नेपाल मगर बौद्ध सेवा समाज द्वारा भिक्षुहरू लाइ सम्मान

Read Time:2 Minute, 49 Second

दीपा आले मगर 

काठमाठौ , फागुन २४ – नेपाल मगर बौद्ध सेवा समाजले मगर कूलका पहिलो अन्तर्राष्ट्रिय बौद्ध भिक्षु हिरासिंह सोमैमगरका छोरा कृष्णकुमार सोमै मगर संग शुक्रबार एक कार्यक्रम गरी भेटघाट तथा सम्मान गरेको छ ।

मगर कूलमा जन्मीएर विदेशी राष्ट्र थाइलैन्डमा गई विशेष बौद्ध भिक्षु बनि काम गर्न सफल भएकोमा  भिक्षु कृष्णकुमार सोमै मगरलाई धन्यवाद ज्ञापन तथा सम्मान गरिएको हो ।

त्यस्तै अर्का मगर कुलमै जन्मेर बौद्ध भिक्षु थाइलैन्डमा गएर अध्यान सम्पन्न गरि हाल बिश्व यात्रामा रहेका नारायणबहादुर आले मगर ‘भन्ते मधेङकर’ लाइ पनि सम्मान गरिएको थियो । ‘भन्ते मधेङकर’ले हाल सम्म २० वटा भन्दा बेसी राष्ट्रमा  पुगेर धर्म प्रचार र बुद्दको बारेमा प्रबचन दिदै हिडेकाछन् भने केहि महिना पछि बेलायतमा गएर बेलायत बासीलाइ पनि धर्म प्रचार र बुद्दको बारेमा प्रबचन दिदैछन् ।  

कार्यक्रममा बोल्दै मगर बौद्ध समाजका संस्थापक सुरेश आलेमगरले मगर जातीको बास्तविक धर्म बौद्ध भएको बताए साथै बुद्ध धर्मलाई प्रचार प्रसार गर्नु पर्ने धारणा राखे । बौद्ध दर्शनका अभियान्ता  केशवमान शाक्यले बौद्ध धर्मको एतिहासिक पक्षका बारेमा जानकारी दिर्दै मगर समुदायको धर्म बौद्ध भएको बताए ।  

 त्यसैगरी भेटघाटका क्रममा नेपाल मगर संघका संस्थापक ,इतिहासबिद्ध एबम् बौद्ध दर्शनका बिध्वान एमएस थापा मगरले मगर समुदायको धर्म, भाषा, पहिचानलाई पृथ्वीरानायण शाहले हस्तक्षेप गरेको,साथै मगर जातीको धर्म बौद्ध धर्मलाई सबैले मान्नु पर्ने बताए ।

कार्यक्रमको अध्यक्षता समाजका  अध्यक्ष क्या.देवबहादुर रानामगरले र समाजका महासचिब इन्द्र हुन्चिङ राना मगरले सन्चालन गरेका थिए । कार्यक्रममा अन्य मगर भिक्षुहरूको पनि उपस्थिति रहेको थियो । देश र विदेश गरी मगर बौद्ध भिक्षु २ सय ५० रहेको मगर भिक्षुले कार्यक्रममा बताए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %