रिय अध्यक्ष महेन्द्र थापामगरले मगर विद्यार्थीहरु सधै जुझारु, सक्रिय भएर अगाडि बढ्नु पर्ने बताए । संगठनको सिद्धान्त र उद्देश्यमा रहेर विद्यार्थी लाग्नु पर्ने बताउंदै आफ्नो पहिचानकालागि सधैं लड्नु पर्ने बताए । आदिबासी जनजातिहरु राज्यको मूलधारमा अहिलेपनि अटाउन नसकेको बताउंदै राज्यलाई आदिबासी जनजातिको पहिचान सहितको अधिकार स्थापीत गर्न सबै एकजुट हुनु पर्ने धारणा राखे ।  

 कार्यक्रममा मगर संघका पूर्व अध्यक्ष यम बहादुर बुढाथोकीमगर, मगर संघका महासचिव नविन रोकामगर, नेपाल मगर विद्यार्थी संघका पुर्व अध्यक्ष भोजविक्रम बुढामगर, निःवर्तमान अध्यक्ष रेनुका काउचामगर, पूर्व बरिष्ठ उपाध्यक्ष दिनेश रानामगर, राष्ट्रिय मगर संघका केन्द्रिय सदस्य ओम थापामगर, मगर युवा संघका कोषाध्यक्ष तिलक खाम्चामगर, मगर विद्यार्थी संघका पूर्व सदस्य हिमाल पुनमगर, नेपाल मगर महिला संघका अध्यक्ष गंगा खासुमगर, संघका निःवर्तमान सल्लाहकार एवं अधिवक्ता गौबहादुर आलेमगर, मगर सांस्कृतिक संघका महासचिव कविराज मगरलगायतले, शैक्षिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक भेषभुषा, भाषा, जातीय पहिचान, संघीयताका बारेमा आ-आफ्नो धारणा ब्यक्त गर्दै २० औं स्थापना दिवसको उपलक्ष्यमा शुभकामना ब्यक्त गरेका थिए ।  

  संघका अध्यक्ष दीपा आलेमगरको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा कार्यक्रमको सहजीकरण सचिव विशाल रानामगरले  र स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष कमल थापामगरले गरेका थिए । २०औं स्थापना दिवसको अवसरमा मगर विद्यार्थीको हिजो आज र भोलि विषयकमा कार्यपत्र संघका पूर्व अध्यक्ष भोजविक्रम बुढामगरले गरेका थिए ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %