अन्तरराष्ट्रिय नारी दिवस सहित साहित्यिक जमघट

Read Time:14 Minute, 53 Second

फोटो फिचर सहित राज्यसत्ता ब्युरो / बेलायत

लन्डन , ८ मार्च २०१४ – आज बिस्वो भर “नारीलाई समान अधिकार सबैको बिकास “भन्ने मुल  नाराका साथ अन्तरराष्ट्रिय नारी दिवस मनाइएको छ यही अवसरमा बेलायतमा पनि नेपाल आदिवासी जनजाती महिला महासंघको सन्योजकत्वोमा बिबिध साहित्य कविता प्रतियोगिताको आयोजना गरी १०४ औ अन्तरराष्ट्रिय नारिदिवस मनाइयो ।

उक्त कार्यक्रम त्रिभुवन विश्वविधालय नेपालकी अध्यापिका तथा किरात राइ आयोख्याकी पुर्व अध्यक्ष सुमायाको प्रमुख आतित्थय तथा नेपाल आदिवासी जनजाती महिला महासंघ बेलायतकी अध्यक्ष कमला थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमलाई स्वागत गर्दै महासंघकी महासचिव विमला सेनेले  कार्यक्रमको  सुरुवात अतिथीहरुलाई आसन ग्रहन गराए लगत्तै  प्रमुख अतिथीबाट पानसमा दिप प्रजवलित गरी आदिवासी जनजाती धुन र नेपालको राष्ट्रिय गान  गाइएको थियो ।

 

कार्यक्रममा अतिथीहरुबाट मन्तव्य दिने क्रम्म नेपाल आदिवासी जनजाती महासंघकी कार्यकारी सदस्य तथा अधिकार कर्मी  सशी थापा सुब्बाले  अन्तरास्ट्रिय नारी दिवसको बारे प्रकाश पार्दै नेपाल र अती बिकसित देश बेलायतमा रहेर प्रत्क्ष्य अनुभव सुनाए ।  यहाँका नेपाली महिला हरुले नारी अधिकार लग्यातका याँहाको राज्यसत्ताले कसरी के बालक ,युवा ,प्रौढ सबैको भविस्यको सुरक्षाको ग्यारन्ती कसरी गर्दो रहेछ भन्ने अनुभवले नेपाल केन्द्रित रहेर यस बिषयमा  राज्यसत्ताले अधिकार सुरक्षित गर्नु पर्नेमा दबाब दिनु पर्ने बताए । नेपालमा नारी अधिकार लगायतका बिभिन्न समाज सेवामा लागेकाहरुले इमान्दारिका साथ काम गर्नु पर्ने ठाउमा  गाउ गाउ नपुगी शहर केन्द्रित रहेर समाज सेवाको नाउमा थपना मात्र गरी अरुले सन्कलन गरेको डाटा बुझाई बिदेशिको डलर खाने हरु प्रती सचेत गराए । नारी दिवसकै मुखैमा समाज सेवी नारी दिल्शोभा माथि राज्यको चौथो अङ मेडियाले खुलेआम धावा बोल्दा पनि राज्यसत्ता चुप लागेको देख्दा नारी माथिको बिबेध कुन हद सम्म छ भन्ने प्रस्त पार्दै “रुनु दिल तिमी ले बेस्सरी रुनु”,’ हरियो डलरले  किनेको आई लेन्सर’ नामक कविता पनि प्रस्तुत गरे ।

 

मन्तव्यकै क्रम्ममा नेपाल आदिवासी जनजाती महासंघ बेलायतकी सदस्य तथा मगर महिला संघ बेलायतकी अध्यक्ष हिमाली राना मगरले अन्य मुलुकमा सबै महिलाको दु:ख र दर्द समान हुन सक्लान तर नेपालको सदर्भमा आदिवासी जनजाती महिला र अन्य बाहुन छेत्री समुदाएको  महिलामा हुने बिबेध फरक रहेको बताए । नेपालमा वर्गिय विवेध भन्दा जातिय बिबेध बढी भएको औल्याउदै  नेपालमा राज्यसत्तामा हैकम जमाएका एकल जातिय समुह वर्गले आदिवासी जनजाती महिलामा हेर्ने दृष्‍टि अत्यन्त नकरात्मक रहेको तथ्य औलाए । बिदेश बाट नेपाल जाने आदिवासी जनजाती महिला हरुलाई एअरपोर्ट बाटै बलाक्रित भएर निस्कनु पर्ने तितो यथर्थ रहेको बताए । र आदिवासी जनजाती लाई हेर्ने दृष्‍टिकोण गलत भएको थाहा हुँदा हुँदै धार्मिक रुपमा पनि नारी हरुले पुरुश्लाई धोग्नै पर्ने लिङ पूजा गर्नु पर्ने जस्तो अत्यन्त लजास्पद कृयाकलाप बाट आदिवासी जनजाती महिला हरुले गहिरो चिन्तन गरी सचेत हुनु पर्ने बताए । आफ्नो धर्म सन्स्क्रिती हुँदा हुँदै यसरी अन्धो भक्त भएर २१औ सताब्दिमा पनि अलौकिक शक्तिको डर त्रास वा लोभमा  भारतिय जोगीहरुको शरणमा जाने कृयाकलापले  कहिलै मुक्ती नपाउने जिकिर गरे । रानाले दिल शोभा प्रकरणमा पनि यदी उनी जन्जाती महिला नभएको भए कसैले चरित्र हत्या गर्ने दुस्प्रयास गर्नै नसक्ने अभिव्यक्ती दिईन ।

 

त्यस्तै दुरा समाज नेपालकी अध्यक्ष गंगादेवी दुराले नारिको देनको चर्चा गर्दै एउटा बालक लाई जन्म दिई लालन पोशन गरी हुर्काउने देखी लिएर श्रीमानको इजत सम्मान ,दाजु भाई इस्तमित्रको भलो चिताउने घर देखी बाहिर सबै जिम्मेवार बहन गरी ठुलो योग्दान रहेको चर्चा गरे । बिशेष गरी नेपाली जनजाति महिलाहरुलाई जातिय धार्मिक लैङिक लगायतका  थुप्रै बिभेध रहेको हुँदा नारी उत्थानको लागि निरन्तर संघर्श गर्नु पर्ने औल्याइन ।   त्यस्तै ने फिन यु के कि सल्लहाकार नन्द चेम्जोङ्ले जनताको उत्थानको लागि राज्यले प्रमुख भूमिका कसरी  खेल्नु पर्ने उदारणा बेलायतमा बसेका नेपाली महिलाहरुले नेपालमा अवगत गराउनु पर्ने बताइन । बिशेष गरी नेपालमा राजनीतिक अस्थिरता रहेकोले राज्यले आफ्नो दाइत्व पुरा गर्न चुकेको राजनीति समाजसेवा र देश बिकासको निम्ती नभई कसरी व्यक्तिगत स्वार्थ पुरा गर्ने कसरी धन कमाउने भन्ने तर्फ नेपालका राजनीति कर्मीहरु लागेको आरोप लगाइन ।

 

त्यसै गरी नेपाल  आदिवासी जनजाती महासंघ बेलायतका  महासचिव नरेश काङमाङ राइले नारी दिवसको शुभकामना दिदै आज नारी दिवसमा उपस्थित वक्ताहरुले अधिकान्स  अन्तरराष्ट्रिय नारिहरुको सम्झना गरे पनि धेरै  नेपाली नारीहरुको सम्झना नगरेको औल्याउए । शाहाना प्रधानको योग्दान आज राज्यले बिर्सेंको ,नारी अधिकारको वोकालत गर्ने पारीजात लागयतका कयौ ईतिहासको गर्वमा लुकेका नारी हरुको योगदानको चर्चा हुनु पर्ने बताए । त्यस्तै अहिले आदिवासी जनजातिको संबिधान सभामा प्रतिनिधित्वो कम मात्र होइन वास्तविक आदिवासी जनजातिको पहिचान सहितको संघियताको माग गर्न सक्ने हरुको उपस्थिती नगन्य रहेको र उनिहरु एकात्मक बादी हरुको ताल्मा नाच्ने जमात उपस्थित रहेको बताए । जसले आदिवासी जनजाती ,दलित महिला मधेसी लगायतका माग राख्न नसक्ने अवस्था रहेको जनाए । उनले जनजाती अभियन्ता गोरेबहादुर खपाङी ठुलो दुर्घटनामा पर्दा एक पटक मन्त्री भईसकेको व्यक्तिलाई राज्यले उपचारमा कुनै चासो नदेखाउने तर चक्र प्रशाद बास्तोलाई राज्यको धुकुती बाट उपचार गरी देशमा बिधमान जातिय बिभेध चरम रहेको औलाउदै बेलायतमा चर्किएको गोर्खा आन्दोलन सम्बधित कविता वाचन गरे । 

कार्यक्रमका अन्य वक्ताहरुमा नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष श्री लिम्बु ,नेवा पुच बेलायतकी प्रतिनिधित तथा प्रसिद्द कृति “छुटेका साथ “की  रचनाकार सरिता श्रेष्ठ ,प्रसिद्द साहित्यकार गणेश राइ,भगवान चाम्लिङ राइ, साहित्यकार जया राइ,किरत याक्थुङ चुम्लुङ्की अध्यक्ष कमला लिम्बु ,संघिय लिम्बुवानकी युमा लिम्बु आदिले आ-आफ्नो मन्तव्य राखेका थिए ।  कार्य क्रमको दोश्रो चरनको सन्चालन महासंघकी सचिव भावना सुनुवारले गरेका थिए ।  बिभिन्न कवी साहित्यकार हरुबाट कविता गजल वाचन गरिएको थियो । कविता प्रतियोगितामा निर्णयक मन्डलका सन्योजक सुप्रसिद्द साहित्यकार  गणेश राइ,साहित्यकार कलाकार राजनितिज्ञ भगवान चाम्लिङ राइ,प्रसिद्द गजलकार नारायण गाउलेको निर्णय बाट गोमा सुनुवार कुवेट प्रथम ,कमला अर्याल दिर्तिय ,आरती कोइच त्रितिय भए भने छेत्रकला राइले सान्त्वना पुरस्कार प्राप्त गरे ।

 

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथीको आशनबाट बोल्दै प्राध्यपाक सुमाया राइले  नारी दिवसको सान्दर्विकता बारे प्रस्ताउदै कार्यक्रम अत्यन्त श्रीजनात्मक र बौदिक रहेकोले आफुले सोचे  भन्दा उत्कृष्ट रहेको बताउदै आयोजक र उपस्थिती सबैलाई धन्यबाट का साथ शुभकामना टक्राए ।  कार्यक्रको समापन आदिबासी जनजाती महिला महासंघकी अध्यक्ष कमला थापाको मन्तव्य बाट गरिएको थियो । उक्त कार्यक्रम्मा सविता राना मगर ,राशना सुब्बा ,ईन्द्र पन्ढाक लगायतका कलाकार हरुले बिबिध न्रित्य तथा गायन प्रस्तुत गरेका थिए ।

 

यो दिवशलाइ अन्तरराष्ट्रिय  नारी दिवस मात्र नभनी अन्तरराष्ट्रिय नारी श्रमिक दिवसको रुपमा पनि मनाइन्छ, महिला श्रमिकहरुको पुरुष सरह समान ज्याला, महिलाहरुलाई मत हाल्न पाउने अधिकार वा महिलाहरुको आर्थिक, सामाजिक र राजनैतिक उत्थानको लागि सबै खाले लैंगिक विभेदको अन्त्य गर्दै सम्पूर्ण महिलाहरूलाई पुरुष सरह समानताको आधारमा महिला अधिकार, महिला सशक्तिकरण र समानताको सवालहरूमा समान अधिकार र परिचयको प्रत्याभूतिलाई सशक्तिकरणको लागी आज बिश्वभरीका नारीहरूले यो दिवस  मनाए  । अहिले फरक भुगोल परीवेश ,फरक अवस्था जे जस्तो भए पनि खासगरिकन महिलाहरुको  राजनैतीक ,आर्थिक ,सामिजिक उपलब्धीको कदर ,सम्मान  स्वरुप मनाइन थालिएको छ ।

यो दिवसलाई सुरुमा  बिभिन्न कालखन्डमा बिबिध अवसरपारी बिभिन्न दिनमा मनाइदै आइेको पाईन्छ । सर्वप्रथम् १९०८ मे ३,मा सिकागोमा , फेब्रुरी २८,१९०९मा न्यू योर्कमा ,फेब्रुरी २७ १९१०मा न्यू योर्कमा  मनाइएको थियो भने अगस्त १९१० मा कोपेनहेगन ,डेन्मार्कमा अन्तरराष्ट्रिय नारी हरुको कन्फेरन्स भएको थियो । त्यस्पस्चात जर्मन ,यु एस् का सोसलिस्त हरुले अन्तरराष्ट्रिय रुपमा मनाउने अबधारणा ल्याए भने १७ देशका कारीब १०० महिलाहरुको सहभागीतामा  महिलाका  समान हक  अधिकारका कुराहरु अघी सारी मार्च १९,१९११मा अस्त्रिया डेन्मार्क लगायतका मुलुकमा लाखौंले पहिलो पटक यो दिवसको अवलोकन गर्ने मौका पाए ।

 

  महिलाहरुको  मत हाल्ने अधिकार सुनिश्चिता ,श्रमममा महिला हरु माथि हुने बिभेद जस्ता माथि आन्दोलन चर्किदै गयो भने  १९१४ मा पहिलो पटक यो दिवस ८ मार्चमा धेरै देशहरुमा  मनाइयो । त्यस समय जर्मनिमा महिला हरुले पनि भोट् हाल्न पाउनु पर्ने माग राखी आन्दोलन चर्काएका थिए । तर उनिहरुको  यो मागले १९१८ मा मात्र सफलता प्राप्त गर्‍यो ।  त्यस्पस्चात यो दिवस ८ मार्चमा बिबिध नाराका साथ मनाइदै आएको पाईन्छ । त्यसै सन्दर्भ पारेर बेलायतमा पनि  मार्च ८ सन् २०१४, १०४ औ अन्तराष्ट्रिय नारी दिवसमा नारीमाथी हुने सबै खाले बिभेद सबै खाले हिंसा वा दुर्व्यवहाँर  ब्यबहारलाई अन्त्य गरौ ,देशमा छिटै संबिधान जारी गरौ, संबिधानमा महिला हक अधिकार शुनिश्चित गरौ, सरकारले कानुनलाई पालना गरोस् हिंसाबाट पिडित वा ग्रसित महिलाहरुलाई क्षतिपुर्ति वा न्याय दिलायोस् भन्दै बिश्वभरीका सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरु एकजुट भई आवाज उठाउने प्रण गर्दै अन्तराष्ट्रिय नारी दिवस धुमधामको साथमा मनाइएको छ ।

 

नोट :-नारी दिवसमा पुरस्क्रित कविताहरु राज्य सत्ता ड्ट कममा छिट्टै प्रकाशित गर्नेछौ प्रतिक्षा गर्नु होला ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %